एसएलसी परीक्षाको तयारी गरिरहेका दुई किशोरीहरूको अनुहार नै विकृत हुने गरेर तेजाब आक्रमण भएको छ । बसन्तपुरको ए–प्लस ट्युसन सेन्टरमा एसएलसीको तयारी गर्न बिहानै देखि कक्षामा पुगेका तीन किशोरीहरू मध्ये एक जनालाई गम्भीर रुपामा तेजाबले पोलेको छ भने अर्कीको अनुहार र घाटीमा तेजाबले पोलेको छ ।
भिडियो रिपोर्ट:
तराई क्षेत्र र भारतमा यदाकदा हुने तेजाब आतंक काठमाण्डौमा तीन बर्ष पछि भएको हो । तीन बर्ष अघि बानेश्वरमा भएको तेजाब आक्रमण घरायसी झगडाको कारणले भएको थियो भने अहिलेको तेजाब आक्रमण के कारणले भएको हो भन्ने कुनै निष्कर्श निस्कन सकेको छैन ।
सुन्तला रंगको ‘हुड’ लगाएर अनुहार छोपेका एक किशोरले हर्लिक्सको शिशिमा बोकेर आएको तेजाब पढीरहेका किशोरी हरु तर्फ छ्यापेर भागेका थिए । आक्रमणबाट गम्भीर घाइते संगीता पुलामी मगरको सिनामंगलको काठमाडौं मेडिकल कलेजमा शल्यक्रिया भइरहेको छ। शान्ति निकुन्ज माध्यमिक विद्यालयमा पढ्ने संगीताको अनुहार, तिघ्रा र छातीमा तेजाबले पोलेको छ। अर्की घाइते सीमा बस्नेत निधार र गालामा तेजाबले पोलेको छ।
Continue reading