असार १५को दहि चिउरे शुभकामना

आज असार १५ – रोपाइँ शुरु गर्ने, दहि चिउरा खाने र किसानहरुले रमाइलो गर्ने दिन ।

ropai_phogo

आजको दिनलाई ‘माना रोपेर मुरि उब्जाउने’ दिन मान्ने चलन भए पनि, गोरु पाल्ने झन्झटबाट मुक्त भइ सकेका किसानहरु परम्परा र आधुनिकताको दोषाधमा चेपिएको भान हुन्छ । आजकालका आधुनिक किसानहरुले असारे गितहरु पनि बिर्सिसकेको भान हुन थालेको छ । आजकाल त आन्तरिक र बिदेशि पर्यटकलाइ देखाउनको निम्ति मात्र हिलो छ्यापाछ्याप गर्ने चलन बिस्तारै बढ्न थालेको छ ।

हुन पनि आजको ट्याक्टरको जमानामा गोरु पाल्नु आफैमा खर्चिलो र बाढि जोखिमपुर्ण रहेको कुरा धेरैले बुझिसकेका छन् । कहिले मलको अभाब र कहिले कतै कतै पानीको अभाब अनि भर्खरै गएको भुकम्पक लगाएतका अनेक् कारणले रोपाइँ त्यति सुखद नभएको किसानहरु बताउछन ।

छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला
बनाई कुलो लगाई पानि आएर गोडौला …

 Continue reading

भदौमा फिल्मको बाढि

बैशाख १२को भुकम्पका कारण रोकिएको नेपालि चलचित्रहरुको रिलिज आषाढ दोश्रो हप्तासम्म पनि खुल्न सकेको छैन। केहि पुराना फिल्महरु रिलिज गरिए पनि ति चलचित्रले दर्शक नपाएर छोटो समयमा नै हलबाट उतार्नु परेको थियो भने नयाँ फिल्महरु चाँहि अहिलेसम्म रिलिज गरिएका छैनन्। श्रावणमा पनि अहिले सम्म  श्रावण २२ मा प्रदर्शन हुने ‘सपना तिमो मेरो’ को मात्रै रिलिज निश्चित गरिएको अबस्था छ । तेसैले, अहिले सम्म प्रदर्शन गर्न नपाएर रोकिएका चलचित्रहरु भाद्र महिनामा भने जुध्ने सम्भावना देखिएको छ।

अडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=ITX8f0ivwGk

अहिलेसम्मको रिलिज क्यालेण्डर अनुसार, भाद्र महिनाका नयाँ फिल्म निम्न छन्:

भाद्र ४ गते – ‘होस्टेल रिटन्र्स’ रिलिज हुँदै छ । यस अघि वैशाख २५ गतेको रिलिज मिति परिबर्तन गरेर भाद्र ४ मा रिलिज गर्ने निर्णय गरिएको  हो । ‘सायद’ र ‘होस्टेल’ जस्ता सफल फिल्म निर्माण गरेको इतिहास भएका सुनिल रावलले बनाएको यो फिल्म पनि सफल हुने सम्भावना बोकेको फिल्ममा गनिन्छ ।

hostel returns release news

 Continue reading

करिश्मा र परम शक्तिपिठले निर्माण गरेको वात्सल्या कुटि भुकम्प पिडितलाइ हस्तान्तरण

अभिनेत्रि करिश्मा मानन्धरको सह-संयोजनमा परम शक्तिपिठले धर्मस्थलिस्थित चोगाउँमा निर्माण गरेका ५० ओटा अस्थायी घरहरु भुकम्प पिडितलाइ हस्तान्तरण गरिएको छ। सोहि स्थानमा थप २५ ओटा घरहरु पनि आगामि एक हप्ता भित्र निर्माण सम्पन गर्ने बताइएको छ । यि अस्थायि घरहरुलाई ‘वात्सल्या कुटि’ नामाकरण गरिएको छ ।

अडियो रिपोर्ट :

