निखिल उप्रेति इन्काउन्टर अफिसर बन्दै

लामो समय पछि नेपालि चलचित्रमा फर्केर ‘भैरब’मार्फत फेरि जमेका एक्सन अभिनेता निखिल उप्रेतीको को दोश्रो कमब्याक फिल्म “लुटेरा” पनि सफल नै भएको छ । अब, निखिल अर्को चलचित्र ‘इन्काउन्टर अफिसर’ मा प्रहरिको रुपमा एक्सन भुमिकामा देखिने भएका छन् ।  केहि हप्ता पहिले कोटेश्वरलको महादेबस्थान मन्दिरमा प्रहरि निरिक्षक धर्मराज भण्डारिले क्ल्याप ठोकेर सो चलचित्रको शुभ मुर्हत गरेर  छाँयाकन पनि सुरु गरेका थिए ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=c1woJUX7XUU

अघि चलचित्र ‘कुर्बान’ र ‘संजोग’ फिल्महरु निर्देशन गरिसकेका निर्देशक बेद प्रसाद भुर्तेलले ‘इन्काउन्टर अफिसर’को निर्देशनको जिम्मा लिंदैछन् भने यसमा हर्क देउवाले लगानी गर्दैछन । सेवान्तिका फिल्मस र एभरेष्ट फिल्मसको संयुक्त ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा प्रतिक श्रेष्ठ सह-निर्माता रहेका छन । यो फिल्म फिल्म देशको बर्तमान अबस्थाको बारेमा लेखिएको  कथामा बन्दै गरेको बताइएको छ  ।

 Continue reading

नाकाबन्दीको फिर्ता गर्न र मधेशको समस्या सम्बोधन गर्न माग गर्दै कलाकारको र्यालि

अंग्रेजिमाNepali artists rally against Indian blockade and Terai protest

भारतले लगाएको नाकाबन्दी र मधेशवादी दलको आन्दोलनका कारण परेको समस्याको बिरोधमा कलाकारहरु पनि सडकमा निस्किएका छन् । ‘चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान’ को संयोजनमा मंगलवार राजधानीमा एक बृहत शान्ती र्याली गरियो । सो र्यालिमा नाकाबन्दी फिर्ता गर्न तथा वार्तामार्फत मधेश आन्दोलनको सम्बोधन गर्नको लागि सरकार र आन्दोलनकारी दलहरुलाइ पनि दवाब दिने उद्देश्यले सो न्जागरण र्याली निकालिएको हो ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=djle6c_Areo

सो र्यालिमा भाग लिने कलाकारहरुले आन्दोलन र नाकाबन्दीका कारण आमजनताले भोग्नुपरेको पीडा सहन नसकेर आफूहरु सडकमा ओर्लिएको बताएका छन् । उनीहरुले जनताको पीडाप्रति सारकार र आन्दोलनकारिहरुलाइ गम्भिर हुन आग्रह गरेका छन् । शान्तिबाटिकाबाट निस्किएको सो जागरण र्याली  भद्रकाली, सहिदगेट, सुन्धारा, बसन्तपुर, असन हुँदै जमल पुगेर सकिएको थियो।

 Continue reading