हिमानिलाइ "को केटी हो यो?" भनिन पारसकि प्रेमिका कन्निकाले

नेपालका पुर्वयुवराज पारस शाह थाइल्याण्डबाट नेपाल फर्केर यतै बसोबास गर्न थाले पछि आजकाल उनकि थाइ प्रेमिका कन्निका चाइसानले उनको बारेमा फेसबुकमा विभिन्न अभिव्यक्ति दिन थालेकि छिन  । उनका यस्ता अभिव्यक्तिहरु चर्चित हुने प्रयासमात्र भएको पनि शंका गरिएको छ ।

यहि फेब्रुअरि २४ तारिख बुधबार कन्निका चाइसानले पारस पत्नि  हिमानिको फोटो अपलोड गरेर उनको विरुद्ध रिस पोख्दै फेसबुकमा एक स्ट्याटस लेखेकि छिन । कन्निकाले सो स्तेटस भने लेखेको केहि समयमा नै मेटेको भए पनि मेट्नु भन्दा पहिले नै नयाँ पत्रिका दैनिकले स्क्रिनशट लिएको थियो (सो फोटो यो पोस्टको अन्तिममा राखिएको छ)।

भिडियो रिपोर्ट:


कन्निकाले यस अघि उनको ८ बर्षे छोरा युनिभर्सले पारसलाइ सम्झने बताउदै नेपाल जाने इच्छा गरेको भनेर लेखेकि थिइन् । कन्निकाको रिस सोहि बिषयमा भएको हुन सक्ने सम्भावना भए पनि उनले भने सो बारेमा केहि बोलेकि छैनन् ।

 Continue reading

प्रचण्ड बाबुराम विरुद्ध जाइलाग्नुका ३ कारण

हालै नेकपा माओवादिका अध्यक्ष प्रचण्डले पुर्वमाओवादि एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराइलाइ देशद्रोहि, बुद्धि नभएको, करिश्मासित पोइल गएको आदि अनेक आरोप लगाएका थिए । गत दशैँताका पार्टि छोडेका बाबुरामले हालै नयाँ पार्टि गठन प्रक्रिया शुरु गरेपछि प्रचण्डका यि भनाइहरु आएका हुन  । प्रचण्डले यसरि रिस देखाउनुका कारणहरु के होलान भनेर विश्लेषण निम्न भिडियो रिपोर्टमा गरिएको छ :

प्रचण्डले भट्टराइसँग बिगत ३० बर्षदेखि राजनितिक सहयात्रा गरेका थिए । पार्टि केहि समय अघि भन्दा कमजोर भएको बेलामा एक्कासि पार्टि छोडेकोमा  प्रचण्डलाइ रिस उठ्नु स्वाभाविक नै भए पनि उनको रिसका मुख्य कारण चाहि पार्टि कार्यकर्ता पलायन हो भन्ने बुझ्न सकिन्छ।

baburam stealing party workers

बाबुराम बुढेसकालमा पोइला गए, देशद्रोह गरे रे, प्रचण्डले भनेको

बाबुराम भट्टराइले एकिकृत माओवादि पार्टि छोडेको रिस प्रचण्डले विभिन्न उपमाहरु दिएर पोखेका छन यहि सोमवार भएको पार्टिको काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेलामा । प्रचण्डको सम्बोधनमा समावेस केहि मुद्दाहरु निम्न छन् :

  • बाबुराम भट्टराइले गठन गर्न लागेको नयाँ शक्ति पार्टिमा करिश्मालाइ समावेश गरेको कुरालाइ उनले प्रचण्डले करिश्मालाइ मनपराउने भनेर हल्ला चलाएको पुरानो कुरासंग जोडेर चर्चा गरे
  • उनले “यत्रो पढेको मान्छेको बुद्धि अहिले आएर के भएको होला?” भनेर प्रश्न पनि गरे
  • बाबुरामले कम्युनिष्ट सिद्धान्तलाइ छोडेकोमा दुख ब्यक्त गरे
  • उनले भने “कम्युनिस्टहरुलाई यसरी एकताबद्ध गर्दै जानुपर्छ कि बाबुरामलाई पनि ‘ओहो, गल्ती भएछ’ भन्ने लागोस्।”

