तिर्सना बुढाथोकि अनलाइन मिडिया बिरुद्ध प्रहरिकोमा पुगिन

मोडल तिर्सना बुढाथोकीले केहि अनलाइन पत्रिकाहरुले  झुठो अन्तरवार्ता प्रकाशित गरेको भनेर प्रहरिमा उजुरि दिएकि छिन । तिर्सनाले सो उजुरिको फोटो फेसबुकमा अपलोड गर्दै उनको बारेमा “अनावश्यक, अश्लिल समाचार तथा अन्तरबार्ता प्रकाशित नगर्नुहुन सबैमा अनुरोध” गरेकि छिन । महानगरिय अपराध महाशाखा काठमाण्डौंलाइ सम्बोधन गरिएको सो निबेदनमा एक टिकट टाँसिएको छ भने निबेदकको नाम र मिति भने देखिएको छैन। प्रहरि कार्यालयमा पेश गरेको वा दर्ता भएको पनि कुनै प्रमाण देखिंदैन।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=52DoGiI6Je0

सो पत्रका अनुसार उनका अन्तरवार्ता भनेर उनिसंग कुनै खवर वा कुराकानि नै नगरि अश्लिल शब्दहरु प्रयोग गरि प्रकाशन गरेको आरोप लगाइएका छन । उनले ति ब्यक्तिहरुलाइ पत्ता लागाइ पक्राउ गरि आबश्यक कारबाहि गर्न अनुरोध पनि गरेकि छिन । उनले ति प्रकाशकहरुसंग सम्पर्क गर्न नसकेको र सो कुराले उनको इज्जतमा बाधा अबरोध पुर्याउनुको साथै मानसिक यातना पनि भएको उल्लेख गरेकि छिन ।

 Continue reading