घर हस्तान्तरण कार्यक्रममा पुगेका सुचना तथा संचारमन्त्रि मिनेन्द्र रिजाल, करिश्मा लगायत एक दर्जन भन्दा बढि कलाकार, परम शक्तिपिठका अधिकारिसंगै  अधिष्ठात्रि परम्पुज्या दिदि माँ साध्वि ऋतंभरालाइ स्थानियहरुले बाजागाजाका साथ माला र अबिर लगाएर स्वागत गरेका थिए।

 Continue reading

नक्कलि प्रचण्डलाइ सक्कलि प्रचण्डले राहत दिने

लोकप्रिय हाँस्य टेलिश्रृखंला ‘मेरि बास्सै’मा नक्कलि प्रचण्डको भुमिका गर्ने कलाकार  घनश्याम गौतम भुकम्पपिडित भए पछि उनलाइ सक्कलि प्रचण्ड, पुष्पकमल दाहालले भेटेर सहयोगको आश्वासन दिएका छन्। भुकम्पले घर संगै छोरि पनि गुमाएका गौतमलाइ नेकपा एमाओवादिका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सान्तवना दिनुको साथै राहतको आश्वासन दिएका हुन।

real prachanda meets fake prachanda2

प्रचण्ड यहि सोमबारको बेलुका संगितकार चेतन सापकोटासँग गौतमको निवास कटुन्जे पुगेका थिए।

भुकम्पले गौतमको हात भाँचिएको छ भने उनकि पत्नि पनि घाइते भएकि छिन्। सेतोपाटि अनलाइन पत्रिकाका अनुसार प्रचण्डले कटुन्जेका अरु स्थानियहरुलाइ राहत सामाग्रि पनि बाँडेका थिए।

 Continue reading

रेखा थापाले बहिष्कार गरिन फिल्म अवार्ड

अभिनेत्रि रेखा थापाले आफ्नो  रेखा फिल्म्सबाट निर्माण हुने कुनै पनि चलचित्र नेपालमा आयोजना हुने अवार्ड कार्यक्रममा भाग नलिने घोषणा गरेकि छिन्। स्मरण रहोस हालै सार्बजनिक गरिएको एनएफडिसि अवार्डमा रेखाको कुनै नोमिनेसन परेको छैन भने नेफ्टा अवार्डमा पनि उनको कुनै नोमिनेसन छैन ।

अवार्डमा भाग नलिनुको कारण उल्लेख गर्दै रेखाले भनेकि छिन्, “नेपालमा चिनजान, आफन्त र सोर्स फोर्समा अवार्ड दिने परम्परा व्यापक भएको हुदा तेस्तो प्रकार को अवार्ड को कुनै मुल्य र मान्यता नरहने ठहर गर्दै रेखा फिल्म्सले अब उप्रान्त आफ्नो फिल्म कुनै पनि अवार्ड आयोजक सस्थाहरुलाइ प्रतिस्पर्धा को निम्ति प्रदान नगर्ने कुरा को सार्बजनिक जानकारी गराउन चाहन्छु।”

rekha thapa

उनले सिनेमा जगतमा हुने अवार्ड कार्यक्रमहरुले कलाकारहरुलाइ ठुलै मनोबल प्रदान गर्ने भए पनि नेपालमा भने यस्तो अवार्ड निष्पक्ष नहुने हुनाले अवार्डको औचित्य नभएको बताएकि छिन् ।

उनले भनेकि छिन्, “वर्षका सर्बाधिक हिट सिनेमाहरु प्रतिस्पर्धामा नआउनु अनि आयोजकले आफनो मनपरि तबरले अवार्ड बितरण गरिनुले सच्चा कलाकार, निर्माता , निर्देशक तथा प्राबिधिकको अपमान गरेको हुन्छ।”

