घरैमा बसेर होलि खेल्न मन छ भने घरमा बहालमा बस्ने र बालबच्चाको गोठालो लागम है

यस्तै छ यहाँ … गोली हान्न पाइए पनि लोला हान्न चै पाइदैन …

दिन दहाडै देशकै ठूलो कारागारमा गोली हान्न रोक्न नसक्ने सरकारले लोला हान्न चै रोक्ने पक्का भएको छ |

पुलिसले त हान्ने लाइ मात्र होइन नहान्ने लाइ पनि कारबाही गर्ने भा को छ रे |

lola-holi

बालबालिकाले लोला हाने उनका अभिभावकलाई र भाडामा बस्नेहरुले लोला हाने घरबेटीलाई समेत कारबाही हुने प्रहरीले जनाएको छ ।

घर भाडामा लागाउनु भएको छ भने सबै काम छोडेर बहालमा बस्नेको गोठाला लागे भो … आफ्ना बच्चाले त भनेको मान्लान ती भाडामा बस्ने ले  त झन के मान्लान र |

अहिले सम्म प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट तीस जनाभन्दा बढीलाई पक्राउ गरी सार्बजनिक अपराध ऐनअन्तर्गत कारबाही सुरु गरिसकेको बताएको छ । भने पछि तिनीहरु अब होलि पछि मात्र छुट्ने होलान नि |

घरैमा बसेर होलि खेल्न मन छ भने घरमा बहालमा बस्ने र बालबच्चाको गोठालो लागम है |

lola-in-holi

 

अब कान्तिपुरको यो लेख अभद्र भो भनेर खुबै चर्चा परिचर्चा हुदा अहिले कान्तिपुरले तलको फोटो पनि थपेको रहेछ – हाम्रा मठ मन्दिर र परम्परा पनि अलिक बढी नै छाडा हुन कि?

linga-yoni-holi

(सबै भन्दा माथिको फोटो फ्लिकर बाट, बीचको कहाँ बाट भेटेको थाहा भएन (थाहा भो nepal diary को रहेछ ), र अन्तिम फोटो कान्तिपुरको साइट बाट)