‘रसना गर्ल’ को रुपमा परिचित पेय पदार्थ रसनाको विज्ञापनमा देखिने गरेकी बालकलाकार तारुनी सचदेवाको हिजो जोमसोममा भएको अग्नी एयरको बिमान दुर्घटनामा दुःखद् निधन भएको छ ।
हालै अमिताभ बच्चनसंग चलचित्र ‘पा’मा पनि अभिनय गरेकी यी बाल कलाकारले ‘भेलिनकक्षत्रम’ (२००४) र ‘सत्यम’ (२००४) दुई मलायलम फिल्महरुमा पनि अभिनय गरेकी थिइन । तारुनीले शाहरुख खानले संचालन गर्ने रियालिटी सो ‘क्या आप पाचवी पाससे तेज है?’ मा पनि काम गरेकी थिइन् ।
आमा गीता सचदेवाको साथ मुक्तिनाथ दर्शन गर्न उडेकी तारुनीकी आमा पनि बिमान दुर्धटनामा निधन भएका १३ जना भारतीय मध्ये एक थिइन ।
यस नेपाली वेबसाइटका तर्फबाट दुर्धटनामा परी निधन हुने तारुनी सचदेवा लगायत सबैमा हार्दिक समबेदना ।