प्रकाश पछि बीनालाइ पनि कारबाही

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का अध्यक्ष हिमाल शर्माले एक बिज्ञप्ति निकाली प्रचण्ड पुत्र प्रकाश दाहाल संगै बेपत्ता भएकी बिना मगरलाई अखिल क्रान्तिकारीबाट निलम्बन गरेका छन् । बिज्ञप्तिका अनुसार बीना मगर ०६९ असार २० गते देखि संगठनको सम्पर्कमा आएकी छैनन । बिज्ञप्तिमा बीना असार २१ गते देखी घरमा नआएकी, २३ गते देखी टेलिफोन सम्पर्कमा समेत नरहेकी, प्रकाश दहाल -बिना मगरको प्रेम चक्करको बारेमा बिभिन्न समाचार आउदा पनि कुनै प्रतिक्रिया नदिएकी, र प्रकाशलाइ पार्टीले कारबाही समेत गरेको हुनाले गंम्भीर "सांस्कृतीक विचलनको प्रश्न तथा आशंका पैदा भएको" बताएका छन् ।

अखिल क्रान्तिकारीले संगठनको तर्फवाट आन्तरीक छानविन गर्ने निर्णय गरेको पनि विज्ञाप्तिमा बताइएको छ।

तत्कालको लागि विना मगरलाई संगठनको केन्द्रीय सचिवालय सदस्य र क्रान्तिकारी स्ववियु काउन्सील, नेपालको संयोजकबाट समेत निलम्वन गरिएको छ ।

bina_magar_annisu(revolutionary) flag_on_everest

बीनाले प्रकाशलाइ भगाएकी हुन कि ?

माओवादी पार्टीले प्रकाशले गल्ती गरेको भनेर कारबाही गर्यो तर पार्टी सदस्य बीनाले गल्ती गरेको अहिले सम्म मानेको छैन । भात्रृ संगठन अखिल क्रान्तिकारीले पार्टीकै कारबाहीलाइ आधार बनाएर बीनालाइ कारबाही गरेको छ । जति पनि समाचार र सोसल मिडियामा गफ हुन्छन सबैले प्रकाशले नै भगाएको मान्दछन । पुरुष प्रधान समाजमा पुरुषले नै भगाएको भनेर अनुमान लगाउन सजिलो छ । बिनालाइ पनि कम आक्न सकिन्न।  विद्यार्थी नेत्री भएर प्रभाब छाड्न सक्ने र सागरमाथ आरोहण गर्ने सहासी युवतीले कुनै युवकलाई भगाउनु कुनै ठूलो कुरा त नहोला ।

प्रकाश आफ्नो बाबु प्रचन्डको प्रभाब र इच्क्षा  हुदा हुदै पनि आफ्नो छुट्टै पहिचान बनाउन नसकेको कुरा कसैबाट लुकेको छैन भने बीना भने आफ्नै लागन र मेहनेतले त्यो तहको नेत्री हुन सकेकी युबती हुन। तेसैले, बिनाले पो प्रकाशलाई भागाएकी हुन कि ?

bina_magar_scandal