के अब प्रचण्ड बस्ने घर आँफ्नै हुन्छ ? कि नयाँ बन्ने नेकपा को हुन्छ ?

दुइ बर्ष अघि बनाएको निम्न भिडियोले भर्खर १० लाख भ्यु पाएछ। यो अनौठो संयोग नेकपा माओबादि र नेकपा एमाले बिच एकता संगै मिलेको छ । उक्त भिडियोमा कसरि देशको अवस्था जति बिग्रे पनि हाम्रा नेताहरुले आर्थिक अवस्था भने सप्रिरहेको छ भन्ने देखिन्छ । यो भिडियो रिपोर्ट मा देशका शिर्ष नेताहरु कस्तो घरमा बस्छन भन्ने विवरण समावेश गरिएको छ।

केहि समय पहिले मैले प्रचण्डको नयाँ घरको बारेमा पनि भिडियो रिपोर्ट बनाएको थिएँ यहाँ हेर्नुहोस - 

त्यो बेलामा प्रचण्ड र बाबुराम पार्टी निर्णय अनुसार भाडाको घरमा बस्थे। अब त माओबादि पार्टि पनि एमालेमा बिलय भएको छ। के प्रचण्डले अब भर्खर सरेको नयाँ बास्स्थान भाडाको नभएर आँफ्नै हो भन्लान त? 
 Continue reading

राशिअनुसार प्रेम

राशिअनुसार मानिसको स्वभाव पनि फरक हुने विश्वास गरिन्छ । ज्योतिषशास्त्रको मान्यताअनुसार राशिकै आधारमा व्यक्तिको स्वभावको मुल्याङ्कन र भविश्य निर्धारण गरिन्छ । मानिसमा राशि अनुसारको स्वभाव हुने हुनाले सम्बन्ध, प्रेम प्रसङ्ग लाइ पनि जोडन मिल्छ ।

विवाह गर्न र प्रेम गर्न कुन राशिसंग राम्रो होला भन्ने कौतुहलता मेटन प्रस्तुत छ – तपाईको राशि कुन राशिसंग मेल खान्छ र कुन संग खाँदैन।

मेष राशि

राम्रो – मेष, सिंह या धनु
सामान्य – कुम्भ, तुला या मिथुन
ठिकै – वृष, कन्या या मकर
नमिल्ने – वृश्चिक, मिन या कर्कट

वृष राशि

राम्रो – वृष, कन्या या मकर
सामान्य – कर्कट, वृश्चिक या मिन
ठिकै – मेष, सिंह, या धनु
नमिल्ने – मिथुन, तुला या कुम्भ

मिथुन राशि
 Continue reading

१० जना डिभोर्स गर्ने अभिनेत्रिहरु

नेपालि चलचित्र क्षेत्रमा श्रिमान श्रिमति बिचको खटपट र सम्बन्ध बिच्छेद को समस्या विकराल छ । लामो समयसम्म विवाह टिक्ने भन्दा सम्बन्ध बिग्रने धेरै छन । यसरि सम्बन्ध बिग्रनेमा नायक नायिका मात्र नभएर निर्माता, निर्देशक, प्राविधिक आदि पनि धेरै छन । आज म सम्बन्ध बिच्छेद हुने २ दर्जन नायिकाहरूको चर्छा गर्दैछु

1. रिमा विश्वकर्मा र रोर्बट विश्वकर्मा

सन २०१५ मा बिवाह गरेका नायिका तथा मोडल रिमा विश्वकर्मा र बेलायत बस्ने उनका श्रिमान रोबर्टले दुइ बर्षमा नै सम्बन्ध बिच्छेद गरे । सन् २०१५ को अन्त्य तिर प्रेमी रोबर्ट बिकसँग रिमाले विवाह गरेकी थिइन् । शुरुको १ बर्ष सुमधुर रहे पनि उनिहरु बिच त्यसपछि भने फाटो बढ्दै गयो । अनिले उनिहरु कानुनि रुपमा नै अलगिएका छन भने रोवर्टले अर्को विवाहको तयारि पनि गरिसकेका छन ।

रिमाका पुर्वश्रिमान रोवर्ट विकले मोरंग स्थायी घर भएकी बर्षा रसाईलिसँग इन्गेजमेन्ट पनि गरि सकेका छन ।

2. अरुणिमा लम्साल र अमित अर्याल

विवाह गरेको लामो समय पछि एक छोरिका बाउआमा अरुणिमा लम्साल र अमित अर्याल अमेरिका पुगेर डिभोर्स गरेका छन, सन २०१७ मा । अरुणिमाले स्वतन्त्रता नपाएको भन्दै सम्बन्ध टुंग्याएको भने पनि सो बारेमा अरु विवरण प्राप्त हुन सकेको छैन ।

अरुणिमा र अमित आँफ्नि छोरिका साथ ग्रिनकार्ड लिएर अमेरिका गएका थिए ।


सन २०१२ को फोटो – अरुणिमा र अमितको
 Continue reading

अनमोल र अदितिको रोमान्स स्कटल्याण्डमा, फिल्म “क्रि” को दोश्रो गित रिलिज हुँदै

नोट – कृ, कृष्ण आदि संस्कृत आगन्तुक शव्द भएको र “रि”आवाज आउँने ृ नेपालि भाषामा छैन । हिन्दि संस्कृतमा “ऋ” हुने भए पनि नेपालि वर्णमालामा यो अक्षर नै नहुने हुनाले मैले यसको सट्टा “रि” प्रयोग गर्ने प्रयास गरिएरहेको छु । “ऋषि” लाइ “रिषि” लेख्दा अनि “संस्कृत” लाइ “संस्क्रित” लेख्दा कस्तो देखिएला कमेन्ट गर्नुहोला । हुन त आजकल “ऋतु”लाइ सजिलो बनाएर “रितु” लेख्न पनि थालिएको छ ।

नेपालि सिने क्षेत्रमा अनमोलको अचम्मको क्रेज देखिएको छ । युवाहरु बिच मन पराइएका अनमोल केसि र नव-नायिका अदिति बुढाथोकिको बहुप्रतिक्षित फिल्म “क्रि” यहि हप्ताबाट देशभर प्रदर्शन शुरु हुँदै छ । फिल्मको ट्रेलर र एउटा गित (“यति यति पानि” बोलको) चर्चित भएकोले फिल्मको शुरुवाति ब्यापार राम्रो हुने सम्भावना देखिएको छ। फिल्म को त्यस पछिको ब्यापार भने दर्शकहरुले दिने प्रतिक्रियाले नै निर्धारण गर्नेछ।

फिल्मको दोस्रो गित सोमवार सार्वजनिक गरिंदैछ । फिल्म रिलिजको २ हप्ता अघि स्कटल्याण्ड पुगेर हालैमात्र ३ दिन लगाएर खिचिएको ‘मैले जानि नजानि’ बोलको गितको भिडियोमा अनमोल र अदिति को रोमान्स देखिन्छ । रोदित भण्डारिले गाएको र उनकै शब्द र रोदित ले विशेष पाण्डेसंग मिलेर कम्पोज गरेको संगितले दर्शकहरुको कत्तिको मन छुने हो हेर्न बाँकि नै छ ।

“क्रि”लाइ सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् फिल्म र गित पुरुषोत्तम प्रधानले खिचेका हुन भने गिरको कोरियोग्राफि विक्रम लामा र एन्जिलिना खत्रिले गरेका हुन् ।
 Continue reading