प्रचण्ड पुत्र, प्रकाश दाहालको जिवनि

नोट : प्रकाश दाहाल दिवंगत भएको एक बर्षको उपलक्षमा उनको एक स्मारिकामा प्रकाशित भएको थियो। यो प्रकाश दाहालको जिवनि सोहि स्मारिकाबाट साभार गरिएको हो। आनन्दको नेपालि अनुरुपको बनाउन यसमा भएका सबै दिर्घलाइ ह्रस्व बनाइएको छ।

(क) बाल्य काल :
साकार दाहाल क. ‘प्रकाश’को जन्म वि.सं. २०३८ साल असार महिनाको १७ गते (सन् १९८१ जुलाइ १) बुधबारका दिनचितवन जिल्लाको शिवनगर गाविसको भिमसेननगरमा भएको हो । पिता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माता सिता दाहालको कोखबाट जन्मिएका प्रकाश परिवारको कान्छो सन्तान थिए । तिन छोरि ज्ञानु दाहाल, रेनु दाहाल र गङ्गा दाहालपछि कान्छो सन्तानका रुपमा जन्मिएका कारण साकार ‘प्रकाश’ सानै उमेरदेखि सबैका प्रिय थिए ।
हजुरबुवा मुक्तिराम दाहालको परिवार वि.सं. २०१९ सालमा कास्किको ढिकुरपोखरिको लेवाडेबाट बसाइ सरि शिवनगर आएको थियो, जतिबेला प्रकाशका पिता प्रचण्ड जम्मा ८ वर्षका थिए । प्रचण्ड परिवारको निम्न मध्यमवर्गिय आर्थिक धरातल थियो । चितवनमा भएको अढाइ बिघा जमिनमा कृषि गरेर परिवार पालिन्थ्यो ।
जतिबेला प्रकाश दाहालको जन्म भयो, त्यतिबेला पिता प्रचण्ड तात्कालिन चौथों महाधिवेशनको ‘होल्टाइमर’को रुपमा भुमिगत राजनितिमा हेलिएका थिए । आर्थिक अवस्था दयनिय थियो । राजनितिक र आर्थिक असुरक्षाका बिच २०३८ मा प्रकाशको जन्म भयो । बुवाको भुमिगत राजनितिका कारण तिन छोरा र एक छोरा प्रकाशको लालनपालन र शिक्षादिक्षा आमा सिताकै मुख्य जिम्मेवारिमा आयो ।
प्रकाश दाहाल सानैदेखि निर्भिक र हक्कि स्वाभावका थिए । आफुलाइ जे कुरा लाग्थ्यो, त्यो फ्याट्टै भन्थे, मनमा लोभ र कसैप्रति इश्र्या बिल्कुलै थिएन । नयाँ कुरा देख्नेबित्तिकै सिक्नुपर्ने स्वाभाव प्रत्येक बालकमा हुन्छ, प्रकाशमा पनि त्यो स्वाभाव थियो, तर सरदरभन्दा ज्यादा । हरेक नयाँ कुरा सिक्न उनि उत्सुक भइहाल्थे । त्यहि उत्सुकताका कारण बाल्य कालमा पनि सबैका प्रिय थिए प्रकाश ।
प्रकाश सानैदेखि निकै असल र मिलनसार स्वाभावका थिए । आमा सिता दाहाल भन्छिन्, ‘‘सानैमा असाध्यै असल थियो प्रकाश । ‘नगर बाबु’ भन्नेबित्तिकै सबै कुरा मानिहाल्थ्यो ।’’शिवनगरका उनका दौंतरिभन्दा प्रकाश ज्यादा नै सरल थिए, जोसँग पनि घुलमिल भइहाल्थे । सरल स्वाभाव र आज्ञाकारिता नै सबैले प्रकाशलाइ गर्ने ‘विशेष माया’को मुख्य कारण थियो । भिमसेननगरका आम मान्छेका लागि एक रोमाञ्चक बालक थिए प्रकाश दाहाल ।
 Continue reading