गाडि खरिदको बारेमा चलेका हल्लाको बारेमा प्रियंका कार्किको खेद

प्रियंका कार्किले हालै खरिद गरेको कारको बारेमा बजारमा चलेको हल्लाको जवाफमा निम्न कुराहरु बताएकि छिन (सबै दिर्घलाइ ह्रस्व बनाइएको छ):  यो बारेमा nepaliactress.comमा शुक्रबारको रिपोर्ट पढ्न सक्नु हुने छ। त्यस पछि बजारमा प्रियंकाले भुकम्प पिडितको लागि जम्मा गरेको राहतको पैसाले गाडि किनेको हल्ला चलेको थियो ।

***

मेरो गाडिको बिषयमा धेरै ना-ना थरि कुराहरु सुन्दै छु, पढदै छु। एकदम चित्त दुखेर आयो। मेरो सबै फ्यान र शुभचिन्तकहरुलाई मेरा केही कुराहरु राख्दै छु। पहिलो कुरा, भुकम्प जानु दुइ दिन अगाडि गाडि घर भित्र्याइ सकेकि थिए। गडि किनेर घरमा पुजाको तयारी मात्र के गर्दै थियौ, दुइ दिन भित्रै बिनाशकारि भुकम्प आयो। त्यस पछि धेरै रात म त्यहि गाडिमै सुतेकि पनि छु।

अब आयो UK को च्यारिटिको पैसा, त्यो पैसा अहिले सम्म हाम्रो UK को कार्यक्रम organiser हरुले नेपाल पठाउनु भएको छैन। हामि त्यहा हुदा, ५ कार्यक्रमबाट ५ लाख उठाउन सफल भयौ। तर त्यो ५ लाखमा अझै अरु पनि स-साना कार्यक्रमहरु गरेर अझै रकम थपेर अनि नेपाल पठाउने भनेर त्यो पैसा अझै UK मा, त्यहाको organizers सङै छ। र रहयो कुरा मेरो UK को कार्यक्रमको पारिश्रमिकको, UK को कार्यक्रम भुकम्प जानु २ महिना अगडी फाइनल गरिएको थियो। ५ शो गरे बापत येति पारिश्रमिक भनेर नि तोकिसकेको थियो, तर जब परिस्थिति त्येस्तो भयो, म, अन्जु पन्त दिदी र शिव परियार जि ले लिनु पर्ने हाम्रो पारिश्रमिक पनि लिएनौ।

आज निकै दुख साथ यि कुरा हरु लेख्दै छु म। जति जे गर्न खोजे पनि हामी सधै नराम्रो हुदो रहेछौ। UK बाट फर्के देखि मैले धेरै पटक गर्भ साथ शेर गरे कि हामिले ५ लाख उठायौ। के त्यो ५ लाख मा मेरो गाडी आयो होला त? अलि अलि तपाईंहरु पनि बुद्धि लगाउनुस न। हुनै नसक्ने कुरामा येतिकै औला उठाउने, आरोप लगाउने?

म पनि त सामान्य घर कि सामान्य चेलि हु नि। मैले पनि त धेरै मेहेनत गरेर पहिलो गाडि किन्दा, खुशि महसुस हुन्छ, साथी- भाइसंग, आफन्तहरुसंग, शुभचिन्तकहरु संग खुशि शेयर गर्न मन हुन्छ। सायद यहाँहरुले मेरो खुशिमा साथ दिनु हुन्छ, मलाइ बधाई दिनु हुन्छ भनेर सोच्नु नै मेरो मुर्खता रहेछ।

जुन दिन UK मा गरेको च्यारिटिको पैसा नेपाल आइ पुग्छ, त्यो पैसा बोकेर “charity money” एउटा कागजमा ठुलो ठुलो अक्षरले लेखेर, फोटो खिचेर हाल्ने छु। सबैलाइ बिश्वास गराउन त्यहि गर्नु पर्ने रहेछ। यहाको चलन येहि रहेछ।

र, अब अन्तिममा मेरा असलि शुभचिन्तकहरुलाई, अहिले जहाँ त्यहा मलाई गलत आरोप लागि रहेको बेलामा यहाँहरुको जुन साथ पाइरहेकि छु, त्यसले शिर कहिले नझुकाउने प्रेरणा मिल्छ मलाइ, आत्मबिश्वास मिल्छ मलाइ, म एक्लै छुइन भन्ने आभास हुन्छ। तपाइहरुको बिश्वासलाई चोट पुराउने काम कहिले पनि गर्दिन। यो कसम खान्छु आज म।

***

शुक्रबार प्रियंकाले आफ्नै कमाइले कार खरिद गरेको भनेर निम्न फोटो शेयर गरेकि थिइन:

मेरो पहिलो गाडी:

हुन त भुकम्प आउन ठ्याक्कै २ दिन अगाडी किनेको थिए। तर शेर आज मात्र गर्दै छु। यहाँहरुको माया र साथले जुन सफलता दिलायो, आज यो त्येसैको फल हो, मेहेनतको फल हो,  मलाइ माया, साथ, हौसला दिनु हुने सबैलाइ भित्र हृदयबाट धन्यवाद

Priyanka karki car

नोट – यो लेखमा  ‘सजिलो नेपालि’ प्रयोगको लागि सबै ह्रस्वमा लेखिएको छ । बुझ्नमा समस्या भएमा कमेन्ट गर्नुहोला।

पुर्व युवराज पारसले छोरा छोरिसंगको फोटो अपलोड गरे

नोट – यो लेखमा  ‘सजिलो नेपालि’ प्रयोगको लागि सबै ह्रस्वमा लेखिएको छ । बुझ्नमा समस्या भएमा कमेन्ट गर्नुहोला।

पुर्व युवराज पारस शाहले यहि आइतबार दिउँसो आफ्नो फेसबुकमा एकाउन्टमा आफ्ना छोराछोरीसँगै बसेको सेल्फि फोटो अपलोड गरेका छन्। पारसका छोरा ह्रदयेन्द्र संगै छोरीहरु पूर्णिका र कृतिका सहितको फोटोमा पुर्व युवराज्ञि हिमानि भने छैनन् ।

भिडियो रिपोर्ट:

pars shah with happy children

धेरै समय पछि फेसबुक प्रोफाइल अपडेट गरेका पारसले आइतबार बिभिन्न फोटाहरु अपलोड गरेका थिए । एउटा मोटरसाइकलको फोटो, आकाशमा फुल फुलेको रुखको हाँगाको फोटो, र प्रोफाइल फोटोमा अमुर्त (फोटोमा भएका कमेन्टहरु अनुसार यो उनले लगाएको टिशर्टको फोटो हो) र छोरा छोरिहरु संग खिचेका दुइ फोटाहरु अपलोड गरेका थिए ।

 Continue reading