फेसबुकको पासवोर्ड माग्ने कम्पनीको निन्दा

जागिरको अन्तरबार्तामा फेसबुकको पासवोर्ड माग्ने कम्पनीको खबरले फेसबुकलाई एउटा बक्तब्य निकाल्न बाध्य पारेको छ ।

फेसबुकका प्राइभेसी अफिसर इरिन इगनले फेसबुक ब्लगमा तेस्ता कम्पनीहरुको निन्दा गर्दै तेस्तो कार्यले फेसबुक प्रयोगकर्ता र उसका साथीहरुको गोपनियता भंग हुने बताएका छन् । यस्तो घटनामा फेसबुकले कानुनि उपाय पनि अपनाउन  सक्ने इगनले बताएका छन् ।

fecebook_responds

जागिर दिने कम्पनीले पासवोर्ड सोधेका (र त्यसबारे मिडियामा आएका) केहि घटनाहरु निम्न छन्:

  • जुन २००९ मा बोजम्यान सिटी, मोन्टाना, अमेरिका (रजिस्टार – अंग्रेजी लिंक)
  • मेरिल्याण्ड दिपार्मेंट अफ करेक्सन (अंग्रजी लिंक)
  • ओकभिल, क्यानेडा (क्यालगेरी हेराल्ड – अंग्रेजी लिंक)
  • अमेरिकाको न्यु योर्क (पूर्ब लेखमा उल्लेखित)
  • २०१०मा रबर्ट कलिन भन्ने व्यक्तिले जागिर खाना पासवोर्ड दिएको  (पूर्ब लेखमा उल्लेखित)

फेसबुक वा अन्य इन्टरनेटबाट खुल्ने व्यक्तिगत जानकारीको बचाउ गर्ने के गर्नु पर्छ भन्ने कुरा हामीले यस अघिको पोस्टमा लेखेका थियौं ।

‘छड्के’को पोस्टर कम्पिटिसन – सह्रनिय नयाँ प्रयोग

ग्राफिक डिजाइनर आनन्द महर्जनले नेपाली फिल्म ‘छड्के’को पोस्टर कम्पिटिसनमा उत्कृस्ट पोस्टर डिजाइन गरे पहिलो भएका छन् । नेपाली फिल्म जगतमा यो यस खालको नयाँ शुरुवातले बिदेशी सिनेमा बाट पोस्टर कन्सेप्ट र पुरै पोस्टर नै चोर्ने प्रवृतिमा कमी आउने आशा गर्न सकिन्छ ।

‘छड्के’मा नम्रता श्रेष्ठको मुख्य भूमिका हुने खबर त हामीले पहिले नै लेखेका थियौं । नम्रताको साथ साथै सो फिल्ममा अन्य कलाकार जस्तै सौगात मल्ल, दयाहाङ राई, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, अर्पण थापा, रविन तामाङ आदिको पनि मुख्य भूमिका हुने बताइएको छ । ‘छड्के’लाइ निगम श्रेष्ठले निर्देशन गर्ने छन् ।

नेपाली फिल्मको पोस्टर चोरी र पोस्टर कम्पिटिसनको बिषयमा लिंकबाट पुगिने अंग्रेजी लेखमा बिस्तृत बिबरण दिइएको छ ।