काबुलको कात्रो (मर्मस्पर्सि कविता)

नुमाको आवाजमा सोफियाको लेखनमा अफगानिस्तानको राजधानि काबुलमा भएको एक आत्मघाति आक्रमणमा ज्यान गुमाउने १३ जनाको सम्झनामा रचिएको एक मर्मस्पर्सि कविता को वाचन । सो घटनामा १२ जना नेपालिको ज्यान तुरुन्तै गएको थियो भने एक जना घाइतेको भारतमा उपचार हुँदा हुँदै ज्यान गएको थियो । क्यानेडियन दुतावासमा सुरक्षा गार्डको रुपमा कार्यरत ति अभगि नेपालिहरुको सम्झनामा यो कविता प्रस्तुत छ :

कविता :

काबुलको कात्रो (कविता)

साहिलिको साहिला, लाहुरजाने भन्छ
सनुसको सम्पत्ति, खनखन्ति गन्छ
घरखेत साहुलाइ, धितो राखि भन्छ
साइलिलाइ बाला, लगाइदिन मन छ

खोलावारि साहिला, साहिलि बसिन पुलमा
बिदा भइ घर, पुग्यो साहिला काबुलमा
अनगिन्ति सपना, बगाइ पसिना
हरायो साइलो आज, शहरको हुलमा

अनायासै उसलाइ, लिन आयो काल
खबर आयो गाउंमा, साइलिको बेहाल
उडि आयो जहाज, काठको बाकस लिइ
रच्यो हेर कस्तो, भगबानले जाल

चिहानले बोलायो, गरिबको सासलाइ
ब्रम्हनालमा लडाइयो, सेताम्मे लासलाइ
घनघोर बर्षा, कात्रो भिजिगयो
हाल्दैथे जलअझै, मेटाउन प्यासलाइ

डुबाइ गोडा बागमति, बग्यो तिरैतिर
४ बर्षे छोरा, लौन कस्तो पिर
भरे दाउरा टम्मै, चिहानै ढाक्यो
सुताइदिए लाशलाइ, त्यहि दाउरानिर

अटेन दागबत्ति, छोराको हातमा
श्रिमति रोइन, जान्छु भनि साथमा
सल्काइदिए आगो, दाउराको कुनिहुमा
झलमल्ल उज्यालो भो, चकमन्न रातमा

पलमै जलिगयो, शरिर भो खरानि
हिजोको आफ्नो, आज भो बिरानि
आंशुका धारा, भेलसरि बगे
भिजाइ दिनरात, ओछ्यानको शिरानि
 Continue reading

लुटको धन फुपुको श्राद्ध जसरि, सरकारि कोषबाट रकम पाउने भाग्यमानि को को हुन ?

आर्थिक अवस्था कमजोर भएका या विशिष्ट व्यक्तिहरुलाइ स्वास्थ उपचारको खर्च बिलअनुसार सोझै अस्पताललाइ दिने व्यवस्था विपरित नेपाल सरकारले पहुँचवालालाइ जथाभावि आर्थिक सहयोग गरेको छ । यहि जेठ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले एकै दिन ३१ जनालाइ रु डेढ करोड रुपैयाँभन्दा बढि आर्थिक सहायता दिने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णयमा ति व्यक्तिहरुलाइ किन आर्थिक सहायता दिनु पर्यो भन्ने बारेमा केहि पनि उल्लेख गरेको छैन ।

सहायता पाउनेहरुमा एक बहालवाला मन्त्रि, पुर्व परराष्ट मन्त्रि र पुर्व सांसद लगाएअ प्रभावशालि नेता, उनिहरुका आफन्त र पहुँचवाला ब्यक्तिहरु रहेका छन् । भिडियो रिपोर्ट :

आर्थिक सहायता पाउनेमा सत्तारुढ एमाले, एमाओवादि र राप्रपा नेपालका साथै प्रमुख विपक्षि दल नेपालि कांग्रेसका नेता तथा कार्यकर्ता पनि रहेका छन ।
 Continue reading

के हो जिपिए ? कुन बिषय पढन कति जिपिए चाहिन्छ ? के एसएलसिमा सबै पास हुन्छन् ?

