जनै किन लगाउँछन ?

जनै पुर्णिमाको परिचय यहाँ पढनुहोस् ।

हिन्दु परंपरा अनुसार केहि समुदायहरुका पुरुषहरुमा परापुर्वकाल देखि जनै लगाउने प्रचलन छ । जनै एक काँचो धागोको डोरि हो जुन बाँयाबाट दाँया काधमा भिरिन्छ । यो जनै किन लगाइन्छ होला भनेर कौतुहल लागेर सोद्धा किन भन्नेमा धेरै मानिसमा भिभिन्न मत देखियो । लगाउनेलाइ त थाहा भएन भएन, लगाइदिने पुरेत बाजेहरुसंग पनि जनै लगाउनुको चित्त बुझ्दो कारण भने छैनन । प्रायको रेडिमेड जवाफ हुन्छ जनैले “रक्षा गर्छ र यसले बल वुद्धि दिन्छ।” कसरि रक्षा गर्छ र बल बुद्धि कसरि दिन्छ भन्ने कुरामा भने भिन्दा भिन्दै जवाफ छन ।

आज म भिभिन्न श्रोतबाट जनै किन लगाउँछन भन्ने बारेमा प्राप्त जानकारिहरु एकै ठाउँमा जम्मा गर्ने प्रयास गर्दैछु । यो पोष्ट तयार गर्ने प्रेरणा दिने रमेश लुइटेललाइ धन्यवाद ।

janai why janai

हिन्दु परंपरा अनुसार धेरै सम्प्रदायका पुरुष बालकहरु बुझ्न सक्ने उमेरमा पुगे पछि ब्रतबन्ध गरेर जनै लगाउन शुरु गरिदिने चलन छ । ब्रतबन्धले मन मस्तिष्क शुद्धिका साथै चित्त शुद्धबनाउन सहयोग गर्ने मानिन्छ । ब्रतबन्ध गरेपछि बाबुआमाको म्रित्युमा किरिया बस्न लायक हुन्छन । तेसैले, यो प्रचनलन एक हिसावले उत्तराधिकारि बनाउने प्रचलनको रुपमा पनि बुझ्न सकिन्छ ।

जनैको बनोट र यसको धारण

काँचो धागो भन्नाले अन्य कुनै प्रयोजनमा प्रयोग नभएको नयाँ कातिएको शुद्ध धागो हो । यस्तो सुद्ध धागोको डोरिमा तिन फेरो हुने गर्दछ । यि तिन फेरोलाइ ब्रम्हा, बिष्णु र महेशको प्रतिक मानिन्छ । यसरि प्रक्रिया पुर्याएर धारण गरिएको जनै धारण गर्दा शरिर शुद्ध र पबित्र हुने बिश्वास गरिन्छ ।
 Continue reading

जनै पुर्णिमाको परिचय र रक्षा बन्धन आशिर्बाद श्लोक

रक्षा बन्धन श्रावण महिनाको पुर्णिमाको दिन मनाइने एक हिन्दु चाड हो | रक्षा बन्धनको दिन मन्त्रले शुद्ध बनाइएको पहेंलो धागोको डोरी हातमा बाधेर पण्डित अथवा भान्जा वा ज्वाई आदि मान्यजनबाट आशिर्बाद लिने प्रचलन छ | तेस्तै ब्राह्मणहरुले पनि काँचो धागोले बनेको डोरि (जनै) लागाउने गर्दछन | आजकाल, भारतिय प्रभाबका कारण दाजु भाइले दिदि बहिनिलाई राखि (रक्षासुत्र) बाँधेर एक अर्काको सुस्वास्थ र दिर्घायुको कामना गर्ने चलन पनि बढ्दो क्रममा छ |

यसरि रक्षाबन्धन पर्वमा हिन्दु धर्मावलम्बिहरूले शरिर रक्षा तथा आध्यात्मिक शुद्धिका लागि ब्राम्हण पुरोहितद्वारा आ– आफ्ना नाडिमा डोरो बाँधि रक्षा बन्धन मनाउने प्रचलन चलेको छ ।

जनै पुर्णिमा अर्थात रक्षा बन्धनको भिडियो परिचय:

यो पर्बलाइ विभिन्न समुदायमा भिभिन्न नामले बोलाउने प्रचलन छ, केहि नाम हरु निम्न छन् :

  • रक्षा बन्धन (रक्षासुत्र बाँधिने हुनाले)
  • जनै पुर्णिमा (जनै लगाउने पुर्णिमाको दिन हुनाले)
  • ऋषितर्पणि (सप्तऋषिहरूलाइ तर्पण दिने भएकोले)
  • राखि (बिशेषता तराइमा)
  • गुन्हु पुन्हि, क्वाटि खाने दिन (नेवार समुदायमा – नौ गेडागुडि को क्वाटि खाने)
  • ब्याँजा नकेगु (भ्यागुताको पुजा गर्ने दिन)

रक्षा बन्धन

यसरि धागो वा राखि बाँध्दा निम्न श्लोक पाठ गर्ने गरिन्छ :

येन बद्धो बलि: राजा दानवेन्द्रो महाबल:।
तेन त्वामभिबध्नामि रक्षे मा चल मा चल॥

यो श्लोकको नेपालि अर्थ हुन्छ – जुन रक्षासुत्र ले महान शक्तिशालि तथा दानि राजा, बलिलाइ बाँधिएको थियो, त्यहि रक्षाबन्धन ले मैले तिमि/तपाइलाई बाँधि दिन्छु, जसले तिम्रो/तपाइको रक्षा गर्नेछ।

यो दिन राजधानिका विभिन्न देविदेवताका मन्दिर परिसरमा ब्राम्हणहरु विहानै देखि बसेर श्रद्धालु भक्तजनहरुका नाडिमा रक्षाबन्धन बाँध्ने गर्दछन ।

 Continue reading