दिलिप रायमाझि पनि अमेरिका पुगे (फोटो)

नेपाली चलचित्रमा सशक्त अभिनय गर्ने अभिनेता भनेर मानिने दिलिप रायमाझि हालै अमेरिका पलायन भएका छन् । आफ्नो श्रिमति मन्जु रायमाझि र छोरि दिव्यालाइ साथमा लिएर उनि यहि शनिबार अमेरिका प्रस्थान गरेका हुन । (अमेरिका नपुग्दै लेखिएको समाचार, अंग्रेजिमा)

प्रस्तुत छ, अमेरिका पुगेपछि अमेरिकामा नै बसोबास गर्ने अन्य नेपालि कलाकारहरुसंग बसेर खिचेका फोटोहरु:dilip rayamajhi in usa1

फोटो १ – अरुणिमा लम्साल, दिलिप रायमाझि, ऋचा घिमिरे, दिव्या रायमाझि, उषा पौडेल र मन्जु रायमाझि (बायाँ बाट दायाँ)

 Continue reading

शुष्मा कार्कीको कामूक आइटम डान्स (प्रतिबन्धित)

यौनजन्य फिल्मको बाढी आइरहेको बेलामा ‘जिन्दगानी दर्पणछायाँ’ मा आइटम डान्सर सुष्मा कार्कीको कामुक नृत्यलाइ राष्ट्रिय संचारमाध्यमहरुले बाढीनै कामुक भएको भनेर प्रतिवन्ध लगाएका थिए ।  नेपाल टेलिभिजनले अश्लिल भन्दै प्रसारणमा रोक लगाएको भए पनि यस भिडियोलाइ अनलाइनमा हेर्न सकिन्छ । गायिका पुष्पा पौडेलको स्वर रहेको ‘यति यति पानी गंगै रानी….’बोलको गीतमा गरेको उत्तेजक नृत्य यस लेखको अन्त्यमा पनि हेर्न सकिन्छ  । चलचित्र ‘लूट’को आइटम डान्सबाट स्थापित शुष्माको आइटम डान्सर छबी यस फिल्मको डान्सबाट अझ मजबुत हुने लक्षण देखिन्छ ।

sushma_item_dance_jindagani_Darpan_chhaya

‘जिन्दगानी’ र ‘दर्पणछायाँ’ नाम गरेका दुई सुपरहिट फिल्मको नाम मिलाएर निर्माता रोहित पुरीले चलचित्र ‘जिन्दगानी दर्पणछायाँ’ बनाएका छन् । तर निर्माता रोहितले भने ‘जिन्दगानी दर्पणछायाँ’ भिन्न प्रकृतिको भएको बताएका छन् ।  यही जेठ २६ गते काठमाडौंभित्र रिलिज गरेर त्यस पछि असार ८ गते मोफसलका हलमा रिलिज गर्ने तयारी गरिएको यो सिनेमाको बारेमा पत्रकारलाई जानकारी दिने उद्देश्यले गरिएको प्रत्रकार सम्मेलनमा फिल्मी कलाकारहरु भने उपस्थित थिएनन ।

दिलीप रायमाझी र नन्दिता केसीको मुख्य भूमिका रहेको यस फिल्म मनिष पन्थको लेखन र निर्देशन रहेको छ ।निर्देशक मनिषका अनुसार फिल्ममा अश्लिल दृश्य नराखिएकोले सपरिवार हेर्न मिल्ने बनेको छ । नारायणहिटी संग्रालयमा छायांकन गरिएको पहिलो फिल्म भनेर प्रचार पनि गरिएको यस फिल्मको एक गीत सो एतिहासिक स्थान मा छायांकन गरिएको हो । आजकल कामुकताको राम्रो ब्यापार भएर होला यस फिल्मको एक पोस्टरमा फिल्मकी नायिका नन्दितालाइ भन्दा पनि आइटम डान्सर शुष्मालाइ बाढी महत्वका साथ प्रस्तुत गरिएको छ ।

jindagani_Darpan_chhaya_poster

शुष्माको आइटम डान्सको भिडियो तल प्रस्तुत छ:

‘मिस यू’ले नै नम्रतालाइ मिस गर्दा

miss_u_logoयो शुक्रबार, २०६८ फाल्गुन ५, नेपाली रजतपटमा  तीन नेपाली सिनेमाहरु रिलिज भए । ती भिन्न भिन्न कथाबस्तुका सिनेमा मध्ये, दिलीप रायमाझीको "मिस यू" ले अलिक बढी नै प्रचार प्रसार पायो । नयाँ पुस्ताका फिल्म मेकरहरुले बनाएको र युबा पुस्तालाई नै भनेर बनाइएको यस फिल्ममा नम्रता श्रेष्ठ  दिलीप रायमाझी र बरुण राणाको  मुख्य भूमिका रहेको छ । निर्देशक शुरेश दर्पणले राम्रो फिल्म बनाए पनि बरुण राणा रोल फितलो भएको र फिल्ममा कौतुहलताको कमी भएको हुनाले फिल्म त्यति राम्रो नबनेको (लिंक, अंग्रेजी लेख) हाम्रा फिल्म समीक्षक रौनक निरौला बताउछन ।

नम्रता श्रेष्ठको कमब्याक फिल्मको रुपमा हेरिएको "मिस यू" का प्रमोशन कार्यक्रममा नै नम्रता नगईदिनाले ती कार्यक्रममा नम्रताको अभाब खड्किएको थियो । नम्रता "मिस यू"का कुनै पनि कार्यक्रममा नदेखिनुको कारण बारेमा दिलीप रायमाझीले झारा टार्ने हिसाबले यस्तो उत्तर दिए:

उहाँको व्यवस्ताका कारण पनि हुन सक्छ तर कतिपय इभेन्टमा हामीले नै बोलाएका छैनौं । चलचित्र सुटिङका क्रममा केही गलत बुझाइहरू हुन सक्छन तर त्यो कुरालाई लिएर बसिरहनु पनि हुँदैन । यो उहाँको कुरा हो ।

उनीहरु भित्रको भित्री कुरा त उनीहरुनै जानुन, तर कसैसंग रिस उठ्यो भनेर फिल्मका दर्शकहरुलाई कुनै पनि पक्षले हेलाँ गर्नव नहुने हो।

Miss_U_posters_6

हल्ला चले अनुसार नम्रता र दिलीप रायमाझी बीचमा खिचिएको बेडसिनको विषयमा नम्रतालाइ चित्त बुझेको थिएन । बिबादको कारण अर्कै एकजना केटीसँगको बेडसिनको दृश्यलाई नम्रताको दृश्यमा जोडिएको थियो, तर नम्रताले बिरोध गरे पछि फेरी उनकै बेडसिन राखिएको बताइएको छ ।

हल्ला साँचो हो भने, यसरी केटाकेटी खेलेको जस्तो एउटा सिनको लागि झगडा गरेर फिल्मको प्रमोसन नै नगर्नु कतिको जायज होला?