म्यारिज नियमावलि, २०७० (२०७३ संसोधन)

केही वर्ष अगाडि सम्मानित पुनरावेदन अदालत बिराटनगरले म्यारिज खेललाइ जुवा भन्न नपाइने भनि दिएको आदेशको सम्मान गर्दै, म्यारीज खेललाइ ब्यबस्थित बनाउन “म्यारिज नियमावलि, २०६५” लागु गरिएको थियो । सोहि नियमावलिलाइ ब्यबस्थित गर्न र समयानुकुल परिवर्तन गर्न बि.सं. २०७३ सालमा यसलाइ थोरै परिवर्तन गरेर यो संसोधित नियमावलि जारि गरिएको छ । तिन बर्ष अघि पोष्ट गरिएको यस नियमावलिलाइ मुख्यत: दिर्घ हटाएर संसोधन गरिनुका साथै केहि नियम परिमार्जन गरिएका छ:

म्यारिज नियमावलि, २०७० (२०७३ संसोधन)
प्रस्तावना

म्यारिज खेलको खेल प्रकृयाबारे थोरैलाइ थाहा भएर समय समयमा विवाद आइराख्ने भएको कारण म्यारिज खेललाइ व्यवस्थित र मर्यादित पार्नु वाञ्छनिय भएकोले पप्लुको विकसित रुपमा म्यारिजलाइ स्थान दिइ सबैको घर दैलोमा चाडवाडदेखि काजक्रियासम्म, मेलापात वा पढाइबाट निकालिएको फुर्सदको समयमा, रुद्रि वा पुराण लगाएको घरमा वा जागिरे वा बेरोजगार, मन्त्रि वा सचिव सबैले रुचि राखेको कारण नियमको अभावमा सधैं किचलो उत्पन्न हुने तथा झैझगडाको अवस्था समेत सृजना हुने भएकोले तत्काल दलहरुबिचको राजनितिक सहमति कायम हुन नसकि संविधान सभाको बैठक अवरुद्ध भएको अवस्थामा र मुल कानुन निर्माण नसकेको हुँदा तत्काल केहि न केहि गर्नै पर्ने भएकोले यो नियमको तर्जुमा गरिएको छ ।

marriage game
 Continue reading

दशैँमा टिका लगाउँदा भन्ने मन्त्र – आयु द्रोण सुते, जयन्ती मंगला काली

दशैंको उपलक्षमा शुभकामना आदान प्रदान गर्नुका साथै बडा दसैँको दिन (दशमि) देखि सबैले आँफु भन्दा ठुलाबडाहरुसंग टिका लगाएर आशिर्बाद लिने चलन छ । यसरि टिका लगाइदिंदा निम्न मन्त्रहरु जप गरिन्छ । यि मन्त्र पनि पुरुषलाइ छुट्टै र महिलालाइ छुट्टै हुन्छ:

पुरुषलाई टिका लगाइदिंदा भन्ने आशिर्बाद

ॐ

आयुर् द्रोणसुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दुर्योधने ।।

सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ति सुते
विज्ञानं विदुरे भवतु भवतां किर्तिश्च नारायणे ।।

महिलालाई टिका लगाइदिदा भन्ने आशिर्बाद

ॐ

जयन्ति मंगला कालि,
भद्र-कालि कपालिनि।

दुर्गा क्षमा शिवा धात्रि,
स्वाहा स्वधा नमोऽस्तु ते।
 Continue reading

दशैं / दसैंका शुभकामना एसएमयस (Dashain SMS)

बडा दशैंको अबसरमा सम्पुर्ण साथिभाइ, मान्यजन तथा इस्टमित्रहरुमा
सुख, शान्ति, समृद्धि, उन्नति, प्रगति, सु-स्वास्थ्य र दिर्घायुको
हार्दिक मगंलमय शुभकामना!

यि शुभकामनाहरु तयार गर्न धेरै जनाको मेहनत लागेको छ मैले चाँहि जम्मा मात्रै गरेको हुँ:

सबैको निधारमा टिका र जमरा होस
सत्रु जति सबै तपाइँकै कमारा होस
नवदुर्गा भवानिको लागोस आशिर्वाद
तपाइ फुल अनि पछिपछि भमरा होस
दशैको शुभकामना

***
निधारमा रातो टिका होस्
कानमा सिउरिएको जमरा होस् ।
आत्मियता नै आशिर्वाद मिलोस्
सधै सधै जीवन शुखमय होस् ।
सबैमा शुभ दशमिको शुभकामना !!!!

