कनकमणि दिक्षित अख्तियारद्वारा पक्राऊ

गैरकानुनि रूपमा सम्पति आर्जन र जम्मा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायात सहकारि लिमिटेडका अध्यक्ष कनकमणि दिक्षितलाइ यहि बैषाख १० गते शुक्रबार दिउँसो पाटन ढोकाबाट पक्राउ गरेको छ  । कनकमणिले पक्राउ पर्दा आफु सोहि स्थानबाट त्यसरिनै शाहि शासनमा पक्राउ परेको संस्मरण गरेका छन् । अख्तियार प्रमुख लोकमान सिंह कार्किको बिरोधिको रुपमा परिचित कनकमणिले आफ्नो पक्राउ व्यक्तिगत रिसइविका कारण भएको संकेत गरेका छन् ।

भिडियो रिपोर्ट हेर्नुहोस:

कनकमणि दिक्षितलाइ नर्वेजियन दुतावासको खर्चमा पत्रिका छापेको आरोप लागेको थियो । उनले छाप्ने, वितरण गर्ने, लेख वापत् लेखककलाइ पारिश्रमिक दिने, पारिश्रमिक दिँदा लाग्ने बैँक खर्च, पत्रकार र कर्मचारिहरुको तलब सबै विदेशि दुतावासले बेहोर्ने गरी पत्रिका निकाल्न सहयोग गरेको आरोप पनि लागेको थियो (हेर्नुहोस माइसंसारको ब्लग)

 Continue reading

सिद्ध बाबाको हास्यास्पद चुनौति, १० वर्ष समाधि बस्ने सक्ने रे

एक झुठ छोप्न हजार झुठ बोल्नु पर्छ  भन्ने कुरा पोखरामा ९ दिन समाधि बसेर निस्केका सिद्धबाबाले प्रमाणित गरिदिएका छन् । उनले एक कार्यक्रम आयोजना गरेर समाधिमा कुनै बदमासि नभएको दावि गरेका छन् । त्यसको साथै, उनले आठ मिटर गहिरो खाडल खनेर बन्द बाकसमा जति सुकै समय पनि बस्न सक्ने दावि गरेका छन् ।

उनले गरेका दाविहरु यस्ता छन्

  • जमिन मुनि आठ मिटर तल हावा नछिर्ने बन्द बाकसमा १० बर्ष सम्म बस्ने सक्ने र सकुशल बाहिर निस्कने ।
  • हावामा उडन सक्ने ।
  • पानि भित्र पनि जति समय भन्यो त्यति समय बस्न सक्ने । ।
  • कुनै पनि मानिसको बिहान देखि बेलुका सम्म सबै कुरा भविष्य वाणि गर्न सक्ने ।

उनले गफा दिए, सुन्नेले तालि बजाए । तर, उनले यि कुनै कुरा गरेर भने देखाएनन, किनकि अरु नमिले पनि कम्तिमा हावामा उडेको त देखाउन मिल्थ्यो ।

 Continue reading