सुरक्षा चिन्ता भन्दै कोशि ब्यारेजमा भारतिय सुरक्षाकर्मि तैनाथ गर्ने चाल हो त ? परराष्ट्रमन्त्रि भन्छन, कोशी ब्यारेजमा कुनै थ्रेट छैन

भारतले कोशि ब्यारेजमा पाकिस्तानि आतंककारि र नेपालकै माओबादिबाट सुरक्षा समस्या रहेको बारेमा स्थानिय प्रशासनसंग पत्राचार गरेको बिषयमा नेपालका परराष्ट्रमन्त्रि कमल थापाले तेस्तो कुनै सुरक्षा थ्रेट नभएको बताएका छन् ।  भारतले नेपाल सरकारलाई नभएर स्थानिय जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समस्या रहेको पत्र पठाएको बारेमा रिपोर्ट निम्न भिडियोमा हेर्नुहोस (भारतको धम्किपुर्ण आदेश, माओबादिबाट कोशि ब्यारेज सुरक्षा खतरा)।

https://www.youtube.com/watch?v=Ts_2UiXO_Tw

राजधानिमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्रि थापाले भनेका थिए, “कोशी ब्यारेजमा कुनै थ्रेट छैन । खतरा भएपनि सुरक्षा दिन नेपाल सक्षम र तयार छ ।”

 Continue reading

“मेडिकल माफिया” भनिएका कलेज संचालकको पनि बिरोध र्‍यालि

यस अघि अनसनरत डा गोविन्द केसि र सरकारबिच भएको सम्झौताको बिरोधमा निनि मेडिकल कलेज सञ्चालकहरुले काठमाण्डौमा एक र्‍यालि निकालेका छन । डा गोविन्द केसिसंग भएको सम्झौताले चिकित्सा पेशा नै संकटमा पर्ने भन्दै सो पेशासंग सम्बन्धित निजि मेडिकल कलेज सञ्चालकहरुले आफु संग छलफल र सहमति नै नगरि गोविन्द केसिसँग सरकारले सम्झौता गरेको भन्दै गम्भिर आपत्ति जनाएका हुन । सो बिरोध प्रदरशन निजि मेडिकल कलेजहरुको साझा संस्था – एशोसियसन अफ प्राइभेट मेडिकल कलेजले आयोजना गरेको थियो । सो बिरोध प्रदर्शनमा ओम हस्पिटलका मालिक र चर्चित चिकित्सक भोला रिजाल पनि सम्मिलित भएका थिए । बिरोध र्‍यालि माइतिघर मण्डलाबाट सुरु भएर नयाँ बानेश्वरमा सकिएको थियो ।

बिरोध र्‍यालिको बारेमा भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=tMzcNPc1_rM

चिकित्सा क्षेत्र र चिकित्सा बिषय अध्य्यनलाइ व्यवस्थित बनाउने माग सहित आमरण अनशनमा बसेका चिकित्सक डा गोविन्द केसिसँग सरकारले यहि सोमबार चारबुँदे सम्झौता गरेको थियो । सो सम्झौता पछि डा. केसिले अनसन तोडेका थिए। (सो बारेमा यस अघिको भिडियो ब्लग हेर्नुहोस)
 Continue reading