यिनै कारण देखाउदै अभिनेत्रि र निर्माता रेखा थापाले सबै खालका “कोठे अवार्डहरुको बहिस्कार” गर्ने बताएकि छिन्। साथै उनले अवार्ड वितरक सस्थाहरुलाई पनि कामको आधारमा मात्र अवार्ड बितरण गर्न अनुरोध गरेकि छिन्।

रेखा थप्छिन, “मेरो सुभचिन्तक तथा प्रशंसकहरुको लागि रेखा फिल्म्सले निरन्तर सिनेमा निर्माण गरि नै रहने छ। रेखा फिम्ल्स नेपालि दर्शकबाट प्राप्त समर्थन र साथ लाई नै सबै भन्दा ठुलो अनि उपलब्धि मुलक अवार्ड हो भन्ने कुरा मा सदैब बबिश्वास राख्दछ।”

 Continue reading

छोरिको बाबु जिवन लुइँटेललाइ बधाइ

अभिनेता जिवन लुइँटेलको  छोरिको जन्म भएको छ। जिबन पत्नी अञ्जलिले सोमबार एक स्वस्थ छोरि जन्माए पछि जिवनले खुशि हुदै फेसबुक पेजमार्फत फोटो र सुचना सार्वजनिक गरेका हुन। 

jiwan luitel father

जिवनले फेसबुकमा राखेका फोटाहरुमा भर्खरै जन्मिएकि छोरि बोकेको आफ्नो फोटो, खाटमा सुतिरहेका पत्नी र छोरि र १८ महिनाअघि जन्मिएको उनको छोराको फोटो रहेका छन्।

छोरिलाइ लक्ष्मिको अबतार मान्ने हाम्रो समाजमा जिवनलाइ घरमा लक्ष्मिको आगमनको लागि बधाइ र शुभकामना!

 Continue reading

गाडि खरिदको बारेमा चलेका हल्लाको बारेमा प्रियंका कार्किको खेद

प्रियंका कार्किले हालै खरिद गरेको कारको बारेमा बजारमा चलेको हल्लाको जवाफमा निम्न कुराहरु बताएकि छिन (सबै दिर्घलाइ ह्रस्व बनाइएको छ):  यो बारेमा nepaliactress.comमा शुक्रबारको रिपोर्ट पढ्न सक्नु हुने छ। त्यस पछि बजारमा प्रियंकाले भुकम्प पिडितको लागि जम्मा गरेको राहतको पैसाले गाडि किनेको हल्ला चलेको थियो ।

***

मेरो गाडिको बिषयमा धेरै ना-ना थरि कुराहरु सुन्दै छु, पढदै छु। एकदम चित्त दुखेर आयो। मेरो सबै फ्यान र शुभचिन्तकहरुलाई मेरा केही कुराहरु राख्दै छु। पहिलो कुरा, भुकम्प जानु दुइ दिन अगाडि गाडि घर भित्र्याइ सकेकि थिए। गडि किनेर घरमा पुजाको तयारी मात्र के गर्दै थियौ, दुइ दिन भित्रै बिनाशकारि भुकम्प आयो। त्यस पछि धेरै रात म त्यहि गाडिमै सुतेकि पनि छु।

अब आयो UK को च्यारिटिको पैसा, त्यो पैसा अहिले सम्म हाम्रो UK को कार्यक्रम organiser हरुले नेपाल पठाउनु भएको छैन। हामि त्यहा हुदा, ५ कार्यक्रमबाट ५ लाख उठाउन सफल भयौ। तर त्यो ५ लाखमा अझै अरु पनि स-साना कार्यक्रमहरु गरेर अझै रकम थपेर अनि नेपाल पठाउने भनेर त्यो पैसा अझै UK मा, त्यहाको organizers सङै छ। र रहयो कुरा मेरो UK को कार्यक्रमको पारिश्रमिकको, UK को कार्यक्रम भुकम्प जानु २ महिना अगडी फाइनल गरिएको थियो। ५ शो गरे बापत येति पारिश्रमिक भनेर नि तोकिसकेको थियो, तर जब परिस्थिति त्येस्तो भयो, म, अन्जु पन्त दिदी र शिव परियार जि ले लिनु पर्ने हाम्रो पारिश्रमिक पनि लिएनौ।

