क्रिकेट खेलको कथामा बनेको फिल्म “च्याम्पियम”को प्रमो र गित नेपालि क्रिकेट टिमका क्याप्टेन पारस खडकाले सार्बजनिक गरेका छन् ।
भिडियो रिपोर्टको शारांश:
- फिल्म “च्याम्पियम” क्रिकेट खेलको कथामा बनेको छ
- फागुन १४ गते रिलिज गरिने
- बि बि फुयाल फिल्मका कार्यकारि निर्माता र निर्देशक
- आर डि मिडिया हाउसको ब्यानरमा बनेको फिल्ममा टंक बुढाथोकिको संगित र पवन गौतमको छायाँकन
- दिक्पाल कार्कि, मन्जिता केसि, जे.एन. घिमिरे, जगत टमटा, शारदा आचार्य, रगिस फुँयाल, ऋतिक रोशन घिमिरे, अक्कि शर्मा, कृष्ण कोइराला, अरुण खड्का आदिको मुख्य भुमिका
भिडियोमा उल्लेख नभएका थप जानकारि:
- “च्याम्पियम”मा यस अघि निखिल उप्रेति र संचिता लुइँटेल खेल्ने खवर सार्बजनिक भएको थियो ।
- शुटिंग शुरु हुने बेलामा निखिलको फिल्म “भैरव” रिलिजका कारण उनि ब्यस्त हुँदा उनको सट्टा दिक्पाल कार्किले अवसर पाएका थिए । (लिंकहरु अंग्रेजि ब्लगको समाचारका हुन)
- समाचारमा ‘ब्यस्त भएको’ भनिए पनि निखिललाइ क्रिकेट खेलाडिको रोल गर्न गाह्रो लागेको पनि खवर आएको थियो ।
- यो फिल्ममा नेपालि क्रिकेट टिमका केहि खेलाडि पनि देखिने छन ।
- दिक्पाल कार्कि यस अघि “रंग बैजनि” फिल्म मा देखिएका थिए भने अभिनेत्रि मन्जिता केसिको यो नै पहिलो फिल्म हो ।