संसद् त झगडा गर्ने ठाउँ पो रहेछ … विद्यार्थिको निकर्ष

नेपालको संसदको कारबाहि र बजेट प्रक्रियाको सम्बन्धमा प्रत्यक्ष जानकारि लिन भनेर जेठ १७ गते सोमवार संसद भवन पुगेका एक स्कुलका विद्यार्थिहरुले संसद र नेताहरुबारेमा नकारात्मक धारणा लिएर फर्केका छन् ।

https://www.youtube.com/watch?v=EWMDvgXRDBk

अक्सिडेन्टल पब्लिक स्कुलका १३ वर्षदेखि १६ वर्षसम्मका १४८ विद्यार्थिहरु संसदमा भएको लगातारको स्थगन र होहल्लाको कारणले बिचैमा फर्कन बाध्य भएका थिए ।अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमाथि छलफलका लागि प्रस्ताव पेस गर्ने र अन्य सांसदहरूले बजेटका पक्षविपक्षमा धारणा राख्ने नियमित कार्यक्रम नेपालि कांग्रेसको बिरोधका कारण स्थगित भएको थियो ।

 Continue reading

सुरेश केडियालाइ अपहरणमुक्त गरियो

बिहिबार साँझ अपहरणमा परेका विरगन्जको प्रतिष्ठित औद्योगिक घराना केडिया समुहका उद्योगि सुरेश केडियालाइ भारतिय प्रहरिको सहयोगमा अपहरणमुक्त गरिएको छ । सुरेश केडिया भारतको मोतिहारिबाट सकुशल अपहरणमुक्त गरिएका हुन। अपहरणको बेला अपहरणकारिले चलाएको गोलिका कारण केडियाका सवारिचालक सख्त घाइते भएका थिए ।

रिपोर्ट:

https://www.youtube.com/watch?v=7ln4F3nMCGc

अहिले केडियालाइ नेपाल ल्याउने तयारि भइरहेको र प्रहरिले पत्रकार सम्मेलन गरेर सबै जानकारि सार्वजनिक गर्ने तयारि पनि गरिरहेको खवर छ ।

 Continue reading

बजेट २०७३ ले केलाइ सस्तो बनायो, केलाइ महँगो? (बजेट पुर्ण पाठ सहित)

केपि ओलि सरकारका अर्थमन्त्रि विष्णुप्रसाद पौडेलले जेठ १५ गते शनिवार दुइ घण्टा लगाएर अघिल्लो वर्षभन्दा करिव एक चौंथाइ भन्दा बढि आकारको (२८ प्रतिशत ठुलो) बजेट सार्वजनिक गरेका छन ।

यस् बजेट पछि सरकारि कर्मचारिको तलव बढ्ने भएको छ । इतिहास हेर्ने हो भने, यसरि तलव बढेने बित्तिकै ब्यपारिहरुले सबै जस्तो उपभोग्य सामाग्रि हरुको मुल्य ब्रिद्धि गर्ने गर्छन । ब्यपारिहरुले बढाउने मुल्यको साथ साथै सरकारले गरेको करको घटबढले सस्तो हुने वा महंगिने सामाग्रिहरुको बारेमा म अहिले चर्चा गर्दैछु । पहिला बजेटको सारांशलाइ समेटेर बनाइएको भिडियो हेरौं:

https://www.youtube.com/watch?v=jMFvir2q7ko

अब चर्चा – बजेट पछि के के बस्तु सस्तो भयो होला र के के महँगो होला भन्ने बिश्लेषण गरौं।

मोबाइल फोन महंगो हुने

सरकारले मोबाइल फोन बिक्रिबाट आएको भ्याटमा आधा ब्यपारिलाइ फिर्ता दिंदै आएको मा अब ४० प्रतिशत मात्र फिर्ता दिने भएको छ । जसले मोवाइल फोनमा थोरै मुल्य बढ्ने सम्भावना देखिएको छ ।

घ्यु र तेल पनि बढने

मोबाइलमा जस्तै सरकारले दिने सुविधा घ्युतेलमा पनि दिंदै आएको मा अव देखि सरकारले दिने भ्याट फिर्ताको मात्रा घटाएर ४० प्रतिशत पुर्याएको हुनाले घ्यु र तेलमा पनि केही मात्रामा मुल्य बढ्ने सम्भावना देखिन्छ।

