अनमोल केसिको श्रृष्टि श्रेष्ठसँग रोमान्स शुरू, फिल्म गाजलुमा

भारतिय नाकाबन्दि र त्यसको कारणले उत्पन्न भएको इन्धन अभावका कारण धेरै नेपालि फिल्महरुको छायाँकन प्रभावित भईरहेको भए पनि नयाँ फिल्म ‘गाजलु’ को शुटिंग भने यस्तो बिषम परिश्थितिमा नै शुरु भएको छ । नेपालि फिल्म क्षेत्रमा चकलेटि अभिनेताको रुपमा परिचित अनमोल केसि र मिस नेपाल २०१२ श्रृष्टि श्रेष्ठको रोमान्स पस्किने यो फिल्मको शुटिंग ४५ दिनमा सक्ने लक्ष राखिएको छ ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=OVXT9HIGy3U

काठमाडौं स्थित मैतिदेवीमा पहिलो दृश्य छायाँकन गरिएको यो फिल्ममा काठमाडौंका साथै भक्तपुर तथा दामनका दृश्यहरु समावेश हुने छन्।रोहित अधिकारीको लगानीमा बन्न लागेको यो प्रेम कथा फिल्मलाइ यस अघि पनि अनमोललाइ लिएर बनाइएका हिट फिल्महरु “जेरि” र “होस्टेल” फिल्मका निर्देशक हेमराज बिसीले नै निर्देशन गर्दैछन ।

 Continue reading