अलबिदा प्रचण्ड पुत्री ज्ञानु केसी दाहाल

स्तन क्यान्सरसंग लड्न नसकेर एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालकी जेठी छोरी ज्ञानु केसीको यही बिहीबार बिहान निधन भयो । देशनै हल्लाउन सक्ने पार्टीका शिर्ष नेताले लामो समयसम्म  मुम्बई, दिल्ली र अमेरिकामा उपचार गराउँदा पनि आफ्नी ४० वर्षीय छोरीको ज्यान बचाउन सक्नु भएन ।

gyanu kc - last rituals 1

२१ वर्ष पहिले अर्जुन केसीसँग बिवाह गरेर दुई छोरीकी आमा बनेकीज्ञानु केसीको जेठी छोरीको बिवाह भइ सकेको छ ।

 Continue reading

मन्त्रीका सुन चाँदी र सम्पति

ram sharan mahatसरकारले सार्वजनिक भएको मन्त्रिपरिषदका सदस्यहरुको धनसम्पति विवरण अनुसार अर्थमन्त्री डा. रामशरण महत सबै भन्दा धेरै सम्पतिका मालिक देखिएका छन्।

९५ तोला सुन र २ हजार १ सय तोला चाँदीका साथै २५ हजार ८३४ अमेरिकी डलर सम्पति रहेका महतको र उनको परिवारका नाममा बिभिन्न ब्याङ्कहरुमामा झन्डै ८० लाख रुपियाँ, करिब २४ लाख रुपियाँ बराबरको धितोपत्र, सेयर र ऋणपत्र रहेको छ। उनको ऋण पनि झन्डै १ करोड २० लाख रहेको बताएका छन् ।

  • प्रकाशमान सिंह – ६५ तोला सुन र दुई किलो चाँदी अनि केही हिराजवाहरात
  • गृहमन्त्री वामदेव गौतम – ३५ तोला सुन र १०० तोला चाँदी अनि हिरा १ सेट
  • विमलेन्द्र निधि सुन ६० तोला चाँदी १५० तोला
  • चित्रलेखा यादव सुन ४० तोला चाँदी १००० तोला
  • दलबहादुर राना सुन ११ तोला
  • हरिप्रसाद पराजुली सुन २२ तोला चाँदी ७ तोला
  • कर्णबहादुर थापा सुन १७ तोला चाँदी २२० तोला
  • खगराज अधिकारी सुन ३ तोला
  • लालबाबु पण्डित सुन १० तोला चाँदी १० तोला
  • महेन्द्रबहादुर पाण्डे सुन १० तोला चाँदी २० तोला
  • महेश आचार्य सुन ४५ तोला चाँदी ७० ग्राम
  • मिनेन्द्र रिजाल सुन ४० तोला चाँदी ४०० तोला
  • नारायण खड्का सुन १८ तोला
  • नारायणप्रसाद साउद सुन ३२ तोला चाँदी ७० तोला हिरामोती पनि
  • नरहरि आचार्य सुन ७/८ तोला चाँदी १ किलो (श्रीमती सुन ३५/४० तोला, चाँदी डेढ किलो)
  • पुरुषोत्तम पौडेल सुन ८ तोला चाँदी १० तोला
  • राधाकुमारी ज्ञवाली सुन १२ तोला चाँदी २० तोला
  • टेकबहादुर गुरुङ सुन ४५ तोला चाँदी ३ किलो

फिल्मकर्मीको होली – फोटो फिचर

फिल्मकर्मीले यो बर्षको होली पनि  रमाइलो गरेर मनाए। अघिल्ला बर्ष जस्तै यो बर्ष पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरी निवासमा होली मनाउन बिशेष कार्यक्रम गरिएको थियो जसमा धेरै कलाकारहरूको उपस्थिति रहेको थियो । बिहान ११ बजेदेखि सुरु भएको सो कार्यक्रममा गौरी मल्ल, रमेश उप्रेती, राजेश हमाल, कृष्ण मल्ल, शर्मिला मल्ल, शिव श्रेष्ठ, अशोक शर्मा, संचिता लुइँटेल, अरुणिमा लम्साल, झरना थापा, निर्मल शर्मा, दिलिप रायमाझी, मेलिना मानन्धर, मुकेश ढकाल, नन्दिता केसी, सौजन्य सुब्बा, सुमिना घिमिरे, सुस्मा कार्की, नीता ढुङ्गाना, अशिष्मा नकर्मी, हर्षिका श्रेष्ठ, अनुप बराल, सौगात मल्ल, दिया मास्के, सुरज सुब्बा आदि कलाकारहरु उपस्थित थिए ।

rajesh hamal with actresses sushma karki

करिष्माले राजेश हमाल लगाएत सबैलाई रंग दलेर स्वागत गरिन् । कलाकारहरुले नाचगानमा पनि सहभागी भएका थिए ।

