महिलाहरु बिच प्रचलित स्वस्थानिको ब्रत महिला बिरोधि भएको आवाज उठने गरे पनि यसको लोकप्रियतामा कुनै कमि आएको छैन । आजको भिडियोमा यिनै कुराको चर्चा गर्नुको साथै, भिडियोमा नसमेटिएको स्वस्थानिको ब्रत कथाको परिचय भिडियो पछि लेखिएको छ।
आज यो भिडियो ब्लगमा राखिएको भिडियोको सारांश:
- नारिहरुले गर्ने र नारि देबिको ब्रतकथा कसरि पुरुष प्रधान छ ?
- के के कारण ले यो कथा महिला बिरोधि मानिएको छ ?
- किन स्वस्थानिलाइ स्वस्थानि ब्रतकथा नभनेर “महादेव ब्रतकथा” भन्न सकिन्छ ?
- स्वस्थानिका अनुसार नारिले गर्न नहुने र गरेमा पाप लाग्ने के के कुरा हुन ?
- के स्वस्थानिमा सबै महिला बिरोधि कुरा मात्र छन् त ?
- महिलावादिले स्वस्थानिको बिरोध गरेकोमा पुरुषहरुले के भन्छन?
- के स्वस्थानिको पुनर्लेखन आबश्यक छ त ?
श्रि स्वस्थानिको ब्रत कथा के हो ?
हरेक वर्षको पौष शुक्लपुर्णिमा देखि माघ शुक्ल पुर्णिमासम्म नारिहरूले अत्यन्त श्रद्धापुर्वक श्रि स्वस्थानिको व्रत गर्ने चलन छ । स्वस्थानिको पौराणिक कथा अनुसार सत्ययुगमा हिमालयकि छोरि पार्वतिले महादेवसंग विवाह गर्न पाउँ भनेर बालुवाको शिवलिङ्ग बनाएर भोकभोकै तपस्यामा गरेकि थिइन् । कथा अनुसार तपस्याबाट प्रवावित भएर भगवान बिष्णु उत्पन्न भएर पार्वतिको मनोकाङ्क्षा पुरा भएको थियो। सोहि तपस्यालाइ नै स्वस्थानि ब्रत बिधि मानिएको हो। इच्छाएको पति पाउनुको अलवा स्वस्थानि ब्रतको प्रभावले सुख सन्तोष, उन्नति अमन चयन प्राप्त हुने पनि विश्वास गरिन्छ ।