हिमानिलाइ "को केटी हो यो?" भनिन पारसकि प्रेमिका कन्निकाले

नेपालका पुर्वयुवराज पारस शाह थाइल्याण्डबाट नेपाल फर्केर यतै बसोबास गर्न थाले पछि आजकाल उनकि थाइ प्रेमिका कन्निका चाइसानले उनको बारेमा फेसबुकमा विभिन्न अभिव्यक्ति दिन थालेकि छिन  । उनका यस्ता अभिव्यक्तिहरु चर्चित हुने प्रयासमात्र भएको पनि शंका गरिएको छ ।

यहि फेब्रुअरि २४ तारिख बुधबार कन्निका चाइसानले पारस पत्नि  हिमानिको फोटो अपलोड गरेर उनको विरुद्ध रिस पोख्दै फेसबुकमा एक स्ट्याटस लेखेकि छिन । कन्निकाले सो स्तेटस भने लेखेको केहि समयमा नै मेटेको भए पनि मेट्नु भन्दा पहिले नै नयाँ पत्रिका दैनिकले स्क्रिनशट लिएको थियो (सो फोटो यो पोस्टको अन्तिममा राखिएको छ)।

भिडियो रिपोर्ट:


कन्निकाले यस अघि उनको ८ बर्षे छोरा युनिभर्सले पारसलाइ सम्झने बताउदै नेपाल जाने इच्छा गरेको भनेर लेखेकि थिइन् । कन्निकाको रिस सोहि बिषयमा भएको हुन सक्ने सम्भावना भए पनि उनले भने सो बारेमा केहि बोलेकि छैनन् ।

 Continue reading