आज निकै दुख साथ यि कुरा हरु लेख्दै छु म। जति जे गर्न खोजे पनि हामी सधै नराम्रो हुदो रहेछौ। UK बाट फर्के देखि मैले धेरै पटक गर्भ साथ शेर गरे कि हामिले ५ लाख उठायौ। के त्यो ५ लाख मा मेरो गाडी आयो होला त? अलि अलि तपाईंहरु पनि बुद्धि लगाउनुस न। हुनै नसक्ने कुरामा येतिकै औला उठाउने, आरोप लगाउने?

म पनि त सामान्य घर कि सामान्य चेलि हु नि। मैले पनि त धेरै मेहेनत गरेर पहिलो गाडि किन्दा, खुशि महसुस हुन्छ, साथी- भाइसंग, आफन्तहरुसंग, शुभचिन्तकहरु संग खुशि शेयर गर्न मन हुन्छ। सायद यहाँहरुले मेरो खुशिमा साथ दिनु हुन्छ, मलाइ बधाई दिनु हुन्छ भनेर सोच्नु नै मेरो मुर्खता रहेछ।

जुन दिन UK मा गरेको च्यारिटिको पैसा नेपाल आइ पुग्छ, त्यो पैसा बोकेर “charity money” एउटा कागजमा ठुलो ठुलो अक्षरले लेखेर, फोटो खिचेर हाल्ने छु। सबैलाइ बिश्वास गराउन त्यहि गर्नु पर्ने रहेछ। यहाको चलन येहि रहेछ।

र, अब अन्तिममा मेरा असलि शुभचिन्तकहरुलाई, अहिले जहाँ त्यहा मलाई गलत आरोप लागि रहेको बेलामा यहाँहरुको जुन साथ पाइरहेकि छु, त्यसले शिर कहिले नझुकाउने प्रेरणा मिल्छ मलाइ, आत्मबिश्वास मिल्छ मलाइ, म एक्लै छुइन भन्ने आभास हुन्छ। तपाइहरुको बिश्वासलाई चोट पुराउने काम कहिले पनि गर्दिन। यो कसम खान्छु आज म।

***

शुक्रबार प्रियंकाले आफ्नै कमाइले कार खरिद गरेको भनेर निम्न फोटो शेयर गरेकि थिइन:

मेरो पहिलो गाडी:

हुन त भुकम्प आउन ठ्याक्कै २ दिन अगाडी किनेको थिए। तर शेर आज मात्र गर्दै छु। यहाँहरुको माया र साथले जुन सफलता दिलायो, आज यो त्येसैको फल हो, मेहेनतको फल हो,  मलाइ माया, साथ, हौसला दिनु हुने सबैलाइ भित्र हृदयबाट धन्यवाद

Priyanka karki car

नोट – यो लेखमा  ‘सजिलो नेपालि’ प्रयोगको लागि सबै ह्रस्वमा लेखिएको छ । बुझ्नमा समस्या भएमा कमेन्ट गर्नुहोला।

पुर्व युवराज पारसले छोरा छोरिसंगको फोटो अपलोड गरे

नोट – यो लेखमा  ‘सजिलो नेपालि’ प्रयोगको लागि सबै ह्रस्वमा लेखिएको छ । बुझ्नमा समस्या भएमा कमेन्ट गर्नुहोला।

पुर्व युवराज पारस शाहले यहि आइतबार दिउँसो आफ्नो फेसबुकमा एकाउन्टमा आफ्ना छोराछोरीसँगै बसेको सेल्फि फोटो अपलोड गरेका छन्। पारसका छोरा ह्रदयेन्द्र संगै छोरीहरु पूर्णिका र कृतिका सहितको फोटोमा पुर्व युवराज्ञि हिमानि भने छैनन् ।