 Continue reading

मलेशियन जहाज ‘अपहरण’ भएको हुन सक्ने

एक हप्ता अघि देखि बेपत्ता रहेको मलेशियन एयरलाइन्सको बोइङ ७७७ विमानलाई अपहरण गरिएको हुन सक्ने मलेशियन अधिकारीहरुले बताएका छन्  ।

गत शनिबारदेखि एक हप्ता सम्म खोज तलास गर्दा पनि दुर्घटना भएको कुनै संकेत नमिले पछि अपहरण भएको हुन सक्ने निधोमा अधिकारीहरु पुगेका बताइएको छ । तर अपहरण हुन पर्ने कुनै कारणहरुको निधो भने  भएको छैन ।

plane disappear

विमानमा चालकदलसहित २३९ सवार फ्लाइट नम्बर ३७०को जहाज मलेशियाको क्वालालाम्पुरबाट बेइजिङको लागि उडेको थियो। जहाज उडेको २६ मिनेटपछि सम्पर्क टुटेर अहिलेसम्म कहाँ छ भन्ने कुनै अत्तो पत्तो छैन ।

 Continue reading

मैले किन ‘हिम्मतवाली’ छाडेँ – निर्देशक श्याम भट्टराई

‘हिम्मतवाली’का निर्देशक श्याम भट्टराईले आफुलाई हटाएर रेखा थापा आफैले निर्देशकको जिम्मेवारी लिएको बिषयलाई प्रष्ट पार्न एक वक्तव्य जारी गरेका छन् । निम्न विज्ञप्तीमा निर्मात्री रेखा थापा संग भएको सहमति उल्लंघन गरिएको र निर्देशन गर्ने बाताबरण नबनाएको आरोप लगाएका छन् ।

shyam bhattarai and rekha thapa in with raute

यस अघि दुई फिल्म ‘रावण’ र ‘च्यालेन्ज’मा संगै काम गरेका रेखा र श्याम एक अर्काबीच राम्रो सम्बन्ध रहेको र रेखाले उनी अमेरिका जाँदा श्यामको संदेश उनकी पूर्बपत्नी रन्जना शर्मासम्म पनि पुर्याएकी थिइन।

‘रेखाले मलाई आधी बाटोमा लगेर धोका दिइन् । उनको भित्री इच्छा फिल्म निर्देशन गर्नु रहेछ । यो कुरा मलाई काठमाडौंमैं भएको बेला भनेको भएपनि हुन्थ्यो नि ।’

प्रेस विज्ञप्ति
२०७०/११/२८

आदरणीय पत्रकार मित्रहरु, पछिल्लो समय म निर्देशकको रुपमा संलग्न रहेको नेपाली कथानक चलचित्र “हिम्मतवाली”को सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुबाट निर्मात्री रेखा थापाद्वारा निर्देशक अस्वस्थ भई उपचारका लागि काठमाडौं पठाइएको भनेर प्रेषित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ यस सम्बन्धका भ्रमहरु चिर्दै वास्तविकतालाई यहाँहरु समक्ष राख्न आवश्यक ठानेर यो प्रेस विज्ञप्ति सार्वजनिक गर्दैछु ।

 Continue reading

२०७१ सालका बिदाहरु

गृह मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार विसं २०७१ मा ५२ दिन शनिबारको बिदा परेको छ भने १८ दिन पर्व बिदा परेका छन ।

nepali calendarपर्व बिदाहरूमा:

  • नयाँ वर्ष
  • उभौली
  • जनै पूर्णिमा
  • गौरा
  • ईद
  • छठ
  • बकर ईद
  • उधौली
  • क्रिसमस
  • तमूल्होसार
  • माघी
  • सोनमल्होसार
  • महाशिवरात्रि
  • घ्याम्पोल्होसार
  • अन्तर्राष्ट्रिय महिला दिवस
  • फागुपूर्णिमा

 Continue reading