एसएलसिको ८२ बर्ष लामो इतिहासमा पहिलो पटक यसको रिजल्टलाइ परिवर्तन गरिएको छ । अब देखि मार्कशिटमा प्राप्त नम्बरको सट्टा जिपिए स्कोर र ग्रेड दिन शुरु गरिएको छ । यो नयाँ रिजल्टले प्राप्तांकको आधारमा हुने रिजल्टमा बानिपरेका सबैलाइ अन्योलमा पारेको छ । अझ रिजल्टको आधारमा के पढन पाउने, के पढन नपाउने अनि सबैजना साँच्चिकै पास भएको हो त भन्ने बिभिन्न प्रश्नले धेरैलाइ पिरोलि रहेको मैले पाएको छु । तेसैले यस्ता केहि प्रश्नहरुको उत्तर दिन यो लेख तयार गरेको छु । सबै भन्दा पहिले

जिपिए भनेको के हो?

धेरै जसो कलेज र स्कुलहरुले बिध्यार्थिको रिजल्ट दिने पद्दति Grade Point Average (GPA) मा कुनै पनि बिषयमा बिध्यार्थिको ज्ञानको तहलाइ ० देखि ४ को बिचमा नम्बर दिइन्छ । खासमा यो पद्दतिले कुनै पनि बिध्यार्थिको कुनै बिषयमा औसत ज्ञान कस्तो छ भनेर देखाउँछ । जति धेरै जिपिए भयो त्यति राम्रो मानिन्छ र सोहि आधारमा राम्रो नराम्रो भनेर ग्रेड छुट्याउन ५ ओटा सम्म अक्षर (A, B, C, D, E अथवा F) को प्रयोग गरिन्छन । यहि ग्रेड र ग्रेड प्वाइन्ट एभरेज को आधारमा माथिल्लो तहमा भर्ना पाउने नपाउने निर्धारण गर्न सजिलो हुन्छ ।

एसएलसिको जिपिएको बारेमा अन्यौल रहेको छ । एसएलसिको आधिकारिक वेवसाइटमा रिजल्ट मात्र राखिएको छ र कुनै पनि थप जानकारि राखिएको छैन । शिक्षा मन्त्रालयको वेव साइटमा पनि कुनै जानकारि भेटिएन । सेतोपाटि अनलाइनमा प्राप्त जानकारि अनुसार एक भिडियो तयार गरेर पोष्ट गरेको छु (सेतोपाटि वेवसाइटमा)। तर, केहि प्रयोग कर्ताले सेतोपाटिको जानकारि गलत भएको पनि बताएका छन । आशा गरौंग् आधिकारिक जानकारि चाँडै प्राप्त हुने छ ।

किन जिपिए शुरु गरएको ?

 Continue reading

पुर्व मुमा बडामहारानि रत्न अस्पताल भर्ना, राजपरिवारका सदस्य अस्पतालमा

पुर्व मुमा बडामहारानि रत्न राज्यलक्ष्मिदेवि शाहलाइ शारिरिक अस्वस्थताका कारण बिहिबार नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

रिपोर्ट

सारांशमा:

  • रत्नको आन्द्रामा समस्या देखिएकोले अस्पतालमा राखेर उपचार शुरु गरिएको हो ।
  • डा. मधु घिमिरेले रत्नको स्वास्थ्य परिक्षण गरिरहेका छन्।
  • हस्पिटल पुर्याउँदा ज्ञानेन्द्र, कोमल, पुर्व युवराज्ञि हिमानिलगायत पुर्वराजपरिएवारका सदस्यहरु उपस्थित थिए ।
  • विकिपिडिया अनुसार रत्न अहिले ८७ बर्षकि भइन ।
  • रत्न तत्कालिन राजा महेन्द्रकि कान्छि श्रिमति हुन ।
  • महेन्द्रले रत्नकि दिदि इन्दिरा राज्य लक्ष्मिसंग बिवाह गरेका थिए ।
  • तिन छोरा (बिरेन्द्र, ज्ञानेन्द्र र धिरेन्द्र) र तिन छोरिकि आमा इन्दिराको निधन भएको दुइ बर्ष पछि महेन्द्रले बहिनि रत्नसंग बिवाह गरेका थिए ।
  • रत्नले दिदिका छोरा छोरिकै हेरचाह गरेर बसिन ।
  • रत्नका आफ्ना कुनै सन्तानलाइ छैनन ।
  • दरवार हत्याकाण्डको बेला रत्न हेलेन शाहको कोठामा बसिरहेकि हुनाले बच्न सफल भएकि थिइन ।
  • राजसंस्थाको अन्त्य पछि अरु सबै राज परिवारका सदस्यलाइ नारायणहिटि दरवारबाट हटाइए पनि रत्नलाइ भने मह्नेन्द्र मन्जिलमा बस्न दिइएको थियो ।