***
भकारिभरि धान होस्, मुसा नलागोस
जति बोत्तल चढाए पनि नशा नलागोस
बडा दसैं २०७३ आनन्दको होस्
सबैजनालाइ दसैं लागोस, दशा नलागोस

***

यो बडा दशैं, यो कडा दशैं!
यो नरम दशैं, यो गरम दशैं।
यो भब्य दशैं, यो सभ्य दशैं।
सुभावना दशैं, शुभकामना दशैं!

***

वि = विजयको प्रतिक बनोस्
ज = जहाँ भएपनि दु:ख नहोस्
या = यात्रा गर्दा काँडाले पनि नरोकोस्
द = दशैँको
श = शुभकामना
मि = मित्रहरुमा

***

सबैको घरमा हाँसो, खुशि लिएर आओस्
दशा नबनोस्, आनन्दै आनन्द छाओस्
सबैको फलोस् फुलोस्, सुभकामना दसैंको

****

कसैलाई दास नहोस्
कसैलाई पिडा नहोस्
खुशीले गोजी भरियोस्
दुख सारा रित्तियोस्
हासोलाई आसुले नछेकुन
दुश्मनी सारा सकिनु
दसैंको रंगले सबै भरियोस

***
टिका होस निधारमा,
पहेंलो जमरा होस कानमा,
सुख शान्ति,संमृद्धि, हाँसो खुशि छाओस नेपाली मन,मनमा
०७३ सालको बडादशैँ शुभकामना
***


 Continue reading

आधुनिक दशैंमा पुराना शुभकामना किन काम लाग्दैनन?

पहिले पहिले दशैं जबर्जस्ति नै मान्नै पर्थ्यो किनकि बिश्वकै “एकमात्र हिन्दु राष्ट्र”मा दशैं सबै भन्दा ठुलो पर्ब थियो । आजकाल हिन्दु राष्ट्र भन्न छोडे देखि मनाउने नमनाउने आ-आफ्नो छनोट । ल हेर्नुस यस्तो आदेश छ:

बिदेशमा दशैं

आजका धेरै नेपालि देशबाट लखेटिएका छन । बिदेशमा नेपालमा जस्तो धुमधामका साथ दशैं मनाउने बाताबरण नै मिल्दैन । छुट्टि मिलाउनु देखि साथिभाइ परिवार भेट गर्ने मौका नै मिल्दैन । तेसैले बिदेशको दशैं दुखिया हुछ – घर परिवारको सम्झनामा रुंदै मनाउनु पर्ने हुन्छ । नेपालमा दशैं आउँदा चोर्ने कुरा हुन्थ्यो। बालबालिकाले गाँउथे :

द्शैं आयो
खाउँला पिउँला
कहाँ पाउँला
चोरि ल्याउँला
धत् पापि, तँलाइ छोडि छुट्टाइ बसौंला ।

बिदेशमा चोर्न मिल्दैन। के गरेर दशै गित गाउलाने होला त? लौ, मैले बिदेशमा गाउन मिल्ने दशैं गित पनि बनाएँ । यसलाइ मिलाउन र परिमार्जन गर्न पुर्ण रुपमा छुट छ। कतै कपि पेष्ट गर्न पनि छुट छ ।

बिदेशमा, दशैं आयो
पार्टि जाम्ला
कसरि बिदा पाम्ला
सिक कल हानम्ला
धत् पापि, तँलाइ छोडि छुट्टै बसम्ला!

dashain-rhyme-bideshma-dashain-aayo

ल हेर्नुस बिदेशमा दशैं मनाइदिन जाने कलाकारहरु कहाँ कहाँ जांदै रहेछन ।

धार्मिक दशैं

शुभकामना पनि अब त पहिले जस्तो “महान हिन्दु चाड” भनेर भन्न त्यति सान्धर्भिन नहुन सक्छ । किनकि केहि बर्ष पहिले एकजनाले हाँसो गरेको थियो :
उसले गायिका अन्जु पन्तलाइ एउटा शुभकामना पठाएको थियो रे । पठाउँदा सम्म त हिन्दु नै थिइन, सुभकामना पुग्दा त क्रिश्चियन भै सकेकि रैछिन । बडो समस्या भयो रे। उसले पठाएको शुभकामना यस्तो थियो रे :

बिजय दशमिको शुभ अवसरमा तपाइलाइ
गणेशको जस्तो शिद्धि,
सरस्वतिको जस्तो वुद्धि,
बिदुरको जस्तो निति,
बिष्णुको जस्तो कृति,
लक्ष्मिको जस्तो सम्पति,
र भबानिको जस्तो शक्ति प्राप्त होस
महान हिन्दु चाड दशैंको शुभकामना!

