म कुटे जस्तो गर्छु – शशी खड्का

"यदि मेरो क्यारियर ध्वस्त पार्ने षड्यन्त्र भयो भने म पनि छोड्दिनँ । धेरै आग्रह गरेकी छु । हेरौँ सिनेमा रिलिजसम्म कुर्छु। मलाई विश्वास छ कि एउटी सङ्घर्षरत कलाकारको आग्रहलाई निर्माण पक्षले बुझनेछ।"

भनेसी कुरा सफा छ । नेपाली फिल्म ‘चन्द्राबती’कि नायिका शशी खड्काले आफ्नो बेड सिनको बारेमा फिल्म रिलिज भए पछि झन कडा रुपमा उत्रिएर बिरोध गर्ने कुरालाई सबैले "फिल्मको प्रचार प्रसार गर्छु" भन्ने रुपमा बुझेका छन् ।

sashi_khadka_mini_skirt_black_boots

‘चपली हाइट’की बिनिता बरालले सहमतिमा गरेको फोटो सेसनको अनाबश्यक हल्लाले फिल्मलाई सफल बनाउन ठूलो सहयोग गरेको राम्रो संग बुझेका ‘चन्द्राबती’का निर्देशक राजु गिरी लागाएतले तेसरीनै फाइदा गर्ने चाल चलेको भान हुन्छ । झगडाको नाटक मात्रै होइन एडल्ट सर्टिफिकेट पाउने फिल्म पनि राम्रै दाममा बिक्ने हुनाले ‘चन्द्राबती’लाइ पनि एडल्ट सर्टिफिकेटनै दिलाउने कसरतमा यसका निर्माता लाग्न थालेका छन् ।

यस बिषयमा रौनकले यहाँ बिस्तृत लेख (अंग्रेजीमा) लेखेका छन् ।

चपली हाइटको नुनको सोझो गर्ने समीक्षा

अघिल्लो पटक जब ऋचा घिमिरेले मनोज पण्डितको फिल्म समिक्षा उनको वेबसाइटमा बिज्ञापन नदिएको हुनाले नकारात्मक भएको टिप्पणी गरेकी थिइन हामीले उनलाई विश्वास गरेका थिएनौ | ऋचालाइ व्यक्तिगत आक्षेप लगाएर लेखेको रिसमा त्यसो भनिन होला भनेर हामीले अन्दाज गरेका थियौं | तर मनोज पण्डितको नयाँ समीक्षाले चाहिँ हामीलाई गम्भीर भएर सोच्न बाध्य बनाएको छ |

कुरा ‘चपली हाइट’ को  समिक्षाको बारेमा हो| राम्रा फिल्म डाइरेक्टर मानिनुहुने पण्डितले नराम्रो कुरालाइ न त राम्रो भनेका छन् न त नराम्रो भनेका छन् | खासमा उनले फिल्म समिक्षा नै नगरी टाइटल मात्र "समिक्षा" भनेर लेखेका छन् | "चपली हाइट : संकोच नमानौं" शिर्षकमा लेखिएको १,००० शब्द खर्चिएर लेखिएको समीक्षामा त्यस फिल्मका कलाकारको नाम नै उल्लेख गरिएको छैन, एक चोटी निर्देशकको नाम छ र दुइ चोटी उल्लेखित फिल्मको नाम पनि बिम्बको रुपमा मात्र उल्लेखित छ | यस हिसाबले यो फिल्मको समिक्षा नै होइन |

review_biased

मनोज पण्डितले पनि यो "समिक्षा" नभएको बुझेका छन् तेसैले अन्त्यमा थपेका छन्:

(पुनश्चः समिक्षा लेखनमा विभिन्न शैलीहरू स्थापित छन् । यस सिनेमाको समिक्षा जर्मन एक्सपेरेसिजमको शैलीमा छ । सिनेमा निर्माणमा नयाँ शैलीहरू अपनाएको खण्डमा समिक्षा लेखन पनि रोमाञ्चक र नयाँ शैलीहरू खोजी गरेर गरिन्छ । यसर्थ, समिक्षा शैली पनि पुरातन अवधारणामा नरहेको जानकारी गराउन चाहन्छु –समिक्षक ।)

तपाईलाई पनि लागेको होला "जर्मन एक्सपेरेसिजम" भनेको के होला — यो कुनै फिल्म समिक्षा गर्ने तरिका नभएर फिल्म या कलामा प्रतीक, हाउभाउ र बिम्ब प्रयोग गरेर बिचार ब्यक्त गर्ने तरिका हो ।  यस बारेमा बढी जान्ने बिचार भएमा यहाँ पढ्न सक्नु हुन्छ (अंग्रेजी लेख)|

मनोज पण्डितले यो समिक्षा लेख्नुको कारण:

  1. "चपली हाइट"ले समिक्षा लेख्ने शर्तमा बिज्ञापन दिएको हुन सक्छ।
  2. फिल्मको प्राबिधिक र कलात्मक पक्षको बारेमा केही पनि नलेखिएको समिक्षा हुदैन भन्ने ज्ञान भएको "पुनश्चः" थप्न जरुरि ठान्ने समिक्षकले पढ्ने मानिस मुर्ख हुन्छन भन्ने पनि नसोच्नु पर्ने 
  3. ऋचा घिमिरेले पोलेको समिक्षा र बिज्ञापनको बीचको गठबन्दन साँचो हुन सक्ने प्रबल सम्भावना छ ।

[नोट: हाम्रा सहकर्मी रौनक निरौलाले यहाँ चपली हाइटको समिक्षा गरेका छन् (अंग्रेजीमा)| फिल्मको बारेमा जानकारी प्री-रिलिज रिभ्युमा दिइएकोछ ]