भिडियो रिपोर्ट:

pars shah with happy children

धेरै समय पछि फेसबुक प्रोफाइल अपडेट गरेका पारसले आइतबार बिभिन्न फोटाहरु अपलोड गरेका थिए । एउटा मोटरसाइकलको फोटो, आकाशमा फुल फुलेको रुखको हाँगाको फोटो, र प्रोफाइल फोटोमा अमुर्त (फोटोमा भएका कमेन्टहरु अनुसार यो उनले लगाएको टिशर्टको फोटो हो) र छोरा छोरिहरु संग खिचेका दुइ फोटाहरु अपलोड गरेका थिए ।

 Continue reading

निशा पछि अब नन्दिता पनि अमेरिका उड्ने

नोट – यो लेखमा  ‘सजिलो नेपालि’ प्रयोगको लागि सबै ह्रस्वमा लेखिएको छ । बुझ्नमा समस्या भएमा कमेन्ट गर्नुहोला।

अभिनेत्रि निशा अधिकारि सुटुक्क अमेरिकातर्फ लागेको खबर बाहिरिने बित्तिकै अर्कि अभिनेत्रि, नन्दिता केसि पनि अमेरिका जाने भएकि छिन् । हालै अमेरिकाको भिषा लागे पछि नन्दिता दुइ महिनाको लागि भनेर अमेरिका जाने भएकि हुन । नन्दितालाइ अमेरिकाले दिएको मल्टिपल भिसा उनले दोश्रो प्रयासमा प्राप्त गरेको बताइएको छ।

भिडियो समाचार:

nandita kC

जुनको अन्तिममा अमेरिकामा पुगेर त्यहाँ आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन लागेकि नन्दिताको अमेरिका बसाइ दुइ महिना मात्र हुन्छ कि सो भन्दा बढि हुन्छ भन्न सजिलो छैन । किनकि, सपनाको देश पनि भनिने अमेरिका जान नेपाली कलाकारका मरिहत्य नै गर्दछन । अमेरिका जानु भनेको अभिनय करिअरकै सवैभन्दा ठूलो कार्य जस्तो ठान्ने नेपालि कलाकारहरु धेरै छन । धेरै कलाकारहरु अमेरिका पुगे पछि त्यहिको ग्रिन कार्डको लागि निबेदन दिएर बस्ने गरेका धेरै उदाहरणहरु छन्।  Continue reading

गजित र अनुको प्रेम, धौली को बिशेष प्रिमियर

नोट – यो लेखमा  ‘सजिलो नेपालि’ प्रयोगको लागि फिल्मको नाम ‘धौली’ बाहेकअरु सबै ह्रस्वमा लेखिएको छ । बुझ्नमा समस्या भएमा कमेन्ट गर्नुहोला।

भुकम्प पिडितको सहयोगकोलागि पोखरामा नेपालि फिल्म ‘धौली’ को बिशेष प्रिमियर शो गरिएको छ । पोखराको आसपासमा छायांकन गरिएको यो चलचित्रमा गजित बिष्ट र अनु शाहको मुख्य भुमिका रहे पनि चलचित्र भने यसको केन्द्रिय पात्र ‘धौली’ को वरिपरि घुमेको छ ।  गिता अधिकारि मुख्य पात्र ‘धौली’को रुपमा प्रस्तुत  भएकि छिन् भने बिष्णु गौतम साहुको रुपमा प्रस्तुत भएका छन्। दुइ दर्जन भन्दा बढि चलचित्रहरुमा अभिनय गरिसकेकि गिताको मुख्य भुमिकामा अभिनय भएको यो नै पहिलो चलचित्र हो ।

dhauli premier show

नेपालि समाजमा प्रचलित तल्लो जात र उपल्लो जातको बिचको खाडलको बारेमा बनेको यस फिल्मले एक तल्लो जातकि युबतिको कथा भन्छ । यस फिल्ममा एक दलित र दलित युबतिको बिच भएको बिवाह पनि देखाइएको छ ।

 Continue reading