पूर्व प्रधानमन्त्री मरिचमान सिंहको निधन

सल्यान जिल्लामा सन् १९४२मा जन्मेका पूर्व प्रधानमन्त्री मरिचमान सिंह क्यान्सरसंग लड्न नसकी आज (श्रावण ३१ गते राति सवा तीन बजे) निधन भएको छ । फोक्सोको क्यान्सर पीडित मरिचमानको उपचारको खर्च धान्न नसकेर स्वास्थउपचारको लागि सरकारसंग गुहार्दा पनि सहयोग प्राप्त गर्न नसके पछि सर्बसाधारणको सहयोगमा उपचार गरिदै थियो । भारतको हरियानाको एक अस्पतालमा भर्ना गरि उपचार गरिरहेकोमा उनको स्वस्थ स्थिति अतिनै बिग्रिएको र अरु उपचार सम्भव नभएपछि मंगलबार राति एयर एम्बुलेन्समार्फत उनलाई नेपाल फर्काइएको थियो । 

marichman singh with birendra

नेपाल सरकारको मन्त्रिपरिषदले उनको उपचारका लागि पाँच लाख रुपैया दिने भनी निर्णय गरेको भए पनि सो रकम निकासा हुनु पूर्व नै मरिचमानको निधन भएको छ ।

पञ्चायती व्यवस्थाको अन्त्यतिर नेपालका प्रधानमन्त्री बनेका श्रेष्ठ नेवार समुदायबाट नेपालको प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन्। २०४३ साल जेठमा प्रधानमन्त्री बनेका मरिचमान त्यस अघि तत्कालिन राष्ट्रिय पञ्चायतका अध्यक्ष थिए। २०४६को जनआन्दोलनको बेला प्रधानमन्त्री भएका मरिचमान माथि आन्दोलमा लागेकाहरु माथि अत्याधिक शक्ति प्रयोग गरेर दमन गरेको आरोप लाग्नुका साथै श्रेष्ठ पंचायत व्यवस्था भरीकै सबैभन्दा बढी आलोचित प्रधानमन्त्री पनि बनेका थिए।

 Continue reading