मनोरन्जनको लागि फिल्म हेर्नुहोस

एक जना नेपाली फिल्म पत्रकारले फेसबुकमा “अति राम्रो” कुरा गरे | तर, मलाइ तेस्तो “राम्रो” कुरो एक रत्ति पनि मन परेन | ल पहिले राम्रो कुरो पढ्नुहोस :

बलिउडको कलाकारले एउटा फिल्ममा अभिनय गरे वापत ५० करोड पारिश्रमिक पाउँछन् । नेपाली चलचित्र भने ५० लाखमा बन्छ । अनि नेपाली दर्शकहरू नेपाली चलचित्र हिन्दी चलचित्र जस्तो भएन भन्नु हुन्छ । जबकी बलिउडको एउटा कलाकारले पाउने पारिश्रमिकबाट नेपालमा करिब २०० चलचित्र बन्ने गर्दछ । त्यसैले नेपाली चलचित्रलाई गाली नगरौं । एक पटक नेपाली चलचित्र हेर्ने बानी बसालौं अनि राम्रो नराम्रो कमेन्ट गरौं । जय सिनेमा !!!

पहिलो कुरो, “५० करोड पारिश्रमिक” अलिक कम भो | सलमान खानले हालै बढाएर बनाएको यो रेट भारतीय रुपैंया हो र यसलाई नेपाली ५० लाखमा बन्ने नेपाली फिल्म संग तुलना गर्न मिल्दैन  | अब मलाइ चित्त नबुझेको कुरो:

१. पैसाले राम्रो कलाकार बनाउने होइन | पैसा कै कुरा गर्ने हो भने, पहिलेको “कुसुमे रुमाल” भन्दा बढी खर्च गरेर बनाएको नयाँ “कुसुमे रुमाल” किन तेस्तो असफल भयो त ?

२. पैसा कम छ र राम्रो फिल्म बनाउन नसक्ने हो भने प्रोडुसर ले किन फिल्म बनाउनु पर्यो सिडी पसल थापेर बसे भै हाल्यो नि ? बजार छैन, घाटा भो भन्दै ४ – ४ ओटा फिल्म एकै पटक कसले रिलिज गर्नु भनेको थियो?

३. मन नलागी नलागी “एक पटक नेपाली चलचित्र हेर्ने बानी” बसाल्नुको सट्टा राम्रो चलचित्र बनाउने बानी बसाले कस्तो होला ?

४. यो कम्पिटिसनको जमाना हो | नराम्रो फिल्म छ भने जतिसुकै आदर्श छाँटे पनि कसैले हेर्दैन |

५. डुब्ने ठाउँमा लगानी गर्ने अनि डुब्न लाग्यो बचाउ भन्नु सुहाउछ ? प्रोडुसरको मुर्खताको सजाय किन दर्शकलाइ दिने ?

नेपाली फिल्म बनाउनेहरु दर्शक लाइ बेबकुफ बनाउने काम मात्र गर्छन | तेसो नहुदो हो त बलिवुडमा हंगामा मच्चाउन सफल मनिषाको फिल्म फ्लप हुन्थ्यो त? “कागबेनी”, “मेरो एउटा साथि छ” जस्ता फिल्म बनाए “हेर्न आउ” भनेर बोलाउनै पर्दैन |

म त राम्रो फिल्म मात्र हेर्ने सुझाब दिन्छु | नराम्रो फिल्म छ भने “कसैको लागि” भनेर केही  गर्नु आबश्यक छैन | यदी तपाइँ नेपाली चलचित्रलाइ सच्चारुपमा माया गर्नुहुन्छ भने नराम्रो नेपाली फिल्म नहेरेर यो क्षेत्रलाइ सुध्रिने मौका दिनु होला ! जय सिनेमा !!!

nepali film

मलाइ दिपक को कमेन्ट पनि मनपर्यो;

