थारुहरुको बेग्लै थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रेका कैलालिका थरुहट समर्थक प्रदर्शनकारि र प्रहरि बिच झडप हुदा सोमवार दिउँसो प्रहरी बरिष्ठ उपरिक्षक सहित नेपाल प्रहरीका पाँच जना, सशस्त्रका दुइ जना र एक बालक सहित ८ जनाको मृत्यु भएको समाचार छ । यस अघि बढि शंख्यामा हताहत भएको खबर आए अरु मृतकको बिबरण प्राप्त अन्भाए पछि सच्याएर ८ जनाको मृत्युको खबर आएको हो। आन्दोलनकारिहरु तर्फ भएका हताहत र क्षतिको कुनै बिवरण प्राप्त हुन सकेको छैन।
सो घटना सोमबार दिउसो अढाइ बजे तिर कैलालिको पुर्वि भेगमा पर्ने टिकापुर नगरपालिका-२ मनुवा गाउं नजिकै भएको थियो।
सो घटनामा परि मृत्यु हुने हुनेहरुमा:
- सेति अंचल प्रहरि प्रमुख एसएसपि लक्ष्मण न्यौपाने
- प्रहरी निरिक्षक बलराम विष्ट
- प्रहरी निरिक्षक केशव बोहरा
- प्रहरी हवल्दार लक्ष्मण खडका
- प्रहरी जवान लोकेन्द्र चन्द
- सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद
- सशस्त्र प्रहरी जवान रामविहारी चौधरी
- २ बर्षिय बालक टेकबहादुर साउद (सशस्त्र प्रहरी हवल्दारका छोरा)