ड्रिम्सको ट्रेलर रिलिज, फिल्म फागुन १९ मा फुलै फुलको मौसम तिमिलाइसंग भिड्दै

भुवन केसिले निर्देशन गरेको पहिलो फिल्म ‘ड्रिम्स’को ट्रेलर यहि पौष २७, सोमवार सार्वजनिक गरिएको छ । सुन्धारास्थित सिने दि सेफ सिनेमा हलमा सो फिल्मको ट्रेलर लन्च गरिएको हो । दुइ मिनेट भन्दा लामो ट्रेलरमा अनमोलको एक्सन र प्रेमिको चरित्र देखाईएको छ ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=IyyAdj0saHU

बिगत ३० वर्ष देखि अभिनयमा र फिल्म निर्माणमा बिताएका भुवन केसिले यो फिल्म मार्फत पहिलो पटक् निर्देशक बनेका हुन् । उनले काजोल फिल्मस ब्यानर बाट फिल्म निर्माण पनि गर्दै आएका थिए । “ड्रिम्स” काजोल फिल्मस ब्यानरको सातौं फिल्म हो। फिल्ममा अनमोल केसि र साम्राज्ञीलक्ष्मि शाह मुख्य भुमिकामा रहेका छन् । सो कार्यक्रममा अनमोल, साम्राज्ञी र भुवनले पनि बोलेका थिए ।

 Continue reading

भुवन केसि र जिया केसि किन संगै फोटो खिच्दैनन ?

भुवन केसि र जिया केसिको बिचको अफेयरको बारेमा नेपालि फिल्मको बारेमा जानकारि राख्ने सबै जसोलाइ थाहा छ । उनिहरू विगत दुइ वर्ष देखि ‘लिभ इन टुगेदर’को रुपमा संगै बस्ने गरेका छन् । जिया भुवनको सिनामंगलस्थित घरमा नै बस्छिन र संधै जस्तो भुवनसंग नै हिड्ने गरेकि छिन् । यति नजिकको नाता भए पनि भुवनले आफ्नो निर्देशनमा निर्माण गरेको पहिलो फिल्म ‘ड्रिम्स’मा भने जिया अटाएकि छैनन्। फिल्ममा कुनै भुमिका नभए पनि भुवनले निर्देशन गर्दा जिया भने संगै थिइन । उनि फिल्को छायांकन स्थलहरु  मुस्ताङ र पोखरामा पनि भुवनको संगै थिइन । तर, यो जोडिको संगै भएको फोटो भने प्राप्त गर्न सकिएको छैन ।

अडियो रिपोर्ट:

भुवन र जिया एउटैमोटरसाइकलमा चढेको छुट्टा छुट्टै फोटो, पोखरामा ‘ड्रिम्स’को शुटिंग गर्दा

पहिले पहिले जियाले भुवन मन पर्ने र बिवाह गर्ने सक्ने बताउदा भुवनले भने तेस्तो कुनै योजना नभएको बताउंथे । एक पटक भुवनका छोरा अनमोललाइ पनि जिया बाबुसंगै बसेको मन नपरेको हल्ला बजारमा आएको थियो ।

 Continue reading

Incoming search terms:

  • नेपालीसेकस

भुवन केसीलाई भ्यालेन्टाइनको वास्ता लाग्दैन रे

bhuwan_KC"बिचरा" नै भन्नु पर्ला भुवन केसीलाई त । दोश्रो बिवाहको अन्त्य गरेर तेश्रो बिबाह गर्ने तयारी गर्दै गरेका भुवनले भ्यालेन्टाइन डेको वास्ता लाग्दैन भन्नु र लोक कथामा ब्वासोले ‘अंगुर अमिलो छ’ भन्नु उस्तै होइन र?

नयाँ पत्रिका दैनिकसंग कुरा गर्दै भुवन केसीले आफुलाई प्रेम दिवसको त्यति वास्ता नलाग्ने कुरा बताएका हुन । "युवावस्थामा त मनाइएन, अब के मनाउनु," भन्दै बुढेसकाल लागेको संकेत गर्दै भुवनले ‘भ्यालेन्टाइन्स डे’ को उपहारका रूपमा आफ्नो फिल्म "साथी म तिम्रो" चाहिँ प्रस्तुत गर्ने बताए:

यसपटक म सबै कुरा छाडेर यही १९ गते रिलिज हुने ‘साथी म तिम्रो’ को प्रमोसनमा लागेको छु । मायाप्रेम, घरपरिवार सब छाडेर यो फिल्म हिट बनाइछाड्ने मेरो अठोट छ । मेरो फिल्मले नेपाली फिल्मको अहिलेको बादल हटाउँछ भन्ने आशा छ । ‘पब्लिसिटी’ गर्नैपर्‍यो, धेरैभन्दा धेरै हलमा प्रदर्शन गर्नैपर्‍यो । फेरि म ‘भ्यालेन्टाइन्स डे’ जस्ता विदेशी संस्कृतिको पक्षमा पनि छैन । युवावस्थामा त मनाइएन, अब के मनाउनु ? तैपनि दर्शकलाई भने ‘भ्यालेन्टाइन्स डे’ को उपहारका रूपमा मेरो फिल्म प्रस्तुत गर्न चाहन्छु ।

अन्य कलाकारले प्रेम दिवसको बारेमा के भने त:

नायिका रेखा थापाका लागि हरेक दिन भ्यालेन्टाइन्स डे जस्तै हो रे। “मलाई माया गर्ने लाखौँ दर्शक छन्, उनीहरूको माया नै मेरा लागि गिफ्ट हो” भन्दै रेखाले “हरेक दिनलाई प्रेममय बनाउनुपर्छ” भनेर सुझाब दिईन । तेस्तै, नायिका रेजिना उप्रेतीलाइ ब्वाइफ्रेण्ड नभए पनि भ्यालेन्टाइन्स डे मनपर्छ रे ।

नायिका नन्दिता केसी चाहिँ भ्यालेन्टाइन्स डे “बिहेपछि मात्रै मनाउँला” भनेर बसेकी छिन र आफ्नो भ्यालेन्टाइन्सका बारेमा अहिलेसम्म सोचेकी छैनन रे ।

भुबन केसीको फिल्मको पोस्टर पनि चोरीको?

यो चोरी नेपाली फिल्म "प्रेमिका" र अन्य फिल्मको (तलको दोश्रो चित्र) जस्तो अर्काको डिजाइन माथि नेपाली फिल्मको नाम राख्ने खालको चोरी त होइन । "चपली हाइट" को जस्तो नामको डिजाइन र फोटो को डिजाइन चोरी गरिएको पनि नभए पनि कन्सेप्ट चाहिँ अबस्य नै चोरिएको हो ।    (फोटोमा किल्क गरेर बिस्तृत अंग्रजी लेख पढ्नुहोस)

पोस्टरलाइ बिस्वास गर्ने हो भने विल स्मिथ को "पर्स्युट अफ ह्यापिनेस" हेरिसकेका साथीहरुले यो फिल्म हेर्ने कष्ट नगरे पनि होला । अंग्रजी बुझ्ने र सो अंग्रेजी फिल्म नहेर्नेहरुले पनि "साथी म तिम्रो"को साटो "पर्स्युट अफ ह्यापिनेस"नै हेर्ने कि?

 Continue reading