चोरीका लेख लेख्ने ‘नागरिक’

निमिष दूबेले ‘इकोनांमिक टाइम्स’ को लागि मे १७ मा लेखेको (नेपालीले जस्तै अन्य सोर्स बाट नचोरेको भए) एक लेख हुबहु उल्था गरेर नेपालको राष्ट्रिय दैनिक ‘नागरिक’ मा छापिएको फेला परेको छ ।  हिन्दी पत्रिकामा छापिएको एक महिना पछि नेपाली पत्रिकामा लेखको नाम र स्रोत समेत उल्लेख नगरी छापिएको देखे पछि ब्लगर दिलीप आचार्यले यो जानकारी फेसबुकमा दिएका थिए।  त्यस पछि के भयो तलको दिलीपजीको कमेन्टले प्रष्ट पार्छ।

dilip_acharya

यस्तै गरेर कपी पेस्ट गरेको आरोपमा कान्तिपुर बाट एक पत्रकार निष्कासित हुनु परेको धेरै समय नहुदै नाम उल्लेक नगरी अरुको लेख सार्ने काम गर्ने नागरिककर्मी माथि कारबाही होला त?

"काठमाडौं, जेठ ३२- " भनेर शुरु गरिएको समाचार जस्तो देखिने लेख हिन्दीबाट हुबहु सारिएको होला भन्ने अनुसन्धान गर्ने दिलीपजीमा साधुबाद !

nagarik_copy_economics_article_from_kathmandu