हुन त, माथिको कुरा जोक बनाएको होला, तर अहिलेको अबस्थामा यस्तै घट्ना नहोला भनेर भन्न पनि सकिंदैन । तेसैले आजकाल मैले कसैलाइ पनि देब/देबिको नाम, हिन्दु भन्ने शब्द भएका शुभकामना पठाउन नै छोडिदिएँ ।

देश भित्र डलर खनिएको खनियै छ । यस्तो अबस्थामा पठाउँदा हिन्दु नै भएको ब्यक्ति पनि शुभकामना पुग्ने बेला सम्ममा धर्म परिबर्तन भएर क्रिष्चियन भइ सक्ने सम्भाबना प्रचुर मात्रामा देखिन्छ। पछि पछुताउनु भन्दा पहिल्यै सजग हुनु बुद्धिमानि हुन्छ। आजकाल मेरा शुभकामनामा “माता दुर्गा भबानि दाहिने” पनि हुन्नन । तिहारमा “लक्ष्मिले बास” पनि गर्दिनन । आजकालका मेरा शुभकामनामा बडो समावेशि भएका छन्:

  • दशैंमा घरजाने बस/प्लेनको टिकट पाइयोस।
  • बस बाटो बाटै सकुशल गन्तब्यमा पुगोस। ड्राइभरले नै चलाओस, कण्डक्टर पैसा उठाउन नै ब्यस्त होस।
  • खानेकुरामा थोरै मात्र मिसावट होस्। (मिसावट नहोस भन्यो भने पत्याउँदैनन।)
  • उडाएको चंगाले अरु सबैको चंगा चेट गरोस, माजामा मिसावट नपरोस ।
  • दशैँ सबैलाई लागोस्, दशा कसैलाई नलागोस् ।
  • चंगा होस, दंगा नहोस ।
  • तासमा माल परोस, जाल नपरोस । गलामा हार परोस। तर तासमा हार नपरोस्

यति भन्दा भन्दै पनि तपाइलाइ पुरानै दशैंका शुभकामना प्यारा लाग्छन भने सम्बत २०७२ का दशैंका शुभकामना यहाँ छन ।

भाषा सम्बन्धि नोट:
ब र व को प्रयोगको बिषयमा :
– बिस्व – मा अन्तिम “व” लाइ “ब” बनाउन मिलेन
– परिवार लाइ “परिबार” भन्ने पनि सुनिने भए पनि “वार” नै ठिक जस्तो लाग्यो

सम्झनामा दशैं, अघिल्लो बर्षका उत्कृष्ट ५ फोटाहरु

बिगत ४-५ बर्षहरु देखि मैले नेपालि सेलिब्रेटिहरुले दशैंको बेलामा टिकालगाएका फोटाहरु मेरो वेबसाइटका पाठकहरुलाइ पस्कंदै आएको थिएँ । अघिल्लो बर्ष पनि बिगत जस्तै दशैंको बेला नेपालि अभिनेता र अभिनेत्रिहरुले दशैंको टिकालगाएका फोटाहरु पाठकहरुलाइ बाँडने सोचले जम्मा गर्न थाँलेको थिएँ । तर, आजकल सोसल मिडियाको कारण आँफुलाइ चाखलाग्ने सेलिब्रेटिहरुको फोटो आँफैले फलो गरेर हेर्न मिल्ने हुनाले मैले जम्मा गरेर प्रस्तुत गरिरहन आवश्यक नै नहुने जस्तो लाग्यो । अझ फोटोहरुको बाढिनै आउने हुनाले ति सबै फोटो जम्मा गरेर प्रस्तुत गर्नु नै अनावश्यक जस्तो लाग्यो । अघिल्लो बर्ष देखि म ट्विटरमा पनि बढि नै सक्रिय हुन थालेको हुनाले ति फोटाहरु ट्विटरका साथिहरु बिच बाँडेको थिएँ । ति सबै फोटो वेबसाइटमा राख्दा पनि खासै चाखलाग्दो होला जस्तो लागेन । जब फोटा धेरै हुन्छन, मानिसहरुलाइ सबै फोटो हेर्ने जाँगर पनि लाग्दैन तेसैले, रमाइला र चाखलाग्दा थोरै फोटाहरु मात्र जम्मा गर्ने सोच त बनाएर यो एउटा भिडियो तयार गरेको थिएँ उत्कृष्ट ५ फोटाहरुको मात्र चर्चा गरेर।