चुरोट र रक्सि

संधै जस्तो यो बर्ष पनि चुरोट र रक्सिमा लाग्ने अन्तशुल्क को मात्र बढाइएको हुनाले यि मादक पदार्थको पनि मुल्य बढ्ने भएको छ । तेसैले यो बर्ष चुरोटसँगै विंडि, सुर्ति र सिगारमा ११ प्रतिशतले अन्तशुल्क बढेको हुनाले मुल्य पनि सोहि अनुपातमा बढने सम्भावाना देखिन्छ ।
 Continue reading

साँघुरो फिल्म, बिमलकि बहिनिको हत्या, समृद्धि राइको जातियताको चर्चा आदि – सातालाई हेर्दा

अघिल्लो शुक्रवार जेष्ठ ७ (मे २०) देखि हिजो जेष्ठ १३ (मे २६ सम्म) पोष्ट र अपडेट गरिएका नेपालि फिल्महरु:

साताका भिडियोहरु :

 Continue reading

Incoming search terms:

  • नेपालि फिल्महरु

नेपाल सरकारको पासपोर्ट ब्यपार, अब एमआरपि एकै दिनमा

नेपाल सरकारले अब नेपालि पासपोर्ट एकै दिनमा तयार गर्ने भएको छ । त्यसको लागि बढि शुल्क लिने तर, कति बढि लिने भन्ने बारेमा निर्णय गर्न केहि समय लाग्ने बताइएको छ । स्मरण रहोस, सरकारले रु ५,००० शुल्क तिरे पछि तयार हुने पासपोर्ट तयार गर्न ४५ दिन लगाउँछ ।

अब प्रश्न उठछ, एकै दिनमा तयार हुन सक्ने पासपोर्ट तयार गर्न सरकारले ४५ दिन किन लगाउँछ ? त्यहि पासपोर्ट रु. १०,००० तिर्यो भने ७ दिनमा नै तयार हुन्छ । थप ५,००० ले सरकारि कर्मचारिको प्रोडक्टिभिटिमा के जादु गरिदिन्छ, जसका कारण पासपोर्ट ३८ दिन छिटो तयार हुन्छ ?

अझ रु. १०,००० थप गरेर १५,००० तिर्यो भने त्यहि पासपोर्ट २ दिनमा पनि तयार हुन्छ । सरकारले अब एकै दिनमा तयार गर्ने पनि समाचार आएको छ । तर, अहिले सम्म रेटको बारेमा निर्णय नभए पनि ४५ दिन लाग्ने पासपोर्ट बनाउन र १ दिनमा तयार हुने पासपोर्ट बनाउन सरकारि खर्च त एउटै होला । अनि दर रेटमा चाँहि किन यस्तो मनपरि?

एमआरपि एकै दिनमा तयार हुने बारेको समाचार हेर्नुहोस :
https://www.youtube.com/watch?v=RanP0DP5HP0
 Continue reading

सावधान ! नक्कलि डलर र भारतिय रुपैयाँको बिगबिगि

प्रहरिले एकजना पाकिस्तानि महिला सहित ८ जना व्यक्तिला ५५ लाख ८७ हजार भारतिय जालि नोट र १९ हजार ५ सय जालि अमेरिकि डलरसहित पक्राउ गरे पछि बजारमा तेस्ता जालि नोट अरु पनि भएको आशंका गरिएको छ ।

पक्राउ परेकि पाकिस्तानि नागरिक यस अघि पनि पटक पटक नेपाल आएको हुनाले उनले बितरण गरेका जालि नोट बजारमा हुन सक्ने प्रवल सम्भावना रहेको छ ।

प्रहरिले पक्राउ गरेका अभियुक्तहरुको बारेमा समाचार रिपोर्ट:
https://www.youtube.com/watch?v=DGcQBzkYw70

