एकनेपा माओवादिका नेता एबं पुर्ब-प्रधानमन्त्रि बाबुराम भट्टराईले एकनेपा माओवादि पार्र्टि परित्याग गरेको बताएका छन । उनले शनिबार दिउँसो राजधानिमा एक पत्रकार सम्मेलन आयोजना गरेर एमाओवादि परित्यागको घोषणा गरेका हुन्। सो कार्यक्रममा उनले एमाओवादि अध्यक्ष पुष्पकमल दहाललाइ प्रचण्डलाइ पनि पार्टि परित्यागको जानकारि दिएको र संसद पद पनि छाडेकाे राजिनामा पत्र सभामुख सुवास नेम्वाङलाइ दिएको बताएका थिए।
उनको पार्टि परित्यागको बारेमा भिडियो रिपोर्ट:
जानकारहरुका अनुसार बाबुरामको पर्टि परित्याग गर्ने र नयाँ पर्टि निर्माण गर्ने योजना पछिल्ला दुइ दिनको राजनितिक घटनाक्रमले बनाएको हो । प्रचण्ड निवास लाजिम्पाटमा बिहिबार बसेको पदाधिकारि बैठकमा असोज १० गते केन्द्रिय समितिको बैठक डाक्ने निर्णय गरे पछि बिदा भएका बाबुरामको निर्णय बाट सबै आश्चर्य चकित परेको खबर छ । पत्रकार सम्मेलनको केहि समय अघि मात्र पार्टि परित्याग गरेको खबर पठाउएको माओबादि पार्टि श्रोतले बताएको छ । संविधान निर्माण पछि बाबुरामका अभिव्यक्ति आपत्तिजनक भएको भनेर पार्टि भित्र नै उनको आलोचना पनि भएको थियो।