नेपाली फिल्म इन्डस्ट्रिको यौनबादि छलांग

film 3xxxहाल बनिरहेका नेपालि फिल्महरु हेर्दा नेपालि चलचित्र उध्योगले ठूलै यौनबादि छलांग लगाउन लागेको भान हुन्छ ।  यौन बिषयमा केन्द्रित भएर बनेका फिल्मको सफलताले हौसिएका फिल्म निर्माताले नेपालि समाज र दर्शक हरुले कतिसम्मको फिल्मि यौन पचाउन सक्छन भन्ने जाँच नै गर्न खोजेको भान हुन लागेको छ ।

हुन त फिल्म क्षेत्रका शक्तिशालि (साच्चिकै शक्तिशालि र शक्तिशालि हुन खोज्ने) व्यक्तित्वहरुले यस्तो यौनवादि र नग्नकलालाइ दमन गरि नेपालि फिल्म क्षेत्रलाइ सौम्य र शालिन बनाइ राख्न भरमग्दुर प्रयत्न नगरेका होइनन । तर, नेपालि फिल्म दर्शकहरु बासि मिठो भन्दा ताजा तितो नै मनपराउने मनस्थितिमा पुगेको भान हुन्छ ।  

‘पलपलमा’ बाट शुरु भएको यौनजन्य बिषयमा फिल्म निर्माण ‘चपलि हाइट’को सफलता पछि नयाँ हाइट लिएको मान्न सकिन्छ । त्यस फिल्म निर्माताहरुमा यौन बिषयमा बनेको फिल्म सफल हुन्छ भन्ने गलत बिश्वासले गर्दा सबै जसो फिल्म यौनजन्य बिषयमा बन्न थालेका छन् । केहि फिल्मले यौन बिषयमा बन्दैमा फिल्म सफल हुदैन भन्ने प्रमाणित गरिसके पनि तेस्ता फिल्म बन्न भने छोडेका छैनन  ।

हालै ‘एटिएम’ फिल्मले सार्बजनिक गरेको फिल्मको प्रोमोले ठूलै तहल्का मचाए पछि भएको बिरोधको सामना गर्न नसकेर निर्माताले माफि नै माग्नु पनि परेको थियो । यसै क्रममा ‘ए ६९’ भनेर नाम राखिएको फिल्मको नाम बाढिनै अपाच्य भएको भनेर बिरोध हुदै गर्दा हालै नाम परिवर्तन गरेर ९ बजे (9 o’clock) भनेर राखिएको छ। तेस्तै हालै घोषणा गरिएको ‘३ एक्स’ (3 xxx) फिल्मको नाम पनि परिवर्तन गर्नु पर्ने हुन सक्ने प्रबल सम्भावना छ । 

जतिसुकै ओठे बिरोध गरे पनि कतिपय बिरोधकर्ता निर्देशक र निर्माताहरुलाइ यौन सम्बन्धि फिल्म बन्ने क्रम रोकिदैन भन्ने राम्रोसंग थाह छ । नेपालि दर्शक आफ्नोपन नभएका नेपालि फिल्म हेर्दा हेर्दै थाकिसकेको र संकटकाल नै लगाउने तयारि गर्दै गर्दा कतिपय मानिसहरु यस्ता यौन सम्बन्धि फिल्मले केहि मात्रामा भए पनि नेपालि फिल्म क्षेत्रलाइ राहत पुर्याउने कार्य गरेको पनि बताउछन्। मेरो बिचारमा यौन भन्दैमा चारकोष पर भाग्नु पर्ने होइन । "सबैका लागि" भनेर छापिने नेपालि पत्रिकाहरुले जथाभाबि यौनजन्य र नग्न फोटो छाप्दा केहि नबोल्ने मानिसहरुले "बयस्कले मात्र" हेर्न हुने फिल्म को बारेमा नानाभाँति बिरोध गर्दैमा समाज सहि बाटोमा लाग्छ भन्नु ढोंग मात्र पो हो कि?

बिरोधका केहि उदाहरणहरु :

यु ट्युबमा रिलिज गरिएको ‘एटिएम’को प्रोमोले फिल्म उद्योगकै घोर अपमान र बेइज्ज्त गरेको ठहर नेपाल चलचित्र निर्माता संघले गरेको छ। संघले सो फिल्मका निर्माता एवं संघका साधारण सदस्य दिनेश थापाको नाममा शुक्रबार काटेको पत्रको व्यहोरा यस्तो छ – ‘उपरोक्त विषयमा तपाईंको कम्पनिको ब्यानरमा निर्मित फिल्म ‘एटिएम’को प्रोमो/ट्रेलर/तस्बिर केहि दिनयता विभिन्न सञ्चारमाध्यममा प्रसारण भइरहेकोमा त्यसमा संलग्न श्रव्यदृश्यप्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ।

film_producers_association

दिनेश थापाको स्पस्टिकरण:

डि.फिल्मस प्रा.लि. को व्यानरमा निर्माण भएको चलचित्र ए.टि.एम. अहिले  स्वरांकनको क्रममा रहेको छ । यादव सिलवालद्धारा निर्देशित फिल्म ए.टि.एम. को सम्पादनको क्रममा गरिएको कामको क्रममा केहि दृश्यहरु प्रोमोको रुपमा हामिलाइ जानकारि नभइ सामाजिक सञ्जाल ‘यूट्यूब’, ‘फेसबुक’ मार्फत सार्वजनिक भएकोमा हामिलाइ दुःख लागेको छ । त्यो हाम्रो आधिकारिक प्रोमो (प्रचार सामग्रि) नभएको जानकारि गराउँछौँ । सो प्रोमोमा देखिएका केहि दृश्यहरुप्रति दर्शक तथा सञ्चारकर्मिको टिका –टिप्पणिप्रति हामि गम्भिर भएका छौँ । तसर्थ त्यो प्रोमोलाइ आधिकारिक नमान्न पनि हाम्रो आग्रह छ । असारको दोश्रो साता प्रदर्शन गरिने चलचित्र ए.टि.एम.को आधिकारिक प्रोमो, गित, पोष्टर आदि हामि चाँडै नै पत्रकार भेटघाट मार्फत् सार्वजनिक गर्नेछौ ।साथै हाम्रो उद्देश्य समाजमा अस्लिलता भित्र्याउने पक्कै पनि हैन हामिले त यसभन्दा अगाडिका चलचित्र, (लुट, चपलिहाइट, हेट स्टोरि, डट्टि पिक्चर) जस्ता चलचित्र मनपराउने दर्शकहरुका लागि एउटा अर्को छुट्टै स्वाद लिएर आउन खोजेको मात्रै हौ । यदि हाम्रो प्रोमोले दर्शक तथा नेपालि समाजमा नकारात्मक असर पारेको भए हामि A.T.M. गु्रप क्षमा प्राथि छौ ………… साथै तपाइहरुको लिंकमा रहेको A.T.M. को नयाँ प्रोमो हटाइ दिनुहुन विनम्र अनुरोध गर्दछौं । निर्माता तथा प्रस्तुतकर्ता (दिनेश थापा)

नोट: दिर्घ हटाएर ह्रस्वको मात्र प्रयोग गर्ने ‘सजिलो नेपालि‘ प्रयोगलाइ निरन्तरता दिन यो लेखमा भएका सबै दिर्घहरुलाइ ह्रस्व बनाइएको हो । (July 23, 2015)

Incoming search terms:

  • yhsm-inucbr_001