रेखा थापाको राउटे भेट अनुभब, उनकै शब्दमा

नेपाली अभिनेत्री रेखा थापा अहिले सुर्खेतको राउटे बस्तीमा उनीहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर भेटघाट र अध्ययन गर्दैछिन । रेखा थापा फाउन्डेसन नाम गरेको एक संस्था खडा गरेर सो मार्फत समाजसेवामा सक्रिय हुन लागेकी अभिनेत्रीको राउटे जाती संगको भेटघाट अनुभब उनकै शब्दमा तल प्रस्तुत छ:

जब म सुर्खेत को ५२ परिवार बसोवास गर्ने राऊटे जाती को आँगन मा पुगेँ, तब मेरो शरीरमा एक प्रकार को ऊत्साह पैदा भयो, रेखा थापा फ़ाउन्डेशन को सुरुवात अवस्थामा जुन मेरो सोचाई र बुझाई थियो राउटे बस्ती त्यो भन्दा फरक रहेछ । उनीहरुलाई जब मैले प्रतक्ष देखें र बुझें तब मैले सुनेको भन्दा घेरै फरक पाएँ । म २१ औ शताब्दी को एऊटा बिकशित मानव र २१ औ शताब्दीकै र सुर्खेत शहरको छेऊमै रहेर पनि अबिकशित मानव जाति वीच आकाश र धर्ती वीचको जस्तै फरक लाग्ने त्यो अतुलनिय भिन्नता देख्दा मेरो मन भित्री हृदय देखिनै रोयो ।

rekha thapa with raute commmunity

फ़ाऊण्डेशन को सुरूवाती अवस्थामा राऊटे जातीको उत्थानको लागी म केही योगदान गर्छु भन्ने मनमा चाहना मात्र थियो भने हिजोवाट यो मेरो सपना संकल्प मा परिणत भएको छ। यो मेरो भाग्य मान्नुपर्छ जुन दिन म राउटे जातीको वस्तीमा छिरेकी थिएँ सोही दिन संयोगले उहाहरूको कुलपूजा गरने दिन रहेछ । पहिला त मेरो फ़ाउन्डेशन को टीम मेम्वरलाई उक्त वस्तीमा प्रवेश गर्नवाट वन्चित गरिएछ र पनि म उक्त स्थानमा पुग्नासाथ म लगायतको टीमलाई दैवीक शक्ति ले वरदान दिए झैँ लाग्ने गरि उहाँहरु को बस्तिमा सम्मान सहित छिर्ने अवसर मिल्यो। उहाँहरूको पुजा हेर्नलाई सालदेखी प्रतिछ्यारत गाउलेलाई पनि प्रवेश नदिई मलाई त्यो अबसर दिएको मा स्थानीयहरु पनि चकित भएको कुरा थाहा पाउदा म पनि छक्क परें। यो पल मेरो जीवनकै उपलब्धि भएको कुरा मैले महसुश गरेकी छु ।अझ सुखद कुरा त के भने, हरेक वर्ष मनाईने ऊहा़ंहरु को कुलपुजा भएकै दिन मेरो foundation ले प्रवेश पाउनु राम्रो हुने सुरुवातको संकेत हो भन्ने मैले ठानेकी छु ।

 Continue reading