बल्ल श्वेता खड्काको अनुहारमा चमक देखिन थाल्यो

श्रिकृष्ण श्रेष्ठको निधनको डेढ वर्ष पछि बल्ल अभिनेत्री श्वेता खड्काको अनुहारमा मुस्कान देखिन थालेको छ ।

जस्तो सुकै दुख परे पनि सहेर बिर्सनुको बिकल्प छैन ।  बिवाह गरेको एक महिनामा नै श्रिमान गुमाएकि अभिनेत्री श्वेता खड्काले आफ्नो पति स्व. अभिनेता श्रिकृष्ण श्रेष्ठको  बियोगमा लामो समय गुप्तबास बसिन । गत बर्ष साउनमा श्रेष्ठको अकल्पनिय निधन भए पछि करिव छ महिनासम्म सम्हालिन नसकेकि स्वेता बिस्तारै सामान्य हुने प्रयास गर्न थालेको भए पनि उनको  अनुहारमा चमक आउन भने एक बर्षभन्दा पनि बढी समय लाग्यो ।

भिडियो रिपोर्ट:

निधनको बार्षिकिमा स्वेताले फिल्म क्षेत्रमा फर्किने पनि बताएकि थिइन (हेर्नुस भिडियो)

विवाह पश्चात हनिमुनको लागि पतिसँगै भारत पुगेकि श्वेता घर फर्किंदा भने एक्लै फर्किनु परेको असह्य पिडालाइ भुल्न उनले नेपाल लगायत अमेरिकामा पनि बिभिन्न उपचार गर्नु परेको थियो ।  अब भने श्वेताले पिडा भुल्ने उनको प्रयासमा सफलता पाउन थालेको महशुस हुन थालेको छ । उनले पछिल्लो समय सामाजिक सञ्जालमा पोष्ट गर्दै आएका तश्विरहरुलाइ हेर्दा पिडा भुलेर पहिलेको जस्तै सामान्य हुने प्रयासमा सफलता पाउन थालेको भान हुन्छ। केहि महिना पहिलेसम्म पनि सामाजिक सन्जालमा पिडा र बिरहका शब्द तथा फोटो पोष्ट गर्ने श्वेताले आजकाल भने केहि खुसीका पलहरु पनि सार्वजनिक गर्न थालेकी छिन् ।

 Continue reading

सन्नी लियोनीले नेपाल आएर के-के गरिन ?

बलिउड अभिनेत्रि सन्नि लियोनि यहि शनिवार बेलुका आफ्ना पति डेनियल वेभरका साथ काठमाडौं आएर एक क्यासिनोमा नृत्य गरेकि थिइन भने अन्य औपचारिक कार्यक्रमा उपस्थित भएको खबर छैन । काठमाडौं स्थित क्यासिनो मजोङमा उनले बलिउडका आइटम गितमा बोल्ड डान्स प्रस्तुत गरेकि थिइन (सो कार्यक्रमका फोटोहरु अंग्रेजि ब्लगमा) ।

उनि ब्रान्ड एम्बेसडर रहेको जिङ्क भोड्काले सन्नीलाई काठमाडौं ल्याएको थियो ।  यस अघि अनुमान गरेको जस्तो सन्निले भोडकाको प्रचार प्रसार नगरि भारत फर्केकि छिन् ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=TuKEPijV1X4

श्रोतहरुका अनुसार भारतिया नाकाबन्दि र त्यसको प्रभावका कारण पनि सन्निले पुर्वनिर्धारित कार्यक्रमहरुमा कटौति गर्नु परेको थियो । यस अघि सन्निले एक फेसन सो मा भाग लिने र जिंग भोडकाको औपचारिक लंच गर्ने कार्यक्रम पनि थियो । दशैं तिहार देखि नै भारतिय नाकाबन्दि का कारण तेल, औषधि र खाना पकाउने ग्यास को आयात बन्द गरेको बेलमा भारतकि अभिनेत्रिले रक्सि को लंच गर्नु हास्यास्पद र प्रत्युत्पादक हुने आशंकाले पनि ति कार्यक्रम हरु क्यान्सिल गरिएको हुन सक्ने सम्भावना देखिन्छ । पुर्वनिर्धारित कार्यक्रमहरुमा कटौति गरेर होला, उनको नेपाल भ्रमण छोटो र खल्लो भएको उनका फ्यानहरुले प्रतिक्रिया दिएका छन् |

