चलचित्र लूटमा ‘उध्रेको चोली छ है…’ आइटम गीतमा नाचेर सेक्सी नायिकाको रुपमा छुट्टै परिचय बनाउन सफल शुष्मा कार्कीको आजकाल खुबै डिमाण्ड रहेको छ । देश विदेश जताततै उध्रेको चोली देखाउदै हिड्ने शुष्मा गाइजात्रे कार्यक्रममा पनि हासो ठट्टालाइ बिर्सेर तेही पुरानो चोली प्रदर्शन गरिन।
शुष्मा कार्कीको ‘लुट’ गीत दर्शक तान्नको लागि सबै भन्दा सजिलो माध्यम मान्दै गाइजात्रा संग कुनै साइनो नभएको ‘उध्रेको चोली…’ गीतमा नायिका शुष्मा कार्कीलाई पनि नचाइएको थियो । गीत र नाच गाइजात्रे नभए पनि यसलाई आयोजकको गाइजात्रे पारा मानेर दर्शकहरुले रमाइलो ‘मानिदिएका थिए रे’ !
बेला बेलामा नर्तकी र मोडलको लागि नसुहाउने रुपले ठूलो भुडीको कारण आलोचना हुने गरेको भए पनि दर्शक बीच भने उनको मागमा कुनै कमी नआएको आयोजकहरु बताउछन ।