गुगल ब्वाइलाइ १ करोड दिनुमा ओलिका कारणहरु र मलाइ चित्त नबुझेका ४ कुराहरु

प्रधानमन्त्रि केपि शर्मा ओलिले “गुगल ब्वाइ” भन्दै आदित्य दहाललाइ दिइएको रु १ करोड रुपैंया दिनै पर्ने भएको भन्दै बचाउ गरेका छन एक टेलि भिजन कार्यक्रममा । उनले भनेका कुराहरुको सम्पादित अंश निम्न भिडियोमा राखिएको छ :

ओलिले भनेका कतिपय कुराहरु आधार नभएका देखिन्छन :

१ – “आदित्य दाहाल एउटा असाधारण, विलक्षण प्रतिभामात्रै होइन, प्रतिभाभन्दा पनि पृथक ..”

आदित्य दाहाल असाधारण र विलक्षण प्रतिभा भएको ब्यक्ति हुन भनेर कुनै सरकारि निकायले निर्णय गरेको थियो र ? वा, कुनै अध्ययनले उनको असाधारण ब्यक्तित्वले देशलाइ फाइदा पुग्ने भनेर निर्णय गरेको हो  ? हुन त उनले थपेका थिए “पढाइ लेखाइ नभएको बच्चाले एउटा भाषामात्रै होइन, चिनियाँ भाषामा पनि लेखेर जवाफ दिने, रुसिमा पनि दिने, अर्को अंग्रेजिमा पनि दिने ।” तर, त्यतिले मात्रै बिलक्षण भएको प्रमाणित भने हुँदैन । मानौं उनि विलक्षण भएकै प्रमाणित भयो – तर पनि, राज्यले उनि माथि लगानि गर्नु पर्ने ठोस आधार प्रमाणित हुनु पर्यो । उनि विलक्षण हुनुले जनतालाइ राहत पुग्ने, देश बिकास हुने, रोजगारि सिर्जना हुने, आर्थिक फाइदा हुने वा यस्तै खालको कुनै फाइदा हुनु पर्यो।

अनि, तेस्तै “बिलक्षण” प्रतिभा भएका अरु २-४ जना निस्किए भने राज्यले के गर्ने ? के सरकारले ति सबैलाइ एक एक करोड बाँडन सक्छ त ?

२ – “शेरबहादुर देउवा र प्रचण्ड सत्ता पक्षका र विपक्षि दलका प्रमुख नेताहरु गुगल ब्वाइलाई लिएर मकहाँ आए । आदित्य दाहाललाई लिएर मकहाँ आए ।”

तिनै शेरबहादुर देउवा र प्रचण्ड ले अविश्वासको प्रस्ताव पनि लिएर गएका थिए, राजिनामा पनि मागेका थिए । उनिहरुको विश्वासको प्रस्ताव र राजिनामाको माग चाँहि नमान्ने अनि आदित्य दहाललाइ पैसा दिने कुरा मान्नु पर्ने किन होला ? अझ, उनिहरुले नै भुकम्पपिडितलाइ २ लाख दिनु पनि त भनेका थिए नि, होइन र ?

सरकार प्रमुख जस्तो ब्यक्तिले अरु नेताले भनेको हुनाले १ करोड दिएँ भन्न सुहाउने कुरा होला ?

३. “उपचारका लागि जुन रकम दिइएको थियो, त्यसमा थोरै रकम खर्च गरेर जो फिर्ता गरिएको थियो, त्यसमाथि केही लाख थपेर आदित्य दाहाललाई दिएको हो ।”

यो झन अचम्मको कुरा रहेछ । उनिहरुले पैसा फिर्ता कसरि र किन गरे ?  फिर्ता गर्ने बित्तिकै किन माग्न गए ? फेरि माग्ने हिसाव मिलाउन फिर्ता गरेको त होइन ? यो कुराले त, फिर्ता गर्यो भने त्यसलाइ बढि बनाएर फेरि माग्न मिल्छ भनेर योजनाबद्ध रुपमा नै फिर्ता दिने कार्य भएको जस्तो देखियो ।

अर्को कोणबाट हेर्दा, शुशिल कोइराला सरकारले दिएको १ करोडको औचित्य नै पुष्टि नहुने देखियो । आदित्यले अमेरिकामा आफ्नो उपचार हुन सक्छ भनेको आधारमा कोइराला सरकारले १ करोड दिएको बुझिन्छ । तर, उनले भने जस्तो अमेरिकामा उपचार हुन सकेन । यसरि, उनले गरेका भबिष्यबाणि नमिल्ने देखियो भने सरकारि लगानि पनि गलत ठाउँमा प्रयोग भएको देखियो । सरकारले बजेट बनाउँदा खर्च हुन नसकेको आयोजनामा फेरि रकम बिनियोजन गर्ने गर्दैन तर, केपि ओलिको – खर्च नभएको हुनाले अरु थप गरिएको भन्ने आशयको कुरा आँफैमा बाझिएको छ ।

४ “आदित्य दाहाल ४ वर्षको बच्चा भए पनि उनलाइ व्यक्तिले घर दिन्छु भन्न गए । तर, उनले म व्यक्तिबाट लिन्न भने । सरकारले गर्छ भने त्यो बेग्लै कुरा हो, व्यक्तिबाट लिन्न भन्ने कुरा थियो ।”

आदित्य ४ बर्ष होइन यहि महिना ६ बर्षका हुँदै छन । अनि उनले सरकारि पैसा मात्र लिन्छु भन्नुको कारण के हो ? आदित्यलाइ पैसा नभएर कुनै समस्या भएको रहेनछ । अति नै आबश्यकता परेको भए जो संग पनि लिन्थे होलान । सरकारले दिए मात्र लिन्छु नत्र लिन्न भनेर बस्थेनन होला । अनि आबश्यकता नै नपरेको ब्यक्तिलाइ सरकारि पैसा किन बाँडनु ?

 Continue reading

अल्पमतका प्रम केपि ओलिका महत्वपुर्ण निर्णय, गुगल ब्वाइ आदित्य दहाललाइ एक करोड

कांग्रेस र माओबादि केन्द्रले अल्पमतमा परेको सरकारलाइ महत्वपुर्ण निर्णय नगर्न भनेकै भोलिपल्ट सरकारले बिभिन्न महत्वपुर्ण निर्णय गरेको छ ।

https://www.youtube.com/watch?v=kbkN3k8ASVg

ति निर्णयहरु मध्ये सरकारले आदित्य संरक्षण प्रतिष्ठानलाइ एक करोड रुपैयाँ दिने निर्णयको सर्बत्र बिरोध भएको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रतिष्ठानको सवारि साधन, आवास र साधनाका लागि आवश्यक भौतिक पुर्वाधार निर्माणका लागि रकम दिने निर्णय गरेको थियो ।
 Continue reading