महेन्द्र र रत्नको फोटो सन १९५५ मा राज्यारोहण समारोह पछि खिचिएको  :
 Continue reading

किताव लाइब्रेरि, त्यो पनि लोकल मेट्रो बसमा, चल्छ होला ?

यहि हप्ताबाट काठमाण्डौंको चक्रपथमा चल्ने मेट्रो बस का केहि बसमा प्रयोगात्मक रुपमा मिनि लाइब्रेरि राख्न शुरु गरिएको छ । बसम रहने बसका परिचारिकाको रोहवरमा बसका यात्रुहरुलाइ पढन दिने र सो बारेमा बिवरण जम्मा गर्ने कार्य शुरुगर्न जति सजिलो छ यसलाइ लामो समय सम्म निरन्तरता दिन त्यतिकै गाह्रो देखिन्छ । पहिला यो बारेमा भिडियो रिपोर्ट हेरौं :

शुरु भएको मिनि लाइब्रेरि कन्सेप्ट अहिले केहि बसमा मात्र उपलब्ध छ । बसमा रहने परिचारिकाले कुन यात्रुले कुन किताव पढे भन्ने कुराको जानकारि एक लग बुकमा राख्ने गरिएको छ। मलाइ यो कन्सेप्ट राम्रो लागे पनि सफल हुने कुरामा भने शंका छ ।  Continue reading

करिष्माले प्रदिप गिरिलाइ डा. प्रदिप भट्टराइ भने पछि .. (भिडियो सहित)

घोषणा गर्न रंगशालमा आयोजित कार्यक्रममा पार्टिकि केन्द्रिय सदस्य समेत रहेकि अभिनेत्रि करिष्मा मानन्धरलाइ कार्यक्रमको संचालनको जिम्मा दिइएको थियो ।

करिश्माले उद्घोषणको क्रममा गरेका गल्तिका कारण उनि हाँसोको पात्र पनि बनेकि थिइन ।

करिश्माले उपस्थित पाहुनाहरुको नाम गलत उच्चारण गर्दा माफि समेत माग्नु परेको थियो । सदाबहार नायिकाको उपमा पाएकि करिष्माले कसरि उदघोष गरिन त — प्रस्तुत छ उनको उदघोषणका उदाहरणहरु ।

https://www.youtube.com/watch?v=3bFeJhACNwg

galti karishma manandhar pradeep giri

प्रम केपि ओलि, शेरबहादुर देउवा र कृष्णबहादुर महराले के भने नयाँ शक्ति नेपाललाइ ?

जेठ ३० गते आइतबार दशरथ रंगशालामा पुर्व प्रधानमन्त्रि बाबुराम भट्टराइले आफ्नै संयोजकत्वमा एक नयाँ पार्टि “नयाँ शक्ति नेपाल” घोषणा गरे।

नेकपा माओबादि भन्दा फरक स्वरुप दिन खोजिएको पार्टिको घोषणा समारोहमा प्रधानमन्त्रि एवम नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलि ले पनि सम्बोधन गरेका थिए । तेस्तै, नेपालि काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादि केन्द्रका नेता कृष्णबहादुर महरा ले पनि नयाँ पार्टिलाइ शुभकामना दिएका थिए । अन्य उपस्थित हरुमा राप्रपा नेपालका सुशिल श्रेष्ठ, राप्रपाका सुनिलबहादुर थापा, संघिय समाजवादि फोरम नेपालका राजेन्द्र श्रेष्ठ, भारतिय नेता डिपि त्रिपाठि, नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षित आदि थिए ।
 Continue reading

