सौगात र सृष्टिको रोमान्स, फिल्म हल देखि रारा ताल सम्म

हालै सौगात मल्ल र सृष्टि श्रेष्ठ मुगुको रारा तालमा फेला परेका छन् । कसैलाइ थाह नदिइ, रारा ताल डेटिङ्मा पुगेको यो जोडिले कसैले चिनिहाल्छ कि भनेर तर्कि तर्कि हिंडेको खवर छ ।

दुइ महिना अघि “झुम्कि”हेर्न फिल्म हल छिर्दै गरेका सौगात र सृष्टि हालै सुदुर पश्चिमको रारा तालमा ४ दिन लामो डेटिङ् सकेर फर्केका छन । रारामा उनिहरुलाइ संगै देख्ने मेरा एक मित्रबाट प्राप्त खवर अनुसार अनुसार, उनिहरु राराको डाँफे लजमा कार्तिक २५ गते बिहीबार सम्म बसेका थिए। उनिहरुको लामो बसाइ त्यो बेला छोटियो जव एक फिल्मको शुटिंग टोलि त्यहाँ पुग्यो । “हिटलर” फिल्म शुटिंग टोलि रारा पुगे पछि सौगात र सृष्टिको जोडि हतार हतार त्यहाँबाट प्रस्थान गरेको थियो ।

सौगातका प्रेम र अफेयरहरु

केहि समय अघि सौगात मल्ल र सरिता गिरि बिचको प्रेम लामो र घनिष्ट रहेको थियो । सरिता गिरिले एसएलसि पास गरेपछि बिरेन्द्र हमालको एम आर थियटरमा अभिनय सिक्न जाँदा भेटेका सौगातसंगै यति घनिष्ट सम्बन्ध भयो कि उनिहरु करिव दश बर्ष प्रेम सम्बन्धमा रहे । तर, यो जोडि सन २०१० ताका छुट्टिएपछि सौगात एक्लो भएका थिए । सरिता भन्छिन, “परिवारलाइ खुशि राख्न हामि छुट्टिएका हौं ।”
 Continue reading

सुजातालाइ ५० लाख, सर्बत्र बिरोध; उपचार खर्च भनेर कसले कति रकम पाएका थिए ?

कांग्रेस नेतृ सुजाता कोइरालालाइ उपचार खर्च भनेर रु ५०,००,००० दिएको बिरोध भइ रहँदा, उनका स्वकिय सचिव लक्ष्मण थपलियाले अरु नेताले उपचार खर्च लिन हुने सुजाताले किन ननुहुँने भनेर प्रतिप्रश्न गरेका छन् । पहिला पनि बाडिएको सहि हो र सरकारि तवरमा यसरि मनपरि पैसा बाँड्ने चलनको अन्त्य नभइ नहुने भएको छ ।

स्तन क्यान्सरको उपचारको लागि सुजाता सिंगापुर तिर गइ सकेकि छिन् । बिरोधको बारेमा भिडियो रिपोर्ट :

https://www.youtube.com/watch?v=sokI3S-yAsk

उपचार खर्च भनेर राज्य ढुकुटिबाट कसले कति कति रकम लिए भन्ने बारेमा निम्न सुचिले प्रष्ट पार्दछ ।

उपचारखर्च पाउने भाग्यमानिहरु

  • पुर्वप्रधानमन्त्रि स्व. शुशिल कोइराला १ करोड ९१ लाख ८१ हजार ३ सय ७३
  • पुर्वप्रधानमन्त्रि केपि शर्मा ओलि १ करोड २६ लाख ३५ हजार १ सय ३७
  • पुर्वराष्ट्रपति डा. रामवरण यादव– ६० लाख
  • पुर्वप्रधानन्यायाधिश रामकुमारप्रसाद साह ५० लाख ३९ हजार १ सय ७
  • पुर्वपरराष्ट्रमन्त्रि चक्रप्रसाद बाँस्तोला ५० लाख
  • माओवादि नेता नारायणकाजि श्रेष्ठ– ३८ लाख
  • पुर्वसांसद स्व. रामनाथ ढकाल ३२ लाख १८ हजार ४ सय २१
  • पुर्वगृहमन्त्रि गोविन्दराज जोशि २७ लाख ८० हजार
  • पुर्वप्रधानमन्त्रि डा. तुलसि गिरि २५ लाख
  • पुर्वउपसभामुख पुर्णकुमारि सुवेदि २५ लाख
  • कांग्रेस नेता खुमबहादुर खड्का– २० लाख
  • पुर्वपरराष्ट्रमन्त्रि स्व. साहना प्रधान १३ लाख ६४ हजार ३ सय ६५
  • पुर्वराज्यमन्त्रि महेन्द्र यादव ७ लाख ८८ हजार १ सय ६५
  • पुर्वप्रधानमन्त्रि लोकेन्द्रबहादुर चन्द ५ लाख
  • पुर्वअर्थमन्त्रि रामशरण महत २ लाख ८३ हजार ८ सय ९७