म कुटे जस्तो गर्छु – शशी खड्का

"यदि मेरो क्यारियर ध्वस्त पार्ने षड्यन्त्र भयो भने म पनि छोड्दिनँ । धेरै आग्रह गरेकी छु । हेरौँ सिनेमा रिलिजसम्म कुर्छु। मलाई विश्वास छ कि एउटी सङ्घर्षरत कलाकारको आग्रहलाई निर्माण पक्षले बुझनेछ।"

भनेसी कुरा सफा छ । नेपाली फिल्म ‘चन्द्राबती’कि नायिका शशी खड्काले आफ्नो बेड सिनको बारेमा फिल्म रिलिज भए पछि झन कडा रुपमा उत्रिएर बिरोध गर्ने कुरालाई सबैले "फिल्मको प्रचार प्रसार गर्छु" भन्ने रुपमा बुझेका छन् ।

sashi_khadka_mini_skirt_black_boots

‘चपली हाइट’की बिनिता बरालले सहमतिमा गरेको फोटो सेसनको अनाबश्यक हल्लाले फिल्मलाई सफल बनाउन ठूलो सहयोग गरेको राम्रो संग बुझेका ‘चन्द्राबती’का निर्देशक राजु गिरी लागाएतले तेसरीनै फाइदा गर्ने चाल चलेको भान हुन्छ । झगडाको नाटक मात्रै होइन एडल्ट सर्टिफिकेट पाउने फिल्म पनि राम्रै दाममा बिक्ने हुनाले ‘चन्द्राबती’लाइ पनि एडल्ट सर्टिफिकेटनै दिलाउने कसरतमा यसका निर्माता लाग्न थालेका छन् ।

यस बिषयमा रौनकले यहाँ बिस्तृत लेख (अंग्रेजीमा) लेखेका छन् ।