चलचित्र संघले आन्दोलन गर्ने रे तर, के को लागि?

nepal_chalchitra_sangh_buildingनेपाल चलचित्र संघले चलचित्र विकास वोर्डको सोमबार सार्बजनिक गरेको १० बुँदे कार्यक्रम तथा नीतिको विरोध जनाएको छ । संघले यही मंगलवार जारी गरेको एक विज्ञप्तीमा  बोर्डको निर्णयले व्यवसायिक स्वतन्त्रतामाथि हस्तक्षेप गरेको उल्लेख गरिएको छ र सो को बिरोधस्वरूप संघले आन्दोलन गर्ने घोषणा पनि गरेको छ । नेपाल चलचित्र संघले यही चैत ८ गते केन्द्रिय समितिको विशेष भेला बोलाएर आन्दोलनको स्वरुप तय गर्ने पनि बताएको छ ।

अनौठो कुरा, केको बिरोध गरेको भन्ने नै प्रष्ट नपारिएको सो विज्ञप्ति पढदा संघलाइ आन्दोलन गर्न निहु मात्र चाहिएको भान पर्दछ । आन्दोलन भनेको त सबै बाटो बन्द भए पछि अन्तिम अश्त्रको रुपमा प्रयोग गर्नु पर्ने हतियारलाइ यस्तो सस्तो रुपमा प्रयोग गरेर कसरि समस्याको समाधान होला?

बिज्ञप्ति हेर्नुहोस:

 

chalchitra_sangh

एक पत्रिका संग कुरा गर्दै चलचित्र संघका उपाध्यक्ष प्रदिप उदयले बिहान कलेजका विद्यार्थीले कलेज छोडेर सिनेमा हेर्न गए भन्ने कारणले बिहानको शो नै बन्द गर्ने निर्णय जायज नभएको बताएका छन् । त्यस हिसाबले संघको आन्दोलन गर्नुको कारण हामीले हल बन्द गर्दैमा विद्धार्थी सप्रदैनन भन्ने कुरा संग मिल्छ।  तर त्यसो भन्दैमा आन्दोलन नै गर्नु पर्छ र ?

हाम्रो सुझाब:

  • पहिला बोर्डका पदाधिकारी संग बसेर छलफल गर्ने उनी हरुलाई हल बन्द गर्न किन जायज छैन भनेर सम्झाउने ।
  • बोर्डका पदाधिकारीहरु आफ्नो निर्णय सच्याउन मानेनन भने बैकल्पिक उपाय जस्तै – बिध्यार्थीहरु र उनीहरुका अभिबाबकहरुमा  चेतना  बढ्ने खालको कार्यक्रम संचालन गर्ने प्रपोज गर्ने ।
  • तेसो गर्दा पनि मानेनन भने बिहानको शो बन्द गर्दा हुने घाटाको परिपूर्ति सुनिश्चित हुने गरेर भाडा बढाउने वा अन्य कुनै उपायको बारेमा छलफल गर्ने ।
  • बोर्डका पदाधिकारीहरु यस्ता कुनै कुरा पनि नसुनेर आफ्नो अडानमा अडिग रहे भने आन्दोलनको रुपमा चलचित्र हलहरुलाई बोर्डले गरेको ज्यादतीको बारेमा फिल्म देखाउनु भन्दा अघाडी र सबै हलहरुमा जानकारी दिने खालको बिज्ञापन प्रसारण गर्ने, हस्ताक्षर संकलन गर्ने आदि कार्य गर्न सकिन्छ ।

संघले बुझ्नु पर्ने कुरा – चलचित्र विकास वोर्ड २०५७ सालमा मात्रै स्थापित भए पनि यसको स्थापना नै हस्तक्षेप गर्नको लागि भनेर भएको हो । तेसैले अनाबस्यक कुरामा हस्तक्षेप हुन लाग्यो भने चलचित्र संघ जस्ता संगठनले झगडा गर्नु भन्दा यस बारेमा छलफल गर्ने र जानकारी दिने कार्य गर्दा बढी उपयोगी हुन्छ भन्ने हामीलाई लाग्छ ।