सतही रूपमा हेर्ने हो भने फिल्मीखबरको कुरा ठिकै हो। अनि यदि कसैले हिन्दी फिल्म जस्तो हाम्रो फिल्म किन छैन भन्छ भने उसलाई यो जवाफ दिए राम्रै पनि होला। तर फिल्म पैसाले गर्दा राम्रो या नराम्रो हुने होईन्। कम पारश्रमिक दियो भनेर एउटा कलाकारले नराम्रो अभिनय गर्दैनन्। यदि उ साँच्चै कलाकार हो र जागिरे होईन भने। विश्वको अधिकाँश राम्रा फिल्म लगानी गर्ने पैसा धेरै भएकाले राम्रा भएका होईनन्। टेक्नोलोजी र पैसा नभएकाले हामीले राम्रो फिल्म बनाउन नसकेका हौं भन्ने भ्रमबाट हामी पत्रकार र फिल्ममेकरहरू सबै मुक्त हुन सक्नु पर्छ। फिल्म हामीले बनाउन नजानेकाले नराम्रो बनेको हो। हामीमा आफ्नो कथा भन्ने आँट नभएकाले हामीले राम्रो फिल्म बनाउन नसकेका हौं। हामीसँग अरूले गरिसकेको काम उतार्ने बानी भएकाले हामीले राम्रो फिल्म बनाउन नसकेका हौं। कविताको गुण र दोष पार्कर पेनले लेखेको हो कि स्टारलाईनले भनेर छुट्टयाउन मिल्दैन्। स्टारलाईन लेखेपनि राम्रो कविता राम्रै हुन्छ। पार्कर पेन थिएन त्यहि भएर राम्रो कविता लेख्न सकिन भन्न नमिल्ला|

फिल्म नचल्नुमा दर्शकको दोष ?

नेपालका एक निर्देशक ले नेपाली दर्शकहरुले राम्रा फिल्म नहेर्नु उनीहरुको दोष भनेका रहेछन | उनको भनाइ जस्ताको तस्तै:

राम्रा फिल्महरु कमै बन्छन, यो मेकर हरुको दोष हो … कति राम्रा फिल्म हरु पनि चल्दैन्, यो दर्शक हरुको दोष हो … !

ramra film

अब निर्देशकले कुन राम्रो कुन नराम्रो भनेर छुट्याउन सक्ने भए त नराम्रो फिल्म बन्ने नै थिएनन् होला नि, होइन र निर्देशक साप ?

राम्रो फिल्म त्यही हो जसलाई दर्शक ले मन पराउछन | उनीहरु लाइ निर्देशक वा अरु कुनै मानिसले कति मेहनत गरेको छ, कुन कुन प्रविधि प्रयोग गरेको छ, कति खर्च गरेको छ … आदि केहि मतलब हुदैन | फिल्म हेर्दा आउने सन्तोषले नै फिल्म को सफलता र असफलता निर्धारण गर्दछ |

फिल्मलाइ गरिने प्रचार प्रसार, रिलिजको समय आदि कुराले फिल्म को लोकप्रियतामा पक्कै पनि फरक पर्छ | तर यदी फिल्म अब्बल दर्जाको छ (अतिनै राम्रो) भने बिस्तारै एक कान दुई कान मैदान भएर आफैँ प्रचार प्रसार हुन्छ र दर्शकले ढिलो चाडो नहेरी छोडदैनन् | तर त्यस्ता फिल्म अतिनै कम बन्छन |

नेपाली फिल्म बजारमा धेरै नराम्रा फिल्म बन्ने हुनाले “ठिकै राम्रा” फिल्महरुलाइ पनि “राम्रो” फिल्म भन्नु पर्ने बाध्यता छ | त्यसैले त्यस्ता “राम्रा” फिल्महरु प्रोड्युसर, वितरकको कमी कमजोरी का कारणले कहिले काँही नचल्न पनि सक्छन | तर, यस्तो अबस्थामा पनि दर्शक लाइ दोष दिन भने मिल्दैन |

दर्शकहरुलाई  फिल्म राम्रो छ भनेर बिश्वास दिलाउन नसक्ने फिल्म बनाउने मानिसहरुको कमजोरी को दोष दर्शक लाई किन ? जब सम्म अरुलाई दोष दिने चलन हट्दैन तब सम्म राम्रा चलचित्र बनेनन भनेर गुनासो गर्ने ठाउँ पनि रहदैन |