शुष्मा कार्कीको कामूक आइटम डान्स (प्रतिबन्धित)

यौनजन्य फिल्मको बाढी आइरहेको बेलामा ‘जिन्दगानी दर्पणछायाँ’ मा आइटम डान्सर सुष्मा कार्कीको कामुक नृत्यलाइ राष्ट्रिय संचारमाध्यमहरुले बाढीनै कामुक भएको भनेर प्रतिवन्ध लगाएका थिए ।  नेपाल टेलिभिजनले अश्लिल भन्दै प्रसारणमा रोक लगाएको भए पनि यस भिडियोलाइ अनलाइनमा हेर्न सकिन्छ । गायिका पुष्पा पौडेलको स्वर रहेको ‘यति यति पानी गंगै रानी….’बोलको गीतमा गरेको उत्तेजक नृत्य यस लेखको अन्त्यमा पनि हेर्न सकिन्छ  । चलचित्र ‘लूट’को आइटम डान्सबाट स्थापित शुष्माको आइटम डान्सर छबी यस फिल्मको डान्सबाट अझ मजबुत हुने लक्षण देखिन्छ ।

sushma_item_dance_jindagani_Darpan_chhaya

‘जिन्दगानी’ र ‘दर्पणछायाँ’ नाम गरेका दुई सुपरहिट फिल्मको नाम मिलाएर निर्माता रोहित पुरीले चलचित्र ‘जिन्दगानी दर्पणछायाँ’ बनाएका छन् । तर निर्माता रोहितले भने ‘जिन्दगानी दर्पणछायाँ’ भिन्न प्रकृतिको भएको बताएका छन् ।  यही जेठ २६ गते काठमाडौंभित्र रिलिज गरेर त्यस पछि असार ८ गते मोफसलका हलमा रिलिज गर्ने तयारी गरिएको यो सिनेमाको बारेमा पत्रकारलाई जानकारी दिने उद्देश्यले गरिएको प्रत्रकार सम्मेलनमा फिल्मी कलाकारहरु भने उपस्थित थिएनन ।

दिलीप रायमाझी र नन्दिता केसीको मुख्य भूमिका रहेको यस फिल्म मनिष पन्थको लेखन र निर्देशन रहेको छ ।निर्देशक मनिषका अनुसार फिल्ममा अश्लिल दृश्य नराखिएकोले सपरिवार हेर्न मिल्ने बनेको छ । नारायणहिटी संग्रालयमा छायांकन गरिएको पहिलो फिल्म भनेर प्रचार पनि गरिएको यस फिल्मको एक गीत सो एतिहासिक स्थान मा छायांकन गरिएको हो । आजकल कामुकताको राम्रो ब्यापार भएर होला यस फिल्मको एक पोस्टरमा फिल्मकी नायिका नन्दितालाइ भन्दा पनि आइटम डान्सर शुष्मालाइ बाढी महत्वका साथ प्रस्तुत गरिएको छ ।

jindagani_Darpan_chhaya_poster

शुष्माको आइटम डान्सको भिडियो तल प्रस्तुत छ: