नेपाली नोटमा केरमेट र स्टिज लगाएर छिट्टै बिगार्ने चलनका कारण हाम्रा नोट छिटै नै बिग्रिने गरेको बारेमा हामीले दुई बर्ष अघाडी एउटा पोस्ट लेखेका थियौं । बिशेष गरेर बैंकहरुले नै अनाबश्यक रूपमा स्टेपल लगाएर नोट बिगार्ने गरेको सो पोस्टबाट निकालिएको निम्न फोटो ले प्रष्ट पार्दछ ।
हालै राष्ट्र बैंकले यसरी नोटमा केरमेट र स्टिज लगाउनेलाई कारबाही गर्ने घोषणा गरेको छ। तर यो कारबाही कति प्रभाबकारी हुने हो भन्ने चाहिँ हेर्न बाँकी नै छ । किनकी नेपाल राष्ट्र बैंकले २०६७/६८को मौद्रिक नीतिमा नै सफा नोट नीति ल्याएको थियो । तर हालसम्म त्यस नीतिलाई बैंक तथा वित्तिय संस्थाले पालना गरेका थिएनन। अन्नपूर्णमा छापिएको एक खबर अनुसार अहिले राष्ट्र बैंकले यो नीति कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।