तितो सत्यको पुर्ण बिराम, जिरे खुर्सानि र मेरि बास्सै पनि बन्द हुने सम्भावना

नेपाल टेलिभिजनबाट बिगत १२ वर्षदेखि निरन्तर रुपम प्रसारण हुँदै आएको नेपालि हास्यव्यंग टेलिश्रृंखला ‘तितो सत्य’ अब औपचारिक रुपमा नै बन्द भएको छ । ‘तीतो सत्य’का निर्माता, निर्देशक एवं मुख्य कलाकार दीपकराज गिरिले सो कुराको जानकारि आफ्नो फेसबुक मार्फत् दिएका हुन । उनि लेख्छन, ‘६ सय भागसम्म निरन्तर प्रसारण भइरहेको नेपालकै सबैभन्दा लामो हास्य धाराबाहिक ‘तीतो सत्य’ अब नेपाल टेलिभिजनमा प्रसारण हुने छैन,’।

भिडियो रिपोर्ट:

दिपकले नयाँ विषयबस्तुको अभाव र विभिन्न प्रकारका बाधाहरुका कारण उक्त टेलिश्रिखलाले दर्शकहरुको चाहनालाई सम्बोधन गर्न नसकेको स्वीकार गर्दै  थप्छन, ‘जबरजस्ती कार्यक्रमलाई टिकाइरहनु भन्दा पछाडि हट्नु नै उपयुक्त ठानी यो १२ वर्षे यात्रालाई पूर्णविराम दिने निर्णय गरेका छौं ।’ दिपकले पोष्ट गरेको सो भनाइलाइ ‘तितो सत्य’ कि सहायक निर्देशक र सहयात्रि दिपाश्रि निरौलाले पनि समर्थन गर्दै ‘तितो सत्य भित्रको मिठो सत्य’ भनेर टिप्पणि गरेकि छिन् ।

सुन्नमा आए अनुसार चरम आर्थिक संकटबाट गुज्रिनु परेका कारण कलाकार तथा प्राविधिकहरुलाई समयमा पारिश्रमिक दिन नसक्दा सो सिरियल बन्द भएको हो ।

लामो समयदेखि ‘तीतो सत्य’ सहित मिडिया हबबाट प्रसारित अन्य हास्य टेलिसिरियल कलाकारले पारिश्रमिक नपाएको गुनासो गर्दै आएका थिए । दीपकले अबको विश्रामलाई नयाँ कामका लागि गरिएको शक्ति संचयका रुपमा व्याख्या गरेका छन् । त्यसो त उक्त टिमले पछिल्लो समय ‘छ एकान छ’ र ‘वडा नम्बर छ’ गरी दुई फिल्म निर्माण गरिसकेको छ र ति दुवै चलचित्रले राम्रो ब्यापार पनि गर्न सफल भएका थिए।

‘भविष्यमा पनि फेरि नयाँ सोचका साथ हास्य धाराबाहिक तथा फिल्म निर्माणलाई निरन्तरता दिने नै छौं,’ दीपकले लेखेका छन् ।

 Continue reading