चपली हाइटको नुनको सोझो गर्ने समीक्षा

अघिल्लो पटक जब ऋचा घिमिरेले मनोज पण्डितको फिल्म समिक्षा उनको वेबसाइटमा बिज्ञापन नदिएको हुनाले नकारात्मक भएको टिप्पणी गरेकी थिइन हामीले उनलाई विश्वास गरेका थिएनौ | ऋचालाइ व्यक्तिगत आक्षेप लगाएर लेखेको रिसमा त्यसो भनिन होला भनेर हामीले अन्दाज गरेका थियौं | तर मनोज पण्डितको नयाँ समीक्षाले चाहिँ हामीलाई गम्भीर भएर सोच्न बाध्य बनाएको छ |

कुरा ‘चपली हाइट’ को  समिक्षाको बारेमा हो| राम्रा फिल्म डाइरेक्टर मानिनुहुने पण्डितले नराम्रो कुरालाइ न त राम्रो भनेका छन् न त नराम्रो भनेका छन् | खासमा उनले फिल्म समिक्षा नै नगरी टाइटल मात्र "समिक्षा" भनेर लेखेका छन् | "चपली हाइट : संकोच नमानौं" शिर्षकमा लेखिएको १,००० शब्द खर्चिएर लेखिएको समीक्षामा त्यस फिल्मका कलाकारको नाम नै उल्लेख गरिएको छैन, एक चोटी निर्देशकको नाम छ र दुइ चोटी उल्लेखित फिल्मको नाम पनि बिम्बको रुपमा मात्र उल्लेखित छ | यस हिसाबले यो फिल्मको समिक्षा नै होइन |

review_biased

मनोज पण्डितले पनि यो "समिक्षा" नभएको बुझेका छन् तेसैले अन्त्यमा थपेका छन्:

(पुनश्चः समिक्षा लेखनमा विभिन्न शैलीहरू स्थापित छन् । यस सिनेमाको समिक्षा जर्मन एक्सपेरेसिजमको शैलीमा छ । सिनेमा निर्माणमा नयाँ शैलीहरू अपनाएको खण्डमा समिक्षा लेखन पनि रोमाञ्चक र नयाँ शैलीहरू खोजी गरेर गरिन्छ । यसर्थ, समिक्षा शैली पनि पुरातन अवधारणामा नरहेको जानकारी गराउन चाहन्छु –समिक्षक ।)

तपाईलाई पनि लागेको होला "जर्मन एक्सपेरेसिजम" भनेको के होला — यो कुनै फिल्म समिक्षा गर्ने तरिका नभएर फिल्म या कलामा प्रतीक, हाउभाउ र बिम्ब प्रयोग गरेर बिचार ब्यक्त गर्ने तरिका हो ।  यस बारेमा बढी जान्ने बिचार भएमा यहाँ पढ्न सक्नु हुन्छ (अंग्रेजी लेख)|

मनोज पण्डितले यो समिक्षा लेख्नुको कारण:

  1. "चपली हाइट"ले समिक्षा लेख्ने शर्तमा बिज्ञापन दिएको हुन सक्छ।
  2. फिल्मको प्राबिधिक र कलात्मक पक्षको बारेमा केही पनि नलेखिएको समिक्षा हुदैन भन्ने ज्ञान भएको "पुनश्चः" थप्न जरुरि ठान्ने समिक्षकले पढ्ने मानिस मुर्ख हुन्छन भन्ने पनि नसोच्नु पर्ने 
  3. ऋचा घिमिरेले पोलेको समिक्षा र बिज्ञापनको बीचको गठबन्दन साँचो हुन सक्ने प्रबल सम्भावना छ ।

[नोट: हाम्रा सहकर्मी रौनक निरौलाले यहाँ चपली हाइटको समिक्षा गरेका छन् (अंग्रेजीमा)| फिल्मको बारेमा जानकारी प्री-रिलिज रिभ्युमा दिइएकोछ ]