 Continue reading

सन्नि लियोनि नेपाल भ्रमणमा, भारतले अत्याबस्यक तेल र औषधि रोकेको बेलामा रक्सि लंच गर्ने सम्भावना

विश्वब्यापी फ्यान भएकी पुर्व पोर्न स्टार तथा वलिउड कि चर्चित अभिनेत्रि सन्नि लियोनिले यहि शनिवार साँझ नेपाल आएकी छिन् । आफ्ना पति डेनियलसँगै आएकि  सन्निको यो दोश्रो नेपाल भ्रमण हो ।

सन्निको नेपाल भ्रमणको उद्धेश्य आधिकारिक रुपमा नखुलाइए पनि उनले एक भारतिय रक्सिको ब्रान्ड नेपालमा लंच गर्ने सम्भावना रहेको छ  । हल्ला चले अनुसार सन्नि शुक्रबारनै आएर एक फेशन ईभेन्टमा भाग लिने भनिए पनि उनि कार्यक्रम सकिए पछि मात्र नेपाल आइपुगेकि हुन।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=LLFDAAfchcg

सन्निले शनिबार बिहान नेपाल जान लागेको कुरा टुईटर मार्फत सार्वजनिक गरेकि थिईन् । सन्निले नेपाल आफ्नो लागि विश्वकै मनपर्ने ठाउँ मध्येको एक भएको बताउँदै नेपाल जान उत्साहित भएको समेत उल्लेख गरेकी थिईन ।

 Continue reading

रेखा थापा विरुद्ध ठगीको उजुरी, रेखा भन्छिन बदनाम गर्ने षडयन्त्र

अग्रिम पैसा लिएर कार्यक्रममा नआएको आरोप

कार्यक्रममा उपस्थित हुन राजि भएर अग्रिम पैसा समेत लिए पनि कार्यक्रममा भने नआएको भन्दै अभिनेत्री रेखा थापा विरुद्ध ठगीको उजुरी परेको छ । खोटांगको सगरमाथा जनसेवा समाज अर्खौले आयोजना गरेको एक सांस्कृतिक कार्यक्रममा रेखा थापा आउने निश्चित गरेर सोहि अनुरुप तयारि भए पनि उनि सो कार्यक्रममा उपस्थित नै नभएको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी गरेको हो ।

भिडियो रिपोर्ट:

गत कात्तिक २१ गते खोटाङ सदरमुकाम दिक्तेलमा “नमस्ते खोटाङ” सांगीतिक कार्यक्रममा सम्पन्न भएको थियो । सो कार्यक्रममा अभिनेत्रि थापा पनि अतिथि हुने कार्यक्रम थियो र सो बापत आयोजकले एक लाख रुपैयाँ अग्रिम दिएका हुन । तर, रेखाले पैसा बुझेपनि कार्यक्रममा भने नआएको र बारम्बार सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआए पछि उनि बिरुद्ध उजुरी गर्नु परेको आयोजक संस्थाले जनाएको छ । कार्यक्रमको अगाबै रेखाले एक बिग्यापन भिडियो मार्फत पनि  आफु सो कार्यक्रममा उपस्थित हुने बताउँदै सबैलाइ आउन निम्तो पनि दिएकि थिइन ।

rekha thapa in rampyari

आयोजक संस्थाले उपलब्ध गराएको एक निक्षेप जम्मा रसिद अनुसार सिदार्थ बैंकको कमलादि काठमाडौं शाखामा कात्तिक २० गते अभिनेत्री थापाको खातामा रकम जम्मा गरिएको थियो । उनले कार्यक्रम सुरु हुने समय सम्ममा आउँछु भने पनि अन्तिम समय मा भने रेखा सम्पर्क बिहिन भएको आरोप लगाइएको छ । कार्यक्रममा नआएकि रेखाले अहिलेसम्म पनि रकम फिर्ता नगरेपछि उजुरि गर्नु परेको समाजका अध्यक्ष प्रकाश पुरीले बताउनुभयो ।

