फूटपाथमा पार्किंग

पुल्चोकमा पैदलयात्रीहरु हिड्ने फूटपाथमा निस्फिक्री पार्किङ गरीएका यी दुईवटा सरकारी सबारी साधनहरु र एक कुट्नीतिक नियोगको मोटरसाईकलले गर्दा पैदलयात्रीहरु मोटर बाटोमा हिंड्न वाध्य भएका थिए।

parked_on_footpath

माथिको फोटोका फोटो ग्राफर  प्रशान्त खनालले यो फोटोमा देखिने सबारी साधनहरुलाइ ट्राफिक प्रहरीले कारबाही गरोस भनेर सामाजिक संजाल फेसबुकमा पोस्ट गरेका हुन । बा १ झ ५९४५ को टाटा कार, बा १ झ नम्बरको टोयोटा भ्यान र ५ सी.डी. ४ को मोटरसाइकलले यसरी ट्राफिक नियम उलंघन गरेको  प्रमाणको आधारमा ट्राफिक प्रहरीले कारबाही गरेर सो को जानकारी दिन्छ होला भन्ने आशा गरौँ ।

 Continue reading