विश्वका सबै भन्दा होचा चन्द्र बहादुर डाँगिको अमेरिकामा निधन

विश्वका सबै भन्दा होचा भनेर रेकर्ड राख्न सफल नेपालि चन्द्र बहादुर डाँगिको नेपालि समय अनुसार शुक्रबार दिउसो अमेरिकामा निधन भएको छ । सांस्कृतिक कार्यक्रमको लागि अमेरिका भ्रमणमा रहेका ७५ बर्षिय डाँगि अचानक अस्वस्थ भए पछि अमेरिकाको एक अस्पतालमा भर्ना गरिएको थियो ।

चन्द्र बहादुरको निधनको बारेमा अडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=NPEbyeUAY8Q

वि.सं १९९६ मङ्सिर १५ गते सल्यानमा जन्मेर दाङमा बसोबास गर्ने चन्द्रबहादुर ७० बर्ष हुँदासम्म उनि संसारमै अहिले सम्मकै सबै भन्दा होचा व्यक्ति रहेको थाहा थिएन । उनको उचाइ १८ वर्ष हुँदा नै थाहा भएको भए बिश्व रेकर्ड कायम गर्ने आरु धेरैले रेकर्ड कायम गर्न नै पाउने थिएनन ।

 Continue reading

डाँगी केक – बिश्वकै होचा चन्द्र बहादुर डाँगीलाइ उपहार

हाल अस्ट्रेलिया भ्रमणमा रहेका बिश्वकै सबै भन्दा होचा व्यक्ति चन्द्र बहादुर डाँगीलाइ अस्ट्रेलियाको ‘प्लानेट केक’ ले एउटा अविस्मरणीय उपहार प्रदान गर्दैछ – ‘डाँगी केक’ ।

dangi_cake_final_stage

चन्द्र बहादुर डाँगीकै उचाइ, ५४.६ सेमी अग्लो, यो केक अहिले निर्माणको अन्तिम अबस्थामा रहेको बताइएको छ ।

२० घण्टा लागाएर बनाइएको यो केक को शरीर केक र आइसिंगले मात्र बनाइएको भए पनि टाउको भने खाना नहुने स्टेरोफोमबाट बनाइएको हो । यो केक नोभा ९६.९ एफएमको ‘डाँगी फिभर’ नाम गरेको लाइभ प्रोग्राममा डाँगीलाइ प्रदान गरिने छ । (फोटो क्रेडिट – novafm.com.au)

dangi_cake_artist

चन्द्रबहादुर डाँगी – बिश्वकै होचा व्यक्ति भएको पुष्टि

चन्द्रबहादुर डाँगीलाइ बधाई छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रतिनिधीले नेपाल आएर नापेपछि चन्द्रबहादुर डाँगीलाइ विश्वका सबैभन्दा होचा र अहिले सम्मकै सबै भन्दा होचा व्यक्ति भएको पुस्टि पनि भएको छ ।

chandra_baharur

गिनिजको मापदण्ड अनुसार चन्द्रबहादुरको उचाई २४ घण्टामा तीन पटक नाप्दा उनको उचाई ५४.६ सेमी भएको पाइएको थियो । गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डे समेतको टोली चन्द्रबहादुरको उचाई नाप्न्को लागि लन्डनबाट हालै काठमाण्डौं आएको थियो ।

नेपालकै खगेन्द्र थापा मगर भन्दा कम उचाई भएर हाल बिश्वका सबै भन्दा कम उचाईको रेकर्ड राख्ने फिलिपिन्सका जुन्रे बालाविङभन्दा चन्द्रबहादुर डाँगी ३.३ सेमी अझै होचा रहेछन ।

shortest_measure_chandra_bahadur

संसारको अहिले सम्मकै सबैभन्दा होचा भनेर रेकर्ड राख्ने भारतका गुल मोहम्मदको उचाइ पनि चन्द्रबहादुरको भन्दा २ सेमी भन्दा बढी (५७ सेमी) थियो।

७२ वर्षका डाँगीको बारेमा अहिले सम्म थाहा नहुनु पनि अर्को रेकर्ड होला नि होइन त ? (फोटो क्रेडिट बिभिन्न अनलाइन साइट)

Del6096380

 Continue reading

चन्द्रबहादुर डाँगी – थप फोटो

विश्वकै होचो व्यक्ति भएको दावा गर्ने ७२ वर्षिय चन्द्रबहादुर डाँगी ५६ सेन्टिमिटरमात्र अग्ला छन् । उनको बारेमा हामीले एक हप्ता अघाडी फोटो र भिडियो पोस्ट गरेर जानकारी दिएका थियौं, प्रस्तुत छ, उनका थप केही फोटाहरु:

Chandra_bahadur_dangi_shortest_person (1)

Chandra_bahadur_dangi_shortest_person (2)

फोटो क्रेडिट – श्री कृष्ण महर्जन

चन्द्रबहादुर डाँगीले नयाँ कीर्तिमान राख्लान त?

२२ इञ्च (५६ सेमी) र वजन १२ किलो वजन भएका चन्द्रबहादुर डाँगीको उचाईको पुष्ठी भएमा उनले बिश्व रेकर्ड राख्ने छन् । गिनिजबुकका प्रतिनिधी यी ७२ वर्षका चन्द्रबहादुरको उचाई नाप्नको लागि चाडै नेपाल आउदै छन । चन्द्रबहादुरले यो उचाई पुष्ठीहुन सकेमा उनी बिश्व इतिहासमै सबै भन्दा होचा व्यक्ति हुनेछन ।

सल्यानको रामपुर गा.वि.स.मा जन्मिएका चन्द्रबहादुरले २०६६ सालमा मात्रै सल्यान जिल्लाबाट नागरिकता लिएका थिए।

chandra_man_dangi

यो भिडियो हेर्दा यी बृद्ध मानिस अचम्मका लाग्दछन र अहिले सम्म उनको बारेमा प्रचार प्रसार नहुनु आफैमा अचम्मको बिषय भएको छ ।

 Continue reading