 Continue reading

नेपालको सुन्दरता देखाएर भारतको बखान, मिस अर्थ इन्डिया आइतल खोसलाको बदमासि

मिस अर्थमा भाग लिइ रहेकि मिस अर्थ इण्डिया आइतल खोसलाले आफ्नो प्रमोसन भिडियोमा नेपालका द्र्श्यहरु देखाएर भारतको सुन्दरताको बखान गरेकि छिन । नेपालका हिमाल, पहाड र सडकका दृश्य समेटिएको सो भिडियोलाइ पहिले हेराइमा नै यो भारत नभएर नेपाल भएको प्रष्ट हुन्छ । एक दृश्यमा, नेपालको ट्राफिक प्रहरि, सडकमा नेपालि नम्बर प्लेट भएका गाडि र नेपालि साइनबोर्ड प्रष्ट देखिएको छ ।

भिडियो रिपोर्ट:

सो भिडियोमा राखिएका नेपालाका भिडियो क्लिप पनि खोसलाले स्वयं खिचेको नभइ अनलाइनमा फेला परेको भिडियो प्रयोग गरेको पुष्टि भएको छ । सो भिडियो टेटन ग्र्याभिडि रिसर्चका एरियल सिनेमा एक्स्पर्टले बनाएको र करिव नौ महिना पहिले भिमियो भिडियो होस्टिंग साइटमा अपलोड गरेको पत्ता लागेको छ । काठमान्डुबाट हेलिकप्टरमा उडेर खिचिएको सो भिडियोमा सगरमाथा, आमा दबलम र लोत्सेको भिडियो पनि समावेश गरिएको छ ।

मिस अर्थको अफिसियल च्यानलमा अपलोड गरिएको खोसलाको सो भिडियोमा कसैलाइ क्रेडिट दिइएको छैन र ब्याकग्राउन्डमा खोसलाले भारतको सुन्दरता र बातावरण बचाउको चुनौतिको बारेमा चर्चा गर्दै गर्दा काठामाण्डुको सडक देखाइएको छ ।

सो भिडियो को बिरोधमा फेसबुकमा, युट्युबमा र अन्य अनलाइन प्लेटफर्ममा बिरोध शुरु भए पछि मिस अर्थले अहिले सो भिडियोलाइ मेटाइ सकेको भए पनि अन्य विभिन्न व्यक्तिहरुले त्यो भिडियो अपलोड गरेको हुनाले हेरेर भारतिय सुन्दरिको बदमासिको बारेमा थाहा पाउन सकिन्छ ।

यो बर्ष मिस अर्थमा नेपालको तर्फबाट दिब्यता बैध्यले भाग लिएकि छिन । दिब्यताको प्रमोसन भिडियो होम स्टे भिलेज कम्युनिटिको कथा लाइ आधार बनाएर तयार गरिएको छ।

भिडियो हेर्नुहोस:

निखिल उप्रेति इन्काउन्टर अफिसर बन्दै

लामो समय पछि नेपालि चलचित्रमा फर्केर ‘भैरब’मार्फत फेरि जमेका एक्सन अभिनेता निखिल उप्रेतीको को दोश्रो कमब्याक फिल्म “लुटेरा” पनि सफल नै भएको छ । अब, निखिल अर्को चलचित्र ‘इन्काउन्टर अफिसर’ मा प्रहरिको रुपमा एक्सन भुमिकामा देखिने भएका छन् ।  केहि हप्ता पहिले कोटेश्वरलको महादेबस्थान मन्दिरमा प्रहरि निरिक्षक धर्मराज भण्डारिले क्ल्याप ठोकेर सो चलचित्रको शुभ मुर्हत गरेर  छाँयाकन पनि सुरु गरेका थिए ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=c1woJUX7XUU

