बिक्रम सम्बत २०४४ फाल्गुण १५ (सन् १९८७ को फेब्रुअरी २७), शिब रात्रीका दिन जन्मिएकी प्रियंका कार्की आज २८ बर्षकी भइन ।
१८ वर्षको उमेरमा उनले मिस इन्टिलिजेन्ट पेजेन्ट जितेर रंग क्यारियरको शुरुवात गरेकी प्रियंका सन २००५ को मिस टीन नेपाल पनि भइन् ।
उनको अभिनय यात्रा कान्तिपुर टिभीबाट प्रसारण हुने ‘घरबेटी बा’देखि सुरु भएको हो । त्यस पछि कान्तिपुर टिभीमा नै बिभिन्न कार्यक्रम संचालन गर्दा गर्दै फिल्म सम्बन्धी अध्ययन गर्न अमेरिका गाइन । सन् २००६ मा ‘सेल्युलोइड’ नामक कार्यक्रम चलाएकी थिइन । तेस्तै उनले संचालन गरेको अर्को कार्यक्रम ‘द ग्ल्याम फ्याक्टर’ जीवनशैलीमा आधारित कार्यक्रम थियो ।