नेपालमा आजकाल बौद्धिक चोरिको बिगबिगि ह्वात्तै बढेको छ । यस्तो कुरामा सरकारि सुस्तता र दण्डहिनताको फाइदा उठाउँदै मेहनत गर्नु को साटो अरुको रचनालाइ हुबहु चोरि गर्ने कार्य सबै क्षेत्रमा ब्याप्त देखिएको छ । हामीले तिन बर्ष अघि उठाएको कुरा – बैंकको लोगो चोरिको प्रसंग थियो भने लामो समय देखि उठाउँदै आएको फिल्मका पोस्टर चोरिको प्रसंगले यस्तो चोरिमा कुनै पनि असर गरेको छैन ।
आज यहाँ निम्न बिषयमा छलफल गरिने छ:
- फिल्म पोस्टर, कथा, सिन
- किताब कभर – सामाग्रि
- बिजनेस लोगो – ब्याँक, पत्रिका
- रिसर्च पेपर (टियु उपकुलपतिसम्मले)
- पत्रिका इन्टरनेट लेखहरु
फिल्म पोस्टर, कथा, सिन
नेपालि फिल्मका कथा र कतिपय सिन हरु हिन्दि वा अरु बिदेशि फिल्मबाट चोरिएका पाइन्छन । अहिले हलमा राम्रै ब्यापार गरिरहेको सिनेमा ‘भैरव’को ट्रेलरको डाइलग नै एक दक्षिण भारतिय फिल्मबाट चोरिएको पाइएको थियो । ट्रेलरमा नै चोरिको सामाग्रि राख्ने फिल्म भित्र के पो मौलिकता छ होला?