नयाँ शक्तिको उदय बावुराम भट्टराइको नयाँ पार्टि

पुर्व प्रधानमन्त्रि बावुराम भट्टराइले संयोजन गरेको नयाँ पार्टिको अहिले घोषणा हुँदै छ दशरथ रङ्गशालामा । नयाँ पार्टि नयाँ शक्ति नेपालको उद्घाटन अघि राजधानीका चार स्थानबाट पदयात्रा गरिएको थियो ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=tKEePKBn3B4
 Continue reading

राष्ट्रिय गितका संगितकार अम्बर गुरूङको निधन

नेपाली राष्ट्रिय गितका साथै धेरै लोकप्रिय गितहरुका संगितकार अम्बर गुरूङको निधन भएको छ । केहि दिन देखि अस्वस्थ रहेका अम्बर गुरूङलाइ ग्रान्डि अस्पतालमा उपचार गर्दा गर्दै निधन भएको हो । लामो समय देखि अस्वस्थ रहेका गुरूङको केहि समय अघि भारतको मेदान्त अस्पतालमा उपचार गरिएको थियो ।

https://www.youtube.com/watch?v=rtf8w8m0390

यस अघि, कान्तिपुर दैनिकले उनको निधन हुनु अगावै निधन भइसकेको खवर दिएकोमा अस्पताल र उनका परिवारका सदस्यले बिरोध गरेका थिए । कान्तिपुरले गल्ति गरेको स्विकार गर्दै सो खवर सच्याएको थियो । यो बारेमा अम्बर गुरूङको निधनपुर्व मैले बनाएको रिपोर्ट :

 Continue reading

भारतिय पेट्रोल पाइपलाइन, रक्सौलबाट अमलेखगंज, निर्माण शुरु गर्न छलफल शुरु

भारतिय नाकाबन्दि शुरु हुनु भन्दा पहिले, एक बर्ष अघि नेपाल र भारत बिच मन्त्रिस्तरिय सम्झौता भएको थियो – भारतको रक्सौलबाट बाराको अमलेखगंजसंम्म पाइपलाइन बनाउने बारेमा । २०७२ साल असोज १२ गते भएको सो सम्झौतामा क्सौलबाट अमलेखगंजसंम्मको ४१ किमि लामो सो पाइपलाइन ३० महिनामा सम्पन्न गर्ने लक्ष राखिएको थियो । सो पाइपलाइनको ३९ किमि भाग नेपालमा पर्छ भने २ किमि भाग भारतमा पर्छ ।

पाइपलाइन निर्माण र अमलेखगंज डिपोको सुधारको लागि ४ अर्ब ४० करोड लाग्ने प्रारम्भिक अनुमान छ । जसमा भारत सरकारले २ अर्ब भारतिय रुपैंया (३ अर्ब २० करोड नेपालि रुपैंया) अनुदान दिने छ भने बाँकि १ अर्ब २० करोड रुपैंया नेपालले आफ्नै श्रोत बाट जुटाउने छ ।

आज नेपालको आयल निगम र भारतिय आयल बिच यो कार्य अघि बढाउन छलफल चलि रहेको छ ।

http://www.youtube.com/watch?v=zX4uSdRGJYU

एक अर्को बिश्लेषण अनुसार, भारतिय पाइपलाइन भन्दा चिनिया भुमिबाट आउन सक्ने पाइपलाइनको संचालन कम खर्चिलो हुने देखिएको छ । रक्सौलबाट अमलेखगंज सम्म पाइपबाट तेल ढुवानि गर्दा दुइ ठाँउ बिचको उचाइको भिन्नताका कारण पंपको सहायता लिनु पर्ने हुन्छ । तर, यदि सिगात्सेबाट चिनिया पाइपलाइन बनाउने हो भने गुरुत्वाकर्शणबाट नै तेल ढुवानि हुन सक्ने देखिएको छ।  Continue reading