मरेको नाटक गरेका युनिटि संचालक दाजुभाइ पक्राउ

फरार रहेका युनिटि लाइफ इन्टरनेशनलका सञ्चालक दाजु भाइ विष्णु खत्रि र कृष्ण क्षेत्रि हालै पक्राउ परेका छन् । सर्वसाधारणको अर्बौ रुपैयाँ ठगि गरेको आरोप लागेका खत्रि दाजु भाइलाइ  महानगरिय प्रहरि अपराध महाशाखाको टोलिले नेपाल-भारतको सिमा क्षेत्र गड्डा चौकिबाट पक्राउ गरेको बताएको छ । विहान साढे ५ बजेतिर उनिहरु लुकेको स्थान बाट नै पक्राउ गरेको प्रहरिले बताएको छ ।

४७ वर्षका कृष्ण र ४२ वर्षका विष्णुको स्थाइ घर पवर्तको आर्थर डाँडाखर्क ३ हो। केहि समय अघि कृष्णले फेसबुकमा ललितपुरको भैसेपाटीमा आफ्नो भाइ विष्णुको हत्या भएको भनेर फोटो पोस्ट गरेका थिए । सो मरेको नाटक गरेर पछि प्रहरिले त्यसलाइ नै चुनौति मानेर प्रहरि निरिक्षक सुदिप पाठकको कमाण्डमा एक टोलि फिल्डमा खटाएको थियो । भारतिय प्रहरिको पनि समन्वयमा क्षेत्रि दाजुभाइलाइ प्रक्राउ गर्न सकिएको प्रहरिले बताएको छ। यसरि क्षेत्रि दाजुभाइ आफ्नै फन्दामा परेर पक्राउ परेका हुन ।

 Continue reading