अघि चलचित्र ‘कुर्बान’ र ‘संजोग’ फिल्महरु निर्देशन गरिसकेका निर्देशक बेद प्रसाद भुर्तेलले ‘इन्काउन्टर अफिसर’को निर्देशनको जिम्मा लिंदैछन् भने यसमा हर्क देउवाले लगानी गर्दैछन । सेवान्तिका फिल्मस र एभरेष्ट फिल्मसको संयुक्त ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा प्रतिक श्रेष्ठ सह-निर्माता रहेका छन । यो फिल्म फिल्म देशको बर्तमान अबस्थाको बारेमा लेखिएको  कथामा बन्दै गरेको बताइएको छ  ।

 Continue reading

नाकाबन्दीको फिर्ता गर्न र मधेशको समस्या सम्बोधन गर्न माग गर्दै कलाकारको र्यालि

अंग्रेजिमाNepali artists rally against Indian blockade and Terai protest

भारतले लगाएको नाकाबन्दी र मधेशवादी दलको आन्दोलनका कारण परेको समस्याको बिरोधमा कलाकारहरु पनि सडकमा निस्किएका छन् । ‘चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान’ को संयोजनमा मंगलवार राजधानीमा एक बृहत शान्ती र्याली गरियो । सो र्यालिमा नाकाबन्दी फिर्ता गर्न तथा वार्तामार्फत मधेश आन्दोलनको सम्बोधन गर्नको लागि सरकार र आन्दोलनकारी दलहरुलाइ पनि दवाब दिने उद्देश्यले सो न्जागरण र्याली निकालिएको हो ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=djle6c_Areo

सो र्यालिमा भाग लिने कलाकारहरुले आन्दोलन र नाकाबन्दीका कारण आमजनताले भोग्नुपरेको पीडा सहन नसकेर आफूहरु सडकमा ओर्लिएको बताएका छन् । उनीहरुले जनताको पीडाप्रति सारकार र आन्दोलनकारिहरुलाइ गम्भिर हुन आग्रह गरेका छन् । शान्तिबाटिकाबाट निस्किएको सो जागरण र्याली  भद्रकाली, सहिदगेट, सुन्धारा, बसन्तपुर, असन हुँदै जमल पुगेर सकिएको थियो।

 Continue reading

मिस ग्लोब इन्टरनेशनल नेपाल २०१५, यहि शनिवार, कस्ता छन् प्रतियोगि?

मंसिर दोस्रो साता राजधानीमा ‘मिस ग्लोब इन्टरनेशनल नेपाल २०१५’ प्रतियोगिता आयोजना गरिने भएको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा राष्ट्रिय नाचघरमा यहि मङ्सिर १२ गते शनिवार दिउसो ३:०० बजे आयोजना हुँदैछ । स्टार वन इन्टरटेनमेन्टले आयोजना गर्न लागेको यो प्रतियोगितामा प्रतियोगिहरुलाई बानेश्वरस्थित होटल रानि महलमा विभिन्न क्षेत्रका विज्ञहरुले प्रशिक्षण दिइरहेका छन् ।

१७ जना प्रतियोगिहरुको को बारेमा फोटो स्लाइड शो :

https://www.youtube.com/watch?v=X7iadCfCwpw

अश्वीनी झाको कोरियोग्राफीमा हुने प्रतियोगिताका प्रतियोगितहरुलाई मास फेसिङ, ग्रुमिङ, फेशन कोरियोग्राफि, डान्स, मेकअप, लिडरसिप, पर्सनालिटी डेभलप्मेंट लगायातका विषयमा २५ दिने प्रशिक्षण दिइएको छ ।

 Continue reading

निर्मात्रिको रुपमा हिरोइनहरु कति सफल कति असफल ?