  • महानगरिय प्रहरि परिसर काठमाडौको टोलिले पक्राउ गरेका मा पाकिस्तानि नागरिक शामा नाज, भारतिय नागरिक बैजनाथ गुप्ता र ६ जना नेपालि छन् ।
  • पाकिस्तानि नागरिक २७ वर्षिया शामा नाजसंग ३६ लाख जालि भारतिय नोट र १९ हजार ५ सय जालि अमेरिकी डलर सहित पक्राउ परेकी ।
  • उनलाइ प्रहरिले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वारबाट पक्राउ गरेको
  • यसरि नक्कलि अमेरिकि बरामद भएको नेपालमा नै पहिलो भएको प्रहरिले बताएको छ
  • नाज पछिल्लो तिन महिनामा तिन पटक नेपाल आइ सकेको खवर छ ।
  • दोलखाकि मिरा जिरेल, काठमाडौका सुमन मल्ल, सप्तरिका तारिणिप्रसाद ठाकुर, रुपन्देहिका विजयराज शर्मा, गुल्मिका सनद प्रधान, डोटिका अमृतमान श्रेष्ठ र भारतको विहारका वैजनाथ गुप्ताला संग १९ लाख ८७ हजार जालि भारतिय नोट बरामद भएको ।
  • विहारका गुप्ता र रुपन्देहिका शर्मा यसअघि लागु औषधको कारोबारमा संलग्न व्यक्ति भएको र यस अघि १५ बर्ष र ९ बर्ष जेल बसिसकेका ब्यक्ति हुन ।

 Continue reading

प्रधानमन्त्रि केपि ओलिद्वारा सिद्धिचरण पुरस्कार प्रदान, बिजेता सिक्किमका मुख्यमन्त्रि आएनन

यो बर्षको युगकवि सिद्धिचरण पुरस्कार २०७३ का बिजेता सिक्किमका मुख्यमन्त्रि पवन चाम्लिङ काठमाण्डौंमा आयोजित कार्यक्रममा आफै उपस्थित नभएर एक प्रतिनिधि पठाएका थिए । तर, हाम्रा प्रधानमन्त्रि, केपि ओलिले भने आफु नगएर प्रतिनिधि पठाउने झन्झट गरेनन, आफैले प्रतिनिधिलाइ पुरस्कार प्रदान गरेर सम्मान गरे  ।

भिडियो रिपोर्ट, कविको छोटो जिवनि सहित:

https://www.youtube.com/watch?v=WZxcQVpAs9E

सिद्धिचरण श्रेष्ठको जन्मदिवसमा सिक्किमका मुख्यमन्त्रिलाइ १ लाखको पुरस्कार

युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा प्रत्येक वर्ष कविको जन्मदिवसको दिने प्रदान गरिने युगकवि सिद्धिचरण पुरस्कार यो वर्ष सिक्किमका मुख्यमन्त्रि, बरिष्ठ कवि तथा साहित्यकार पवन चाम्लिङ किरणलाइ प्रदान गरिएको छ । सिद्धिचरण श्रेष्ठको १०५औँ जन्म जयन्तिको अवसरमा युगकवि सिद्धिचरण पुरस्कार २०७३ ग्रहण गर्न पवन चाम्लिङ उपस्थित हुन नसके पछि उनका प्रतिनिधिका रुपमा सिक्किमका अर्का कवि तथा साहित्यकार बिरु बाङ्देलले सो पुरस्कार ग्रहण गरेका थिए । प्रधानमन्त्रि केपि ओलिले रु. एक लाख नगद राशि सहितको सो पुरस्कारले किरणका प्रतिनिधि वाङ्देललाइ सम्मान गरेका थिए ।

kp oli hand over siddhicharan samman

यस अघि मैले ओखलढुंगा कविता पनि शेयर गरेको थिएँ ।

हिंसाका पुजारि प्रचण्डले शान्तिका दुत बुद्धको बारेमा के भने?

यहि जेठ ८ गते लुम्बिनिमा आयोजना भएको बुद्ध जयन्ति समारोहमा करिव १५,००० को ज्यान जाने युद्धका सर्बोच्च कमाण्डर पुष्पकमल दहाल प्रचण्डले शान्तिका दुत बुद्ध को बारेमा गरेको चर्चा चाखलाग्दो थियो । वाक चातुर्यका कारण चर्चित प्रचण्डले हिँसा र शान्तिलाइ कसरि मिलाए त, सुन्नुहोस निम्न भिडियोमा:

https://www.youtube.com/watch?v=Z-Jisj1UUAw

 Continue reading

प्रधानमन्त्रि केपि ओलि र बद्रि पंगेनि बिच दोहरि, #IamWithKpOli ट्रेंडिंग, २ बर्षभित्रै नेपालि पेट्रोल पाइने दावि

गायक बद्रि पंगेनिको गित गाँउदै सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्रि केपि ओलिले अर्को असम्भव जस्तो देखिने दावि गरेका छन ।

भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=ipyFzOUVkrw

समुन्द्रमा नेपालि झण्डा सहितको पानिजहाज चलाउने घोषणा गरेका प्रधानमन्त्रिले जेष्ठ ६ गते फेरि अर्को घोषणा गरेका छन – २ वर्षभित्रै नै स्वदेशि पेट्रोल प्रयोग गर्न पाइने। उनले सो अवसरमा आफ्ना भनाइहरुको बचाउ गर्दै उनको बिरोध गर्नेलाइ “इन्भर्टेडकमा वाला बुद्धिजिवि” भनेर नामांकरण पनि गरेका छन् ।

  • नवलपरासिमा फलाम खानि भेटिएको उत्खनन शुरु भएको  र सो खानि बाट उत्पादन हुने फलाम बाट हुने आम्दानि नेपालको एक बर्षको बजेट भन्दा बढि – १० खर्व  हुने उनले दावि गरेका छन्
  • दैलेखमा तेलको खानिको सर्भे गरिसकेको र उत्खनन शुरु हुन लागेको पनि उनले बताए – उनले सोधे, “नेपालबाट निकाल्न पाइन्छ कि पाइदैन “बुद्धिजिवि” हरुले भनिदिनु पर्यो”

तेस्तै, प्रधानमन्त्रि केपि ओलिका अनगिन्ति योजनाहरुको समर्थनमा सामाजिक सञ्जालहरुमा स्वतस्फुर्त अभियान पनि शुरु भएको छ – #IamWithKpOli ह्यासट्यागका साथ । फेसबुक र ट्विटरमा ट्रेन्डिङ भइ रहेको यो अभियानका पनि समर्थक र बिरोधि दुवै  छन्  ।

यो वारेमा मैले तयार गरेको एक भिडियो हेर्नुहोस:

के तपाइँ पनि प्रधानमन्त्रि केपि ओलिका साथमा हुनुहुन्छ? हुनुहुन्छ भने #IamWithKpOli आफुले प्रयोग गर्ने सोसल मिडियामा शेयर गर्नुहोला ।

badri pangini and kp oli dohori

वडा नम्बर ६ फिल्म, साताका भिडियो, चिनको रेल, अमरपन्छि विवाद र भिडियोहरु, (साताहेर्ने शुक्रवार)

विगत केहि शुक्रवार देखि हप्ता भरिका नयाँ कुराहरु समेटेर साताहेर्ने शुक्रवार स्तम्भ शुरु गरेको छु | यसमा हप्ताभरि बनेका नयाँ भिडियोहरु, नयाँ र अपडेट गरिएका नेपालि फिल्महरु, नेपालि मोडल र अभिनेत्रिहरुको बारेमा गरेका चर्चा र जानकारिहरु समेटिने छन्।

घिल्लो शुक्रवार बैशाख ३१ (मे १३) देखि हिजो जेष्ठ ६ (मे १९ सम्म) पोष्ट र अपडेट गरिएका नेपालि फिल्महरु:

  • वडा नम्बर ६ – दिपकराज गिरि, प्रियंका कार्कि, दिपाश्रि निरौला लगायत धेरै हास्यकलाकारहरुको हिट फिल्म
  • लभ फरएभर – सुमिना घिमिरे , गजिता बिस्ट, निरज बराल आदिको – हट फिल्म
  • मेरो हजुर – शिव श्रेष्ठ, अनुपमा कोइराला, शुशिला क्षेत्रि, मेलिना मानन्धर आदिको फिल्म
  • सन्तान थरि थरिका – दिलिप रायमाझि, निरुता सिंह, दिनेश शर्मा आदिको
  • गुन्डाराज – सुशिला क्षेत्रि, राजेश पायल राइ, प्रिया रिजाल, अर्जुन कार्कि, उदय सुब्बा आदिको फिल्म
  • जय शिव शंकर – राजेश हमाल, निखिल उप्रेति, बिराज भट्ट, मिथिला शर्मा, संचिता लुइटेल, रेजिना उप्रेति, पुजना प्रधान आदिको फिल्म
  • अभिमन्यु – निखिल उप्रेति, अरुणिमा लम्साल, जेनी कुवर आदिको
  • बाघचाल – शुशिला क्षेत्री, रेजिना उप्रेति आदिको फिल्म

weekly review xnepali

 Continue reading