 Continue reading

अहिलेकै अवस्था रहे १० वर्षपछि सरकारले कर्मचारीलाइ पेन्सन खुवाउन नसक्ने

अहिले पेन्सन लिइ रहेका पुर्व कर्मचारिहरुलाइ पेन्सन खुवाउन खर्चिलो भएको भन्दै पेन्सन दिने प्रक्रिया परिवर्तन गर्न एक प्रतिवेदनले सुझाव दिएको छ ।  सामान्य प्रशासनमन्त्रि रेखा शर्माले सो प्रतिवेदन अध्ययन गरिरहेको र पेन्सन दिन संकट आउन नदिन कार्यदलको प्रतिवेदनलाइ कार्यान्वयन गर्ने पनि बताएकि छिन ।

सो प्रतिवेदनमा यदि सरकारले पेन्सन दिने प्रक्रिया परिवर्तन नगरेमा अबको १० बर्षमा यो खर्च सरकारले धान्नै नसक्ने गरेर बढ्ने उल्लेख गरिएको छ । भिडियो रिपोर्ट:

 Continue reading

विश्वशान्तिको सन्देश दिन मानवनिर्मित बुद्ध आकृति बनाइयो

यहि शनिवार टुडिखेलमा विश्वशान्तिको सन्देश दिनको लागि भनेर करिव १० हजार मानिसहरु जम्मा भएका थिए संसारकै सबैभन्दा ठुलो मानव झुण्डनिर्मित बुद्धको चित्र बनाउनको लागि ।

बिशाल बुद्ध आकृति निर्माणका केहि झलकहरु निम्न भिडियोमा दिइएको छ:

यो बुद्धको आकृति बनाउने संस्था चियरअप नेपालले यस अघि सन २०१४ मा संसारकै सबै भन्दा ठुलो मानवझुण्डद्वारा निर्मित राष्ट्रिय झण्डा निर्माण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डस् बनाउन सफल भएको थियो ।

human buddha at tundikhel

राजकिय सम्मानका साथ अन्त्येष्टि कसलाइ र कसरि गरिन्छ ?

हालै निधन भएका पुर्व प्रधानमन्त्रि शुशिल कोइरालालाइ राजकिय सम्मानका साथ अन्त्यष्टि गरिएको थियो। पुर्व प्रधानमन्त्रि, लामो समय देखि घोषणा हुन नसकेको संबिधानको घोषणाकर्ता कोइरालालाइ राजकिय सम्मानका साथ बिदाइ गर्नु राम्रै काम गरेको थियो केपि ओलिको मन्त्रिपरिषदले ।

मलाइ सम्मान दिनुमा कुनै गुनासो नभए पनि “राजकिय” भन्ने शब्दले भने कुत्कुत्याइ रहेको थियो। किनकि म संग भएको एकमात्र शब्दकोशमा “राजकिय” भन्नाले “राजाले दिने सम्मान” भनेर अर्थ्याइएको थियो। तेसैले होला “राजकिय प्रज्ञा प्रतिष्ठान“लाइ नाम परिवर्तन गरेर “प्रज्ञा प्रतिष्ठान“मात्रै बनाइएको छ। अब राजालाइ हटाएको निर्णयलाइ औपचारिकता दिने संबिधानको घोषणा गर्ने कोइरालालाइ किन “राजकिय सम्मानका साथ अन्त्येष्टि” गरियो?  (बृहत नेपालि शब्दकोशमा भने “राज्यस्तरको” सम्मान पनि भनिएको रहेछ, पछि थाह पाएँ।)