आज मैले सोहि भिडियोको भुमिका थप गरेर प्रस्तुत गरेको छु :

फोटो १: दशैंको अघिल्लो दिन अभिनेत्रि करिश्मा मानन्धरले कलाकारहरुलाइ उनको घरमा निम्तो दिएकि थिइन । तर, भारतिय नाकाबन्दिका कारण खाना पकाउने ग्याँसको समस्याको कारणले निम्तो दिएका कलाकारहरुलाइ खुवाउने खाना पकाउने नै समस्या भयो। उनले जुक्ति निकालिन, उनको घरमा भएको शुटिंग स्टुडियोको प्रयोग गर्ने । उनले नेपालको गाँउले परिबेशको शुटिंग सेटमा दाउरा बाल्ने चुलो बनाएर खाना पकाउन थालिन र सो फोटो फेसबुकमा शेयर गरिन । यस अघि, भुइचालो आँउदा पनि उनले शुटिंग सेटको अस्थाइ आवासमा बसेकि थिइन । यो फोटोले भारतिय नाकाबन्दिले पारेको असरको एउटा झलक दिने हुनाले यसलाइ ऐतिहांसिक फोटो नै माने पनि फरक पर्दैन ।
 Continue reading

आज विजयादशमी, टीकाको शुभसाइत १०: ५५ बजे

हरेक वर्ष आश्विन शुक्ल दशमिका दिन विजया दशमि पर्व मनाइन्छ । नेपालमा मनाइने सबै भन्दा ठुलो चाड विजयादशमिमा आश्विन शुक्ल प्रतिपदा, घटस्थापना का दिन घटस्थापना गरेर जमरा राखेर शुरु गरिन्छ । नौ दिन मनाइने यो पर्वलाइ नवरात्रि पनि भन्ने गरिन्छ । घटस्थापना देखि नवमिसम्म चण्डि (दुर्गा सप्तसति) पाठ गरेर नौ दुर्गा अवतारहरू महाकालि, महालक्ष्मि र महासरस्वति आदि देविको विशेष पुजा गरिन्छ ।

https://www.youtube.com/watch?v=5_e21fypVBQ

असत्य माथि सत्यको विजयको खुसियालिको रुपमा मनाइने विजयादशमीमा मान्यजनहरुबाट टिका र आर्शिवाद ग्रहण गरिन्छ ।

दसैँको बेला नयाँ लुगा किन्ने र लगाउने पुरानो चलन हो  । आफ्नो क्षमता अनुसारका मिठा खाने कुरा खाने, सरसफाइ र रङ्ग रोगन गर्ने पनि प्रचलन छ ।

यो बर्षको दशैँको साइत को बारेमा यस अघिनै पोस्ट गरिएको थियो.

तलको फोटो अघिल्लो वर्ष अभिनेत्रि करिश्मा मानन्धर ले अभिनेत्रि रेखा थापालाई टिका लगांदिदै:

दशैं टिकाको साइत बिहान १०:५५ मा

यहि कात्तिक ५ गते बिहिबार विजयादशमि को टिकाको लागि बिहान १०:५५ बजेको साइत उपयुक्त भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाकेको छ । सामान्यतः दशैंको टिकाकोलागि साइत हेर्नु आबश्यक नपर्ने भए पनि साइत जुराएरै टिका लगाउनेको लागि यो साइत उपयुक्त हुने निर्णायक समितिले बताएको छ ।

https://www.youtube.com/watch?v=5_e21fypVBQ

तिथिको घटबढका कारण बिहिबारकै  दिन महानवमि पनि पर्न गएको हुनाले विजयादशमिको टिका महानवमिको कार्य सम्पन्न भएपछि मात्र गरिने हुनाले महानवमि पुजा बिहान १०:४५ बजे बिसर्जन गर्नु उपयुक्त हुने समितिले सरकारलाइ लेखेको एक पत्रमा उल्लेख गरिएको छ ।