अभिनेत्री पूजना प्रधान निर्माण गरेको फिल्म ‘चलकेट’ मंसिर १८ गतेबाट रिलिज हुँदै छ । हट छवि बनाएकि अभिनेत्रि पुजनाले यहि फिल्म मार्फत निर्मात्री बनेकि हुन । तेस्तै अर्कि अभिनेत्रि, करिश्मा मानन्धरको फिल्म “फागु” पनि चाँडै रिलिज हुंदै छ । अभिनेत्रिहरु निर्मात्रि बन्नु कुनै नयाँ कुरा भने होइन । धेरै अभिनेत्रिहरुले फिल्म निर्माण गरेका छन् तर, फिल्म निर्माण गरेर सफल हुने अभिनेत्रिहरु भने धेरै कम छन । आज म को को अभिनेत्रिहरु फिल्म निर्माणमा सफल भएका छन भनेर चर्चा गर्दैछु ।

सफल निर्मात्रिहरुको नाम लिंदा अभिनेत्रि रेखा थापा र झरना थापा को नाम सबै भन्दा पहिला आँउछ भने अन्य अभिनेत्रिहरु भने प्राय: असफल नै भएका छन् ।

भिडियो रिपोर्ट :

रेखा थापा

रेखा थापाको नाममा रेखा फिल्म्स दर्ता गरेर् उनका पुर्वपति छबिराज ओझाले धेरै सफल चलचित्र निर्माण गरेका थिए । छबि र रेखा छुट्टिए पछि सो ब्यानर रेखाले लगिन र “कालि”, “हिम्मतवालि” जस्ता सफल फिल्म निर्माण गरिन । तेसैले रेखालाइ सफल निर्मात्रि भन्न सकिन्छ ।

rekha thapa films

rekha thapa in rampyari

झरना थापा

झरना थापाका श्रिमान सुनिल कुमार थापा पनि सफल निर्माताको रुपमा परिचित छन् । उनको पहिलो फिल्म “धर्म संकट” को सफलता पछि निर्माण भएका “गोर्खालि”, “ए मेरो हजुर” र “तकदिर” सफल फिल्म भए । उनको फिल्म “फेसबुक” भने त्यति सफल हुन सकेको थिएन।

jharana thapa films  Continue reading

८ नेपालि अभिनेत्रिका सफल हुन नसकेका प्रेम संबन्धहरु

सेलिब्रेटीहरुको प्रेमको चर्चा अलि बढि नै हुने गर्छ तर त्यसमा पनि अभिनेत्रीहरुको प्रेमको चर्चा भने अन्य सेलिब्रेटीको पनि बढि नै हुने गर्छ । तेस्तै बाहिर देखिंदा त उनिहरुका लागि लव अफेयर अनि ब्रेकअप पनि सामान्य नै भएको जस्तो देखिन्छ । आज म केहि नेपालि अभिनेत्रीहरुका असफल प्रेमका बारेमा चर्चा गर्दैछु । जसमध्ये कोहिले विवाह गरिसकेका छन् भने केहि प्रेम सम्बन्धमा छन् ।

भिडियो रिपोर्ट तयार हुँदै छ :

निशा अधिकारी

अन्य अभिनेत्रीहरु भन्दा फरक सोच र फरक काम गरेर आफुलाई चिनाउन रुचाउने अभिनेत्रि निशा अधिकारि बिश्वको उच्च शिखर सगरमाथाको आरोहण गर्ने पहिलो अभिनेत्रि हुन । हालै अफ्रिकाको उच्च शिखर कालिमान्जरोको आरोहण गरेर फर्केकि निशाले आफ्नो कपाल खौरेर पनि सबैलाइ अचम्मित पारेकि छिन ।

 Continue reading