साताका पोस्टहरु (माघ १३ सम्म)

माघ ०७ (जनवरी २१, 2012)

  • साताका पोस्टहरु ( माघ ६ सम्म)  – साता भरिका सबै पोस्ट हरुको संगालो  (भाषा – नेपाली)
  • Nepal Army Officer injured while defusing bomb  -  बम निस्क्रिय पार्ने क्रममा नेपाली सैनिक जवान घाइते भएको सम्बन्धी समाचार.  (भाषा – अंग्रेजी)
  • Miss Jyapu to be held on March 17 – मिस ज्यापु सुन्दरी प्रतियोगिता मार्च १७ मा सम्पन्न हुने (भाषा – अंग्रेजी)

माघ ०८ (जनवरी २२, 2012)

  • Best value Copy-Paste offer ? – नागरिक न्युज वेबसाइट ले स्टक फोटो बाट लिएर बनाएको एउटा बिज्ञापन अन्य वेबसाइटमा पनि जस्ताको तस्तै (चोरीको जस्तो) देखिने.(भाषा – अंग्रेजी)
  • DIG Koirala confesses to murdering his wife – डिआइजी कोइराला ले आफ्नी श्रीमतीको हत्या आफैले गरेको स्वीकारेका छन्. (भाषा – अंग्रेजी)

माघ ०९ (जनवरी २३, २०१२)

  • Politics on the peak, CPN Maoist team preparing the Mt. Everest ascent – नेकपा मावोगादीका युवा युबतीहरुको एक टिम सगरमाथा चड्ने प्रयासको लागि ट्रेनिंग लिदै. (फोटो, भाषा – अंग्रेजी)

माघ १० (जनवरी २४, २०१२)

chapali_height_name_chori

  • Chapali Height – copy paste poster again! – नेपाली फिल्म चपली हाइटको पोस्टर र नाम दुवै अंग्रेजी फिल्म बाट चोरिएको. प्रचारको मुख्य सामग्री नै निर्लज्ज रुपमा चोरिएको यो फिल्ममा के मौलिक सामाग्री खोज्नु मुर्खता हुने जानकार हरु बताउछन.  (फोटो, भाषा – अंग्रेजी)
  • चपली हाइट को पोस्टर र नामको डिजाइन पनि चोरीको -  चपली हाइटको पोस्टर र नाम दुवै अंग्रेजी फिल्म बाट चोरिएको बारेमा नेपाली पोस्ट (भाषा – नेपाली)
  • Manisha Koirala caught dead drunk in a party – अभिनेत्री मनिषा कोइराला अचेत हुने गरेर रक्सीको नशामा लठि्ठएको अवस्थामा फेला पर्नुको पछाडी आफ्नो बैबाहिक जीवनमा आएको समस्या पनि हुन् सक्छ भन्ने हामीलाई लागेको छ  (फोटो, भाषा – अंग्रेजी)
  • Prachand’s new residence – purchased for Rs. 103 mil. ?  नेकपा माओबादी का अध्यक्ष पुष्पकमल दाहाल सरेको नयाँ घर भाडाको नभएर १० करोड ३ लाखमा किनिएको हुन् सक्ने सम्भावनाको बारेमा लेख. (फोटो, भाषा – अंग्रेजी)
  • Bhattas’ of Pashupati to get salary, Offerings will go to treasury – पशुपतिका भट्ट हरुको तलबको बारेमा समाचार (भाषा – अंग्रेजी)
  • News article or ‘Murder tutorial’? – नेपाली पत्रिकाले लेखेको अपराध सम्बन्धी समाचार अपराधगर्न उक्साउने खालको भएको बिचार मूलक लेख (भाषा – अंग्रेजी)

माघ ११ (जनवरी २५, २०१२)

manisha_koirala_dead_drunk

माघ १२ (जनवरी २६, २०१२)

  • RIP Sushila Rayamajhi – अभिनेत्री शुशिला रायमाझीको क्यान्सरसंगको लडाईको दुखद अन्त्य भएको छ. गत बिहिबार दिउसो शुशिलाले संसार छोडेर गइन. उनको आत्माको चीर  शान्तिको कामना. (भाषा – अंग्रेजी)
  • Students pelt stone at Minister Rayamajhi – आपूर्ति मन्त्रि रायमाझीको गाडीमा ढुंगा प्रहार सम्बन्धी समाचार (भाषा – अंग्रेजी)
  • Fuel price reduced but, protest to continue – पेट्रोलियम पदार्थको मूल्यवृद्धि को बिरोधलाइ साम्य पार्न सरकारले केही मात्रामा मुल्यमा कमि गरेको छ. आन्दोलनकारी बिध्यार्थीहरु भने मूल्यवृद्धि फिर्ता

    नभइन्जेल आन्दोलन जारी रहने बताइरहेका छन्. (भाषा – अंग्रेजी)

    माघ १३ (जनवरी २७, २०१२)

    चपली हाइट को पोस्टर र नामको डिजाइन पनि चोरीको

    नाम नेपाली भएर के भो र, चपली हाइट फिल्म को नामको डिजाइन र पोस्टरको डिजाइन हलिवुड फिल्म ‘बेसिक इन्स्टिंग’ बाट चोरीएको रहेछ. 

    यस हिसाबले त, कथा, डाइलग, सिन पनि के पो ओरिजिनल होलान र ??

    chapali_height_name_chori

    basic_instinct_chapali_height

    यस्तै बदमासी गरेर नेपाली दर्शकलाई मुर्ख बनाउने अनि "फिल्म नचल्नुमा दर्शकको दोष" भन्दै हिड्नु कति जायाज हुन्छ ?

    यसबारेमा अरु यहाँ अंग्रेजी पोस्टमा.

    chapali_height_poster_copy