मैले सानै देखि “केटाकेटिको जाडो बाख्राले खान्छ” भनेर सुन्दै आएको थिएँ । हुन पनि केटाकेटि बेलामा बाख्राले बिनासित्ति चपाइ रहेको देख्दा जाडो नै खाइ रहेको होला जस्तो लाग्थ्यो । तर, केटाकेटि बेलामा पनि मेरो जाडो चै बाख्राले खाँदै खाएनन ! यो प्रसंग, पुसको जाडोमा र काठमाडौंमा डिसिने अवार्ड वितरण को हो ।
भिडियो रिपोर्ट:
अघिल्लो हप्ता भएको डि सिने अवार्डमा अन्य सिने कार्यक्रममा जस्तै नेपाली अभिनेत्रिहरु फेसनदार पहिरनमा उपस्थित भएका थिए । करिश्मा मानन्धर, निता ढुंगाना, नम्रता सापकोटा, माला लिम्बु आदि हिरोइनहरु सो कार्यक्रमका आकर्षण बनेका थिए ।यि अभिनेत्रिहरुमा दिपा श्रि निरौला भने पुरुष भेषमा प्रस्तुत भएकि थिइन, स्टेजमा। धेरै अभिनेत्रिहरु जाडोको परवाह नगरि अंग प्रदर्शन गर्दै कार्यक्रममा उपस्थित भए पछि कार्यक्रमका संचालक मध्येका एक दिपक राजा गिरिले प्रश्न गरेका थिए “बालबालिकाको जाडो त बाख्राले खान्छ, नायिकाहरुको जाडो चै के ले खान्छ होला ?” भन्ने प्रश्न गरेका थिए भने जितु नेपालको उत्तर थियो – ‘के ले खानुनी, जसले खान्छ उसैलाई थाहा होला ।’