के मदन भण्डारिको हत्या भएकै हो त? अहिले पत्ता नलागे कहिल्यै लाग्दैन

तत्कालिन नेकपा मालेका अध्यक्ष मदन भण्डारि को २०५० साल जेष्ठ ३ गते निधन भएको थियो  । उनको निधनलाइ उनको पार्टीले  संकास्पद भन्दै आएको छ । तर अहिलेसम्म उनको निधन दुर्घटना हो वा हत्या भन्ने एकिन हुन सकेको छैन   ।  प्रतिपक्षमा हुँदा छानविनको माग गर्ने एमाले पार्टि पटक पटक सरकारमा गए पनि छानविन भने गरेको छैन ।

रिपोर्ट :

https://www.youtube.com/watch?v=6FnUomi3K3s

दासढुंगा घटना पछि एमालेकै नेत्रित्वमा केपि ओलिको सरकार समेत अहिलेसम्म चारवटा सरकर बनिसकेका छन भने एमाले एक दर्जन सरकारमा सत्ता साझेदार पनि भइ सकेको छ । तर, ति कुनै सरकारले घटनाको छानविन गर्न तत्परता देखाएनन ।

 Continue reading

जो चोर उसको ठूलो स्वर – नेतालाइ नियम लाग्दैन रे !

एमालेको युवा संघका घोराही नगर सदस्य गणेश नेपाली र एमाले विद्यार्थी संगठन अखिलका केन्द्रीय सदस्य विवेक श्रेष्ठले हेल्मेट नलागाइ मोटरसाइकल चलाउदा दाङका ट्राफिक प्रहरीले समातेर गरेको "गल्ती" को बिरुद्ध चक्का जाम गरेर माफी माग्न लगाएका छन् ।

दुई जना ट्राफिक हवल्दार र एक जना असईले नेतालाइ नचिनेको भएर पक्राउ गर्ने गल्ती गरेको भन्नेर माफी मागे पछि मात्र चक्का जाम फुकुवा भएको थियो ।

यसरी इमान्दारीता पूर्वक आफ्नो जिम्मेबारी अनुरुपको काम इमान्दारीता पूर्बक गर्दा गर्दै पनि दोषीसंग माफि माग्न लगाएको घटनाको बिरुद्ध जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी निरीक्षक सहित १३ जना प्रहरीले राजीनामा दिने चेतावनी दिएका छन् । तलको फोटोमा यसरी चेतावनी सहित बर्दी फुकालेर बिरोध गर्दै गरेका ट्रफिक प्रहरीहरु देखिन्छन (फोटोः रीता लामा, दाङ, सौर्य मार्फत)

राजिनामाको घोषणा गर्नेहरुमा प्रहरी निरीक्षक पूर्णबहादुर भण्डारी, सई बालबन्धु बस्नेत, असई धनबहादुर बोहोरा, हवल्दार पदमबहादुर रावल, हवल्दार सन्तोष शाह, र प्रहरी जवानहरु राजकुमार कार्की, माधबप्रसाद पोख्रेल, रमेश दत्त भट्ट, डिकेन्द्र बहादुर बिष्ट, दयाराम चौधरी, चन्द्री चन्द, लालबहादुर देउवा र किरण ज्ञवाली रहेका छन् ।

dang_traffic_protest_political_interfare

यसरी, राजनीतिक पार्टीका कार्यकर्ता भए पछि नियम कानूनको पालना गर्न आबश्यक हुदैन भन्ने खालको संदेश दिने कार्यको सबैले बिरोध गर्नु पर्छ ।

यस बिषयमा सरकारले स्वतन्त्र अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने तत्परता देखाउनु आबश्यक हुन्छ ।

ह्यापी बर्थ-डे केपी ओली

युवा संघ नेपालले यसको खेलकुद समितिले तयार पारेको ‘स्पोट्स डायरी’को विमोचनका लागि नेकपा एमालेका नेता केपी ओलीलाइ बोलाएको थियो । वर्ड ट्रेड सेन्टरमा आयोजीत सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित ओलीको ६० औं जन्मदिन पनि परेकोले आयोजकहरुले उनको लागि जन्मदिनको केक पनि तयार पारेर राखेका थिए ।

kp-oli-birthday-hat

kp-oli-birthday_sports_diary

एमालेका प्रभावशाली नेता ओली उनको बोलीकै कारण बेला बेलामा चर्चामा रहीरहन्छन् ।

केपी ओली भनेर चिनिने खड्गप्रसाद शर्मा ओलीलाइ हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना । (फोटो साभार – अनलाइनखबर)

नेकपा (एमाले)को ८ वा १२ प्रदेश को प्रस्ताब – गोलाप्रथा पनि प्रस्ताब गरेको भए हुने!

नेकपा (एमाले) ले तयार गरेको राज्य पुनसंरचना सम्बन्धी प्रतिवेदन मा आठ प्रदेशको राज्यको परिकल्पना गरेको छ । बैकल्पिक रुपमा १२ प्रदेशको दोस्रो प्रस्तावमा मधेसमा ४ र पहाड-हिमालमा ८ प्रदेश रहने प्रस्ताव गरिएको छ । जातीय आधारमा राज्य बनाउन नहुने भन्ने आबाज पार्टीभित्र बढ्दै गएको बेलामा यस प्रस्ताब आएको हो ।

नेकपा (एमाले)को विभिन्न चरणमा पार्टी नेताहरु तथा संबिधानसभाका सभासदहरुसंग छलफल गरी सो प्रतिवेदन तयार गरेको बताएको छ ।

CPM_UML_8-state-model

CPM_UML_12-state-model

यी प्रदेशको नामको लागि पनि प्रदेशको नामान्कर्ण गर्न पनि तीनदेखि ५ वटा सम्म बिकल्प प्रस्तुत गरिएको छ ।

नेकपा एमालेको संघीय विभाग प्रमुख पर्शुराम मेघी गुरुङले भने, ’सहमतिका लागि १२ प्रदेशको बिकल्प पनि राखिएको हो ।’

केही समय अघाडी राज्य पुनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा भने छ अथवा ११ प्रदेश राख्नु पर्ने प्रस्ताब गरिएको थियो, जसमा जातीय आधारमा ११ प्रदेश हुनु पर्ने प्रस्ताब गरिएको थियो भने अर्को जातीय आधारमा बिभाजन हुनु हुदैन भन्ने समुहले नाम नतोकी ६ प्रदेशको प्रस्ताब गरेको थियो ।

 Continue reading