यो प्रश्नको उत्तर खोज्ने क्रममा मैले राजकिय सम्मानका के के ब्यबस्था छन् भनेर खोजिनिति गरेको थिएँ तर, खासै ज्यादा जानकारि प्राप्त गर्न सकिन। तेसैले यो प्रश्नात्मक भिडियो ब्लग तयार गरेको छु । तपाइँ पाठकको सहयोगमा राजकिय सम्मानको ब्यबस्था सम्बन्धि नेपालको आधिकारिक दस्ताबेज प्राप्त गरेको दिन यो पोष्ट अपडेट गर्ने छु :

https://www.youtube.com/watch?v=GWaWyC_kttc

यो भिडियोमा कसले कसले राजकिय सम्मान पाउँदा रहेछन भन्ने छोटो विवेचनाको साथै पुर्व प्रधानमन्त्रिहरु शुर्यबहादुर थापालाइ राजकिय सम्मानका साथ अन्त्यष्टि गरिएको तर मरिचमान सिंगको निधनको बेलामा सरकारि बिदा नदिइएको बारेमा चर्चा गरिएको छ ।

 Continue reading

श्रिपन्चमिको साइतमा बाबुराम पुत्रि मानुषि यमि भट्टाराइको जनवादि विवाह

फागुन १ गते शनिवार श्रिपन्चमिको साइतमा बाबुराम पुत्रि मानुषि यमि भट्टाराइले आफ्नो प्रेमी जेकेन्द्र श्रेष्ठसंग जनवादि विवाह गरेकि छिन् ।

भिडियो रिपोर्ट:

जनवादि विवाह कसरि गरिन्छ?

परम्परागत हिन्दु विवाह १-२ दिनसम्म लाग्ने भए पनि, जनवादि विवाह अति नै छोटो हुन्छ । बाबुराम र हिसिलाले गरेको जनवादि विवाह उनिहरुकि छोरिले पनि अपनाएकि छिन् । यस्तो विवाहमा पण्डित पुरोहितको आबश्यकता हुँदैन, दुलाहा दुलहिले एक अर्कालाइ माला लगाइदिएर एकअर्कालाइ स्विकारे पछि विवाह सकिन्छ । यसरि जनवादि शैलिमा गरिएको मानुषिको विवाहमा दुलाह दुलहिले एक अर्कालाई स्विकार्ने र बाउ बाउआमा लगाएतका अभिभावकले फुल उपहार दिएर बधाइ दिने आदि सबै बैवाहिक प्रक्रिया सकिन बिस मिनेट पनि लागेको थिएन ।

यो विवाहको उल्लेख्य पक्ष भनेको दुलहि भएकि मानुषिले एक सानो रातो टिका मात्र लगाएकि थिइन र कुनै मेकअप गरेकि थिइनन । उनले नाक, कान र घाँटिमा पनि कुनै गहना लगाएकि थिइनन भने सेतै फुलेको कपाललाइ पनि रंगलगाएर छोप्ने प्रयास गरेकि थिइनन ।

 Continue reading

नेहा पुनको हत्यामा प्रहरिको अनुसन्धान अपर्याप्त भएको मगर समाजको आरोप

माघ १८ गते हत्या गरिएकि नेहा पुनको हत्यारा भनेर प्रहरिले कृतन खड्गिलाइ सार्बजनिक गरे पनि, नेहाको हत्याको बारेमा धेरै प्रश्नहरु भने अनुत्तरित नै रहेका छन । जस्तो कि :

  • के शतिश खडगिको बयानलाइ मात्र आधार बनाइएको जस्तो प्रहरिको रिपोर्ट सहि छ त? अन्य सम्भावनाको बारेमा प्रहरिले के कस्तो अनुसन्धाना गर्यो त ?
  • प्रहरिले घटनास्थलमा प्राप्त सबुद प्रमाण को बारेमा रिपोर्टमा किन केहि पनि उल्लेख गरेन?
  • नेहाको पोष्ट मार्टम रिर्पोट किन सार्वजनिक गरिएन ?
  • हेल्मेटले हानेर मारेको भनिए पनि नेहा कसरि अर्ध नग्न भइन? उनको पाइन्ट र भित्रि बस्त्र पनि खोलिएको कारणको बारेमा प्रहरिको भनाइ किन फितलो छ?

यि र अन्य प्रश्नहरुले पिरोलेकोले मगर समाजले आज बिहिबार पोखरामा शान्ति र्यालि निकालेको छ ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=KisX-V8GC38

 Continue reading

सुशिल कोइरालाको हलिउड सपना राजा महेन्द्रले तोडे

गणतन्त्र नेपालको छैटौं प्रधानमन्त्री सुशिल कोइरालालाइ युवा अबस्थामा राजनिति भन्दा पनि अभिनयमा सोख भएको बुझिएको छ । कांग्रेस नेता पुरुषोत्तम बस्नेतका अनुसार सुशिल कोइरालाका बाबु बोधप्रसाद कोइरालाले सुशिललाइ सरकारि जागिर खुवाउन चहेको भए पनि उनलाइ भने जागिर खानु भन्दा हलिउडको हिरो बन्न मनलागेको थियो । अभिनय तालिमका लागि अमेरिका जाने सबै तयारि हुँदै गर्दा नै बि.स.२०१७ सालमा राजा महेन्द्रले सत्ता आफ्नो हातमा लिएर प्रजातन्त्रको अन्त्य गरे पछि कोइराला हिरो बन्ने सपना त्यागेर भारत पलायन भएर १६ वर्ष निर्वासनमा रहे। फिल्ममा हिरो बन्न नपाएका सुशिल कोइराला राजनितिमा भने हिरो भए ।

बिस्तृत बिवरण भिडियोमा:

https://www.youtube.com/watch?v=q-TNzfEtQwg

थप जानकारि: अभिनेता बन्ने चहाना पुरा गर्न उनले भारतबाट नृत्य र फोटोग्राफि सम्बन्धि प्रशिक्षण पनि लिएका थिए । अभिनय प्रशिक्षणको लागि अमेरिका जाने तयारिमा रहेका शुशिलको अमेरिका जाने भिसा समेत आइसकेको थियो पनि भनिन्छ। तर, २०१७ सालको पुस १ गते राजा महेन्द्रले “कु” गरेपछि उनलाइ विदेश जान समेत प्रतिबन्ध लाग्यो ।

हिरो बन्न तम्तयार बनेका कोईराला त्यो घटनापछि राजनीतिमा सक्रिय हुनुपर्ने ठानेर एकाएक नेपाली कांग्रेसको राजनीतिमा होमिए । सुशीललाई नजिकबाट जान्नेहरूका अनुसार राजा महेन्द्रले दुई महिना ढिलो मात्रै ‘कू’ गरेको भए पनि सुशील अमेरिका पुगिसकेका हुन्थे र सम्भवतः यतिबेला हलिउडमा जमिरहेका हुन्थे भन्ने गर्छन् ।

सुशिल कोइरालाला पहिलो संबिधानसभाले लेख्न नसकेको संबिधान दोश्रो संबिधानसभामा दुइ तिहाइ मतका साथ प्रधानमन्त्रि भए पछि सबै राजनितिक शक्तिसंग समन्वय गरेर असोज ३ गते जारि गर्नुको श्रेय गरेको छ ।

 Continue reading

सुशिल कोइरालाको निधन, हार्दिक श्रदान्जलि

पुर्व प्रधानमन्त्रि तथा प्रमुख प्रतिपक्षि दल नेपालि कांग्रेसका सभापति सुशिल कोइरालाको सोमवार राति १२:३० बजे निधन भएको छ। सुशिल कोइरालाको महाराजगन्जस्थित निवासमै निधन भएको जानकारि नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले फेसबुकमार्फत् पनि सार्वजनिक गरेका छन्। सभापतिको निधन संगै काँग्रेस महाधिवेशनका सबै कार्यक्रम स्थगित गरिएको पार्टिले निर्णय गरेको पनि लामिछानेले बताएका छन् ।

uplamichhane sushil koirala death

 Continue reading