बिजयद्शमिको दिन बिहान ११:०१ मा तुलजा भवानीको यात्रा गरेर ११:५५ मा स्थिराशनपछि खड्गयात्रा गर्नु उपयुक्त हुने बताइएको छ ।

फुलपाति को लागि कार्तिक ३ गते मंगलबार बिहान १०:५५ मा तुलजा भवानी यात्रा गरी ११:५३ बजे स्थिराशन गरिने छ ।

दशैँका उपयोगि पोस्ट हरु:

 Continue reading

२०७० सालको दशैँको साइत र बैदिक मन्त्रहरु

२०७० सालको दशैँका साइतहरु तल दिइएका छन् । दशैंको मुख्य दिन,  विजयादशमीको दिन बिहान देवी अपराजिताको पूजा गरी नवदुर्गालाई विसर्जन गरेर मान्यजनहरूबाट टीका ग्रहण गर्नु उत्तम मानिन्छ । टीका लगाउनको लागि साइत तल दिइएको भए पनि बडा दशैंमा टिका लगाउन साइत नै कुर्नु भने पर्दैन।

  • आश्विन २५ गते शुक्रबार सप्तमी र फूलपाती भित्र्याउने
  • आश्विन २६ गते शनिबार महाअष्टमी र कालरात्रि पूजा
  • आश्विन २७ गते आइतबार महानवमीको पूजाको साइत
  • आश्विन २८ गते सोमबार विजयादशमीका दिन बिहान ९ बजेर २५ मिनेटमा देवी विसर्जन गर्ने साइत छ

टिका लगाउने उत्तम साइत बिहान ९ बजेर ५७ मिनेट जाँदा रहेको छ।

dashain wish

 Continue reading

Incoming search terms:

  • दशैकाे मन्त्र

दशैँको शुभकामना (SMS collection)

अपडेट : यो पोष्टलाइ २०७२ मा अपडेट र परिमार्जन गरिएको हो ।
jamara and tika dashain

बिजया दशमी २०७० को पावन अबसरमा यस नेपाली साइटका पाठकहरु लगायत तपाइहरुको परिवारमा सुख, शांति , सु स्वास्थ , समृद्धि एबम उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभ-कमाना ब्यक्त गर्दछौं ! यस अबसरमा निम्न शुभकामनाका शब्दहरु पनि यहाँहरुमा अर्पण गर्दछौं । यस्तै रमाइला खालका शुभकामनाहरु तपाइंलाई थाहा छ भने कमेन्टमा शेयर गर्न नभुल्नु होला ।
***
खुसि दुबाे सरि माैलाआेस
शत्रु कुकुर सरि बाैलाआेस

विजया दशमी काे शुभकामना

***

टिका होस निधारमा,

जमरा होस कानमा,

खुशि छाओस परिवारमा,

अनि, शान्ती होस् देशमा,

दशैँमा खुशिनै खुशिको बास होस

सबै शत्रुहरुको नाश होस ।

यही छ सुन्दर नेपाल को २०७२ सालको बिजया दशमीको

हार्दिक मंगलमय शुभकामना, शुभकामना, शुभकामना !!

****

जाँगर दिने जमरा आँट दिने अक्षता

घर छिमेकि गाउँ बस्ति, आफन्तको ममता

शरद्को खुशियालि छाइरहोस, फुलिरहोस

महान चाड विजया दशमी २०७२ को पावन अवसरमा

हजुरलाइ हार्दिक मगंलमय शुभकामना…

***

राजेश हमालको जस्तो नाम होस

हरिवंशको जस्तो काम होस

मदनकृष्णको जस्तो मान होस

करिश्माको जस्तो शान होस

तर,

रेखा थापाको जस्तो कपडा नहोस

भुवन केसीको जस्तो लफडा नहोस्।

दशैँको शुभकामना!

***

याद आयो भने आँखा बन्द नगर्नु,

भेट भएन भने पनि दुख नमान्नु,

हामी सँधै सँगै हुनु पर्छ भन्ने पनि केहि छैन,

तर मित्रताको ढोका कहिले बन्द नगर्नु ।

***

दीर्घ शान्ति र चैनको सुख छाओस परिवार जनमा ।

हरपल हरक्षण परिवार एकैसाथ रहुन कहीले नछुटुटोस माया र ममता।

कहिले महसुस नहोस एक्लोपन ।

फूलोस फलोस परिवार सुखमा,

दु:खले कहिलै प्रवेश नपाओस ।

वडा दशै २०७२को शुभकामना ।

***

आयो दशै आयो,  खुशीयाली ल्यायो

चारै तीर बातावरण उमंगलले छायो

मनका दु:ख कस्ट, क्षडीक भएपनि बिर्सायो

हाँसी खेली रमाइ मनाइने पर्व आयो

दशैको सबैलाई शुभकामना!

***

दशैँ सबैलाई लागोस्,
दशा कसैलाई नलागोस् ।

सम्पुर्ण देश तथा बिदेशमा रहनुहुने,
सबैलाई माया अनि शुभकामना ।

***

हजुरको घरमा धमिरा परोस्,
प्रेममा बिछोड होस्,
ज्यान सुकेर मुरली होस्,
ब्यागमा एक सुक्का नहोस्,
मनमा अशान्ती छाओस्,
निन्द्रा नलागोस्,
ग्रलफेन्ड/श्रीमती पोइला जाओस्,
ब्याइफ्रेन्ड/श्रीमानले सौता ल्याओस्,
सधै कलह छाओस्,
भनेर भन्ने हजुरको शत्रुको सत्यनाश होस् !!
यहि नै मेरो बिजया दशमी २०७२ को मंगलमय शुभ कामना !!!

***

विजय दशमीको शुभ अवसरमा तपाईलाई
गणेशको जस्तो शिद्धि,
सरास्तीको जस्तो वुद्धि,
विदुरको जस्तो निती,
विष्णुको जस्तो कृती,

लक्ष्मीको जस्तो सम्पती,
र भवानीको जस्तो शक्ती
प्राप्त होस यहि छ शुभकामना

माता दुर्गा भवानीले हामी सबैको कल्याण गरुन !

***

दशैमा दुर्गा भवानी दाहिने रहुन,
तिहारमा लक्ष्मीले बास गरुन,
सम्पूर्ण नेपालीको घर आगनमा
दुर्गा भवानी, लक्ष्मीले सधा खुसी छरुन
येहि नै हाम्रो सबैलाई हार्दिक मंगलमय शुभकामना…

***

दसैंको अबसरमा खेलिने तासको प्रकार ‘म्यारिज’का नियमहरु यस अघि पोस्ट गरिएका थिए, मिस गर्नु भएको भए दसैँ बिशेष – म्यारीज नियमावली, २०७० लिंकमा क्लिक गर्नसक्नु हुन्छ !

Incoming search terms:

  • दशैको शुभकामना
  • दशै शुभकामना
  • दसै को सुभकामना
  • दशैको शुभकामना सन्देश

दसैँ बिशेष – म्यारीज नियमावली, २०७०

म्यारीज नियमावली, २०७०
प्रस्तावना

म्यारीज खेलको खेल प्रकृयाबारे थोरैलाई थाहा भएर समय समयमा विवाद आईराख्ने भएको कारण म्यारीज खेललाई व्यवस्थित र मर्यादित पार्नु वाञ्छनीय भएकोले पप्लुको विकसित रुपमा म्यारीजलाई स्थान दिई सबैको घर दैलोमा चाडवाडदेखि काजक्रियासम्म, मेलापात वा पढाईबाट निकालिएको फुर्सदको समयमा, रुद्री वा पुराण लगाएको घरमा वा जागीरे वा बेरोजगार, मन्त्री वा सचिव सबैले रुची राखेको कारण नियमको अभावमा सधैं किचलो उत्पन्न हुने तथा झैझगडाको अवस्था समेत सृजना हुने भएकोले तत्काल दलहरुबीचको राजनीतिक सहमति कायम हुन नसकी संविधान सभाको बैठक अवरुद्ध भएको अवस्थामा र मूल कानून निर्माण नसकेको हुँदा तत्काल केही न केही गर्नै पर्ने भएकोले यो नियमको तर्जुमा गरिएको छ ।

marriage game

परिच्छेद–१

१. संक्षिप्त नाम र प्रारम्भ :
(क) यो नियमावलीको नाम “म्यारीज नियमावली, २०७०” रहेको छ । यस नियमावलीले “म्यारीज नियमावली, २०६५” लाई प्रतिस्थापन गर्नेछ ।
(ख) यो नियमावली म्यारीज खेलाडीहरु र यस खेल प्रति रुची राख्ने दर्शक तथा अन्य खेलाडीहरुको हकमा मात्र लागू हुनेछ ।
(ग) यो नियमावली तुरुन्त लागु